काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्दैनबसी स्थगित भएको छ। आज बिहान १० बजेलाई बोलाइएको बैठकमा सभापति बाबुराम भट्टराई नै अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादी शीर्ष नेताको बैठकले संविधानका अन्तर्वस्तुमा रहेका विवाद समेटेर संवाद समितिको प्रतिवेदन संविधानसभामा पठाउन तयार भएका थिए।
शनिबारको सहमतिअनुसार आज बिहान १० बजे संवाद समितिको बैठक बोलाइएको थियो। तर, समितिका सभापति बाबुराम भट्टराई नै बैठकमा उपस्थित देखिएनन्। त्यसपछि संवाद समितिका सचिव मुकुन्द शर्माले बैठक स्थगित भएको जानकारी गराएका हुन्।
कांग्रेस-एमालेको प्रस्तावमा असहमत २० दलको आज बिहान बसेको बैठकमा उपस्थित एमाओवादी उपाध्यक्ष नारायकाजी श्रेष्ठसहित अन्य दलका नेताहरुले शनिबार तीनदलबीच भएको सहमतिको विरोध जनाएका थिए। शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले आफूहरुलाई जानकारी नै नदिई गरेको सहमतिप्रति नेताहरुले असन्तुष्टी व्यक्त गरेका थिए। दाहालले शनिबार दलहरुबीच कुनै सहमति नभएको बताएका थिए। त्यसपछि संवाद समितका सभापति भट्टराईले सचिव मुकुन्द शर्मालाई फोन गरेर बैठक स्थगित भएको जानकारी गराएको जनता दलका अध्यक्ष तथा सभासद् हरिचरण साहले जानकारी दिए।
बैठक एकाएक स्थगित भएपछि बैठकमा आएका समिति सदस्यहरु आक्रोसित बनेका थिए। ‘बैठक बोलाउने समितिका सभापतिकै मुख देख्न पाइएन,’ आक्रोषित मुद्रामा एमाले सभासद् केशव बडालले भने, ‘हामीलाई बैठकमा बोलाएर दुःखमात्र दिइयो।
यता ९ बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा एमाले तथा एमाओवादी शीर्ष नेता उपस्थित नहुँदा यो समचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन।
संविधानसभाले दिएको म्यादभित्र संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन र प्रक्रियामा लैजाने प्रश्नावली बनाउन असफल संवाद समितिले आज नै संविधानसभालाई प्रतिवेदन बुझाउने कार्यक्रम तय गरिएको थियो।
सबै विवाद संविधानसभामा

यो पनि
सबै विवाद संविधानसभामा