साझा प्रस्तावमा बहुमत सदस्यको हस्ताक्षर, संवाद समिति हठात स्थगित
०१ मंसिर २०७१
•
१० मिनेट पाठ
साझा प्रस्तावमा बहुमत सदस्यको हस्ताक्षर, संवाद समिति हठात स्थगित
काठमाडौं-सत्तारुढ राजनीतिक दलले अघि सारेको सात प्रदेशसहितको साझा प्रस्ताव जस्ताको त्यस्तै संविधानसभामा पठाउन माग गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका बहुमत सदस्यले सभापतिसमक्ष सोमबार हस्ताक्षर बुझाएका छन्।नेपाली कांग्रेस र एमालेका सहित ४३ सभासदले हस्ताक्षर बुझाएलगत्तै सभापति बाबुराम भट्टराईले समितिको बैठक स्थगित गरेका छन्। आफू अल्पमतमा परेपछि उनले अनिश्चितकाललाई बैठक स्थगित गरेका हुन्।
सोमबार समितिको बैठकमा सत्तारुढ दलका तर्फबाट कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सभापतिलाई हस्ताक्षर बुझाएका हुन्। कांग्रेस, एमाले, राप्रपासहितका राजनीतिक दलहरुले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा तीन साताअघि संवाद समितिमा साझा प्रस्ताव दर्ता गराएका थिए। 
उनीहरुले उक्त प्रस्ताव जस्ताको त्यस्तै संविधानसभा पठाउन माग गर्दै आए पनि एमाओवादीसहित विपक्षमा रहेका दलहरुले पठाउन नमिल्ने अडान राख्दै आएका थिए। ७१ सदस्य रहेको समितिमा कांग्रेस, एमाले, राप्रपा, बहुजन शक्ति पार्टी र दुई स्वतन्त्रसहित ४३ सभासदले हस्ताक्षर गरेका छन्। 
सभापति भट्टराईले सोमबारको बैठकमा समितिमा दर्ता भएको प्रस्ताव अनुसूचीमा राखेर मात्र संविधानसभामा पेस गर्न सकिने धारणा राखेपछि हस्ताक्षर बुझाउनुपरेको सत्तारुढ दलका सभासदले बताएका छन्।
सोमबारको बैठकमा २० सभासदले आ–आफ्ना धारणा राख्दै प्रस्ताव जस्ताको त्यस्तै संविधानसभामा पठाइदिन आग्रह गरेका थिए। त्यसपछि आधा घन्टाका लागि बैठक स्थगित गरी तीन दलका शीर्ष नेता छलफलमा जुटे। उक्त छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कुनै हालतमा प्रस्ताव नलैजान सभापतिलाई दबाब दिएपछि भट्टराईले अनुसूचीको विकल्प अघि सारेका थिए। त्यसमा सत्तारुढ दल सहमत हुन सकेनन्।
‘सहमतिको प्रयास धेरै गरियो, तर सर्वसम्मति हुन सकेन,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग भने, ‘अधिकतम सहमतिको प्रयासबाटै पर्याप्त सहमतिमा पुगेका हौं।' आफूहरुको साझा प्रस्तावलाई अघि बढ्न नदिन षड्यन्त्र भएकाले हस्ताक्षर बुझाउनुपरेको उनले बताए। 
‘कुनै निर्णयमा पुग्न नदिने षड्यन्त्र गरियो। आजसम्म डेडलक गराइयो। त्यसैले हामीले बहुमत सदस्यको हस्ताक्षर समितिमा बुझाएका हौं,' पौडेलले भने। 
सभापति भट्टराईले भने आकस्मिक रुपमा प्रस्ताव आएकाले कानुनी र राजनीतिक आधार तय नभएसम्मका लागि भन्दै बैठक स्थगित गरेको बताए। ‘समितिको बैठकमा बीचको प्रस्ताव राखेको थिएँ,' सभापति भट्टराईले भने, ‘यसैबीच अप्रत्यासित रुपमा ४३ जनाको हस्ताक्षरसहित सभापतिको जिम्मेवारीमा प्रश्न उठाउने गरी पत्र आकस्मिक रुपमा प्राप्त भयो। यसको अध्ययन गरेर टुंगो नलागेसम्म बैठक राख्न उपयुक्त नठानेकाले निष्कर्षमा नपुगेसम्म बैठक स्थगित गरेको छु।'
आफूले बीचको विकल्प सुझाउँदा पनि दलहरुबीच सहमति हुन नसकेको उनले चिन्ता गरे। ‘प्रमुख दलहरु दुइटा कित्तामा बा“डिँदा स्थिति असहज भएको हुनाले मैले सभापतिको नाताले प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेतालाई राखेर बीचको विकल्प सुझाए“,' भट्टराईले भने, ‘त्यो भनेको विभिन्न विषयमा बहस, छलफल भए तर सहमति हुन सकेन भन्ने व्यहोराको प्रतिवेदन राख्ने, विभिन्न दलहरुबाट आएका अवधारणाहरु अनुसूचीका रुपमा यसैसाथ संलग्न गरिएको छ भनेर प्रस्तुत गरौं भनेर मैले सुझाए“, तर यसमा उहाँहरु तयार हुनुभएन।'
सभापति भट्टराई हठात (एकाएक) बैठक स्थगित गरेर हिँड्नु आपत्तिजनक भएको पौडेलले टिप्पणी गरे। ‘उहाँ यो प्रस्ताव आयो, कानुनी पक्ष के हुन्छ, बुझेर भन्छु भनेर हिँड्नुभयो,' उनले भने, ‘संविधान बन्न नदिन हरकिसिमका षड्यन्त्र भइरहेका छन्। यसले हामीलाई थप सशंकित बनाएको हो। समितिका ७१ मध्ये ४३ जनाले लेखेर दिएपछि पनि उहाँ षड्यन्त्र गर्दै हुनुहुन्छ। यो आपत्तिजनक छ।'
पौडेलले आफूहरुको प्रस्ताव नै मूल प्रस्ताव हुने भएपछि सभापतिले अनुसूचीमा राखेर मात्र पठाउन मिल्ने बताएको आरोप लगाए। ‘सभापतिले हाम्रो प्रस्तावलाई संविधानसभासमक्ष नपुर्यादएपछि हामीले हस्ताक्षर बुझाएका हौं,' उनले भने, ‘उहाँले अनुसूचीमा राखेर पठाउने हो भने पठाउँछौं भन्नुभयो। हामीले समितिमा विभिन्न प्रस्ताव आए, सहमति हुन नसकेकाले यसैसाथ पठाइएको छ भनेर पठाउँ भन्यौं।' 
आफ्नो प्रस्तावमा सहमतिका लागि छलफल गर्न तयार रहेको उनले बताए। 
नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले पनि एमाओवादी अध्यक्ष दाहालले आफूहरुको प्रस्ताव अघि बढाउन नदिएको बताइन्। ‘विभिन्न दलका विचारमा सहमति हुन नसकेकाले यसै प्रतिवेदनका साथ पठाएका छौं भनेर संविधानसभामा पठाइदिउँ भन्ने हाम्रो प्रस्ताव थियो,' उनले भने, ‘तर एमाओवादी अध्यक्ष यसमा तयार हुनुभएन। पार्टीहरुका दृष्टिकोण पठाउन उहाँ तयार हुनुभएन। तर यो नपठाइहुँदैन। पठाउनैपर्छ। सभापतिले भरे र रातभर सोचेर निर्णय गर्नुहोला।'
भण्डारीले संवाद समितिले पाएको म्याद १५ गते नै सकिएकाले संविधानका विवादित विषय रोकेर राख्न नमिल्ने धारणा राखिन्। ‘हामीले पाएको समय कात्तिक १५ सम्म थियो,' उनले भनिन्, ‘यसरी रोकेर राख्न मिल्दैन।'
प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताले यस्तो प्रस्ताव पेस गरेपछि सभापतिले निष्पक्ष रुपमा आफ्नो भूमिका निर्वाह हुन नसक्ने भन्दै कानुनविदसँग छलफल गरेर अर्को बैठक राख्ने जानकारी दिए।
‘यदि त्यो कुरालाई त्यसरी अकस्मात ढंगले प्रस्तुत गरेर दबाब सिर्जना गर्ने हो भने सभापतिले निष्पक्ष ढंगले आफ्नो भूमिका निर्वाह गर्न सम्भव हु“दैन,' भट्टराईले भने, ‘सभापतिकै भूमिकामाथि प्रश्नचिह्न लाग्ने गरी जुन एउटा पत्र प्रस्तुत गरिएको छ, यसको बृहत राजनीतिक, कानुनी असर के हुन्छ, परिणाम के हुन्छ, समग्र अध्ययन नगरी मैले आफ्नो अध्यक्षतामा बैठक सुचारु राख्नु उपयुक्त हु“दैन। त्यसैले यी सबै पक्षमा जानकार, विज्ञहरुस“ग, कानुनविद्हरुस“ग सरसल्लाह गरेर आगामी कदम कसरी अगाडि बढाउने भन्ने निर्णयमा पुग्ने सोचका साथ बैठक स्थगित गरेको छु।'
हस्ताक्षरलाई उनले कांग्रेस र एमालेका नेताको ‘राजनीतिक बेइमानी' भने। ‘उहाँहरुले अकस्मात ढंगले हस्ताक्षर प्रस्तुत गर्नुभयो, यो एउटा राजनीतिक नैतिकता पनि भएन,' भट्टराईले भने, ‘यसले वातावरणलाई धेरै असहज बनाएको मैले अनुभूत गरेको छु, स्थिति अब धेरै गम्भीर बनेको छ।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस