काठमाडौं- सार्कका लागि भारतबाट ल्याउने भनिएका ३२ ओटा गाडी आज काठमाडौं आइपुग्ने भएका छन्। आज बिहान करिब साढे १० बजे गाडी भैरवाबाट काठमाडौंतर्फ हिँडेको स्रोतले जनाएको छ।
नेपालमा यही मंसिर १० र ११ गते हुन लागेको १८ औं सार्क शिखर सम्मेलनमा सहभागि हुन आउने सदस्य राष्ट्रका मन्त्रीहरु, परिबेक्षक राष्ट्रका प्रतिनिधि तथा अन्य सरकारी उच्च अधिकारीका लागि ३२ ओटा गाडी भारतबाट ल्याइएको हो। आज बेलुकीसम्म गाडी सडकमार्ग हुँदै काठमाडौं ल्याइपुर्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए।
सदस्य राष्ट्र तथा सरकार प्रमुख चढ्ने बुलेटप्रुफ गाडी भने शनिबार नै काठमाडौं ल्याइसकिएको छ। पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भने भारतबाट ल्याइएको गाडी नचड्ने भन्दै आफू आउँदा सँगै गाडी लिएर आउने बताइएको छ।