मुस्ताङ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि आउने भएपछि मुस्ताङको सुरक्षा व्यवस्था कडा पारिएको छ। मुस्ताङ प्रवेश गर्ने तीन नाका, म्याग्दीको घाँसा, मनाङको फोराङपास र डोल्पामा प्रहरी चेकचाँच कडा गरिएको छ। त्यस्तै, बीच-बीचमा पनि सुरक्षाकर्मीले निगरानी गरिरहेको मुस्ताङका डिएसपी गोविन्दप्रसाद पाठकले नागरिकन्युजलाई जानकारी दिए।मोदी नेपालमा यहि मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलन सकेर १२ गते बिहान मुक्तिथान दर्शका निम्ति यहाँ आउने कार्यक्रम छ। मोदी आउने अनौपचारिक सूचना पाएपछि एकीकृत सुरक्षा योजना बनाएर तयारी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिए।
मोदीलाई नागरिक अभिनन्दनका लागि मुस्ताङमा सर्वदलीय समिति गठन भएको प्रजिअ भण्डारीले बताए। प्राय: कमै चेकचाँच हुने मुस्ताङका होटल तथा लजमा चेकजाँचलाई पनि प्रहरीले तिब्र बनाएको छ। १६ वटा गाविस र ९० ओटा गाउँ रहेको मुस्ताङमा प्रहरी गस्तीलाई पनि तिब्र पारिएको बताइएको छ।
त्यस्तै, मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्रमा सरसफाई र मर्मत पनि गरिएको प्रजिअ भण्डारीले जानकारी दिए।
प्रधानमन्त्री मोदी हेलिकप्टरमार्फत काठमाडौंबाट सिधै मुस्ताङ आउनेछन् । उनका निम्ति यहाँ भएका अस्थायी हेलिप्याडको स्थरउन्नति समेत गरिएको छ। त्यसको तयारीस्वरुप एक विशेष हेलिप्याडसहित ३ वटा हेलिप्याड यहाँ रहेका छन्। विशेष हेलिप्याड मोदीका लागि र अन्य दुईलाई सुरक्षाका निम्ति प्रयोग गरिनेछ। पहिले भइरहेका हेलिप्याडलाई स्तरवृद्धी गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। ‘अहिले हेलिप्याडलाई पक्की बनाउने काम भइरहेको छ,’ उनले भने।
मोदीले मुक्तिनाथ पुग्ने बित्तिकै मन्दिरमा दर्शन गर्नेछन्। त्यसपछि, एउटा खानेपानी कार्यक्रमको उद्घाेटन पनि गर्ने बताइएको छ। उनलाई त्यसपश्चात स्थानीयले नागरिकले अभिनन्दन गर्ने योजना बनाएका छन्। यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानसेनापति दलवीर सिंहले समेत मोदीको मुक्तिनाथ भ्रमणलाई मध्यनजर गर्दै यहाँ आएका थिए।
मोदीले सार्क सम्मेलन पूर्व जनपुर र लुम्बिनीसमेत भ्रमणको कार्यक्रम तय भएको छ।

मोदीका निम्ति ३ ओटा हेलिप्याड

मुस्ताङमा मोदीको कार्यक्रम