काठमाडौं- एमाओवादी नेत्तृत्वको २२ दलीय मोर्चाले मंसिर ६ गते विभिन्न देशका कूटनीतिक प्रतिनिधिसँग छलफल तथा संविधानबारे आफूहरुको धारणा जानकारी गराउने भएका छन्।
बुधबार बिहान एमाओवादी संसदीय दलको कार्यालयमा बसेको २२ दलीय मोर्चाको बैठकले कांग्रेस-एमालेले कूटनीतिक नियोगका व्यक्तिसँग मोर्चाविरुद्ध कुरा गरेको भन्दै आपत्तिसमेत जनाएका छन्।मोर्चाले ६ गते विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग, ७ गते देशभित्रकै बुद्धिजीवीसँग छलफल गर्ने नेपल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्यमण्लाल कर्णले जानकारी दिए। त्यसैगरी ८ गते पत्रकारसम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने निर्णय भएको उनले बताए।
कांग्रेस-एमालेले संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितका सभापतिविरुद्ध गरेको हस्ताक्षरबारे समेत बुद्धिजीवीहरुसँग छलफल गरेर अगाडि बढ्ने भएका छन्। समितका बहुमत सदस्यले नेपाली कांग्रेस, नेकपा एमालेलगाय सत्तारुढ दलको प्रस्ताव जस्ताको त्यस्तै संविधान सभामा पठाइदिन आग्रह गर्दै ४३ जनको हस्ताक्षर सोमबार समितिमा बुझाएका थिए। त्यसपछि भट्टराईले एकाएक बैठक स्थगित गरेका थिए।