काठमाडौं- परराष्ट्र मन्त्रालय तथा भारतीय दूतावाससँग आधिकारिक जानकारी नै नलिई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'जनकपुर भ्रमण रद्द भएको' भन्दै बिहीबार विज्ञप्ति जारी गरेपछि राजनीतिक क्षेत्रमा खैलाबैला मच्चियो।सरकार तर्फबाट जनकपुरमा मोदीको स्वागत तयारी गर्ने जिम्मेवारीसमेत पाएका मन्त्री निधिले एकीकृत नेकपा माओवादी र मधेसी दलका कारण जनकपुर भ्रमण स्थगित गर्नुपरेको आरोप लगाएका थिए। विपक्षी दलहरूले भने सरकारको गैरजिम्मेवारीका कारण मोदीको भ्रमण स्थगित भएको भन्दै विरोध गरे। उनको वक्तव्यलगत्तै जनकपुरमा विरोध प्रदर्शनसमेत भयो।
मन्त्री निधिको वक्तव्यका कारण उत्पन्न यही अन्योल चिर्दै शुक्रबार नेपालस्थित भारतीय दूतावास तथा परराष्ट्र मन्त्रालयले मोदीको जनकपुर भ्रमण कार्यक्रम यथावत रहेको जनाएका छन्।
पराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे तथा भारतीय राजदूत रञ्जित रेले १८ औं सार्क शिखर सम्मेलन क्रममा भारतीय प्रधानमन्त्री मोदीले गर्ने भनिएको जनकपुर भ्रमण कार्यक्रम यथावत रहेको जानकारी दिएका हुन्। भ्रमण रद्द भएकोबारे आफूहरूलाई कुनै जानकारी नभएको उनीहरूले बताए।
शुक्रबार बिहानै भारतीय राजदूत रेले मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएकोबारे आफूलाई जानकारी नभएको बताएका थिए। राजधानीमा आयोजित एक अन्तर्क्रियामा उनले मोदीको भ्रमण रद्द भएको कुरा नेपाल सरकारका तर्फबाट सार्वजनिक हुँदा आफू अचम्मित भएको उल्लेख गरे।
'प्रधानमन्त्री मोदीज्यूको जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण रद्द भएको खबरबारे मलाई कुनै जानकारी छैन,' राजदूत रेले भने, 'तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी लिएपछि मात्र भ्रमण कार्यतालिका सार्वजनिक गर्नेछौं।'
परराष्ट्रमन्त्री पाण्डेले पनि मन्त्री निधिको वक्तव्यमा प्रस्टीकरण दिँदै सार्क सम्मेलन क्रममा हुने भ्रमणबारे आधिकारिक जानकारी दिने निकाय भौतिक पूर्वाधार मन्त्रालय नभई परराष्ट्र भएको बताए।
'विमलेन्द्र निधिजीले कसरी विज्ञप्ति जारी गर्नुभयो मलाई थाहा छैन, आधिकारिक व्यक्ति उहाँ नभई परराष्ट्र मन्त्रालय हो,' सार्कको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री पाण्डेले भने, 'मोदीको जनकपुर भ्रमण रद्द भएको औपचारिक जानकारी हामीलाई छैन।' सार्कमा सहभागी हुने नेताले चाहेको स्थानमा जानसक्ने र त्यसका लागि सरकारले आवश्यक तयारी गर्ने उनले बताए।
यही बुधबार र बिहीबार हुने सार्क शिखर सम्मेलन क्रममै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरका अतिरिक्त लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने कार्यक्रम छ। अघिल्लोचोटि नेपाल आउँदा नै उनले जनकपुर जाने इच्छा व्यक्त गर्दै 'अर्कोचोटि आउँदा जाने' बताएका थिए।
मोदी मंगलबार दिउँसो १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। विमानस्थलबाट उनी सिधै सोल्टी होटल जानेछन्। त्यसपछि लाजिम्पाटस्थित दूतावास र पाटन दरबार क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ। सोही दिन मोदीले वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टर उद्घाटन गर्ने छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसैअनुसार सवारी आवागमनको व्यवस्थापन मिलाएको छ।