काठमाडौं- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई सबै दलका नेतासँग अनौपचारिक छलफल गरी समितिको बैठक बोलाउन सुझाव दिएका छन्।
सभाध्यक्ष नेम्वाङले संवाद समितिले नै नियम र राजनीतिक दृष्टिले संविधानसभालाई प्रस्ताव दिने हैसियत राख्ने जनाउँदै भट्टराईलाई संवाद समितिको बैठक तत्काल राख्न सुझाएका हुन्।
'समितिमा कुनै निवेदन आयो, कसले के भन्यो भन्ने कुरालाई ध्यानमा नराखी आजैबाट अनौपचारिक छलफल थाल्नुस्, समितिको सभापति तपार्इं नै हो । छलफलपछि संवाद समितिको बैठक राख्नुस्,' भट्टराईलाई दिएको सुझाव उद्धृत गर्दै नेम्वाङले भने।
संविधानसभाले दिएको निर्देशनबमोजिम प्रतिवेदन बुझाएर संविधानसभालाई बाटो खोलिदिन आग्रह गरेको पनि नेम्वाङले जानकारी दिए। 'समस्यालाई पर सार्ने होइन,' उनले भने, 'विवादित विषयमा तत्काल सहमति कायम गरेर माघ ८ गते संविधान जारी गर्नैपर्छ।'
नेपाल पत्रकार महासंघले समयमा संविधान जारी गर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले आन्तरिक कार्यतालिका हेरफेर गरेर समयमै संविधान जारी गर्न सकिने बताए।
नेम्वाङ र भट्टराईबीच बिहीबार छलफल भएको थियो। 'एकाएक बैठक स्थगित भएपछि संविधान निर्माणका विषयमा छलफल हुन छाड्यो,' नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'विषयमा भन्दा पनि संवाद समितिमा रहेका विषय संविधानसभामा कसरी पठाउने भन्नेमै छलफल केन्द्रित भयो।' उनले संविधानसभाले दिएको निर्देशनबमोजिमको काम गर्न सुझाव दिएका थिए।
संवाद समितिका सभापति भट्टराईले आफूविरुद्ध निवेदन आएपछि समस्या भएको बताएका थिए। 'मविरुद्ध नै निवेदन आएको छ,' भट्टराईले भनेका थिए, 'अनि मैले नै कहाँबाट पहल गर्ने? तर, मैले आफ्नो तर्फबाट निरन्तर पहल जारी राखेको छु।'
अनौपचारिक छलफलमा सहभागी कांग्रेस महामन्त्री एवं संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले पनि संवाद समितिका सभापति भट्टराईलाई पहिले संवाद समितिको औपचारिक बैठक बोलाउन सुझाव दिएका थिए। 'पहिले बैठक राख्नुस्,' सिटौलाले भट्टराईलाई भनेका थिए, 'अनि त्यहाँबाटै राजनीतिक निकास निकाल्नुपर्छ।'
यसैबीच, संविधानसभा अध्यक्ष नेम्वाङसँग राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको पूर्ण बैठक बोलाउन माग गरेका छन्। केन्द्रीय समिति बैठकको निर्णयअनुसार ज्ञापनपत्र बुझाउँदै थापाले सबै विवाद संविधानसभामा लगी समाधानको बाटो खोज्न आग्रह गरेका थिए। नेम्वाङले भने थापालाई संवाद समितिको सदस्य भएका नाताले पनि विवादको निकास खोज्न आग्रह गरेका थिए।
कार्यतालिका हेरफेर तयारी
संविधानसभा सचिवालयले भने माघ ८ मा संविधान जारी गर्ने गरी आन्तरिक कार्यतालिका हेरफेरको तयारी थालेको छ। सचिवालय उच्च स्रोतअनुसार जनतामा जाने डेढ महिना लामो समय छोट्याएर एक साता मात्र बनाउने तयारी छ। त्यो पनि नपुगे जनताकहाँ पहिलो मस्यौदा लैजाने कार्यक्रम हटाउन सकिने विषयमा पनि छलफल चलेको छ।
नियम निलम्बन गर्दै प्रत्येक विधेयक दर्ता भएको मितिले परिपक्व हुन सात दिनको समय दिने नियमावलीमा व्यवस्था छ। अन्य विधेयकलाई तीन दिनको समय दिइने भए पनि संविधानको विधेयक महŒवपूर्ण हुने भएकाले सात दिनको समय दिइएको थियो। तर, उक्त नियम निलम्बन गर्दै एक दिनमात्र समय दिनेमा पनि छलफल भइरहेको स्रोतले जानकारी दियो।
'नियम निलम्बन गर्दा माघ ८ मा संविधान जारी गर्न सकिन्छ कि सकिँदैन भनेर हामीले गृहकार्य थालेका छौं,' स्रोतले भन्यो, 'मंसिर १० सम्म विवादित विषयमा सहमति कायम गर्न सकियो भने अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिन्छ।'