काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा आएका सबै प्रस्ताव मतदानमा नलैजाने सर्तसहित संविधानसभा पठाउने गरी प्रमुख दलका शीर्ष नेताबीच भएको सहमति १२ घन्टा नबित्दै उल्टिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका प्रमुख तीन दलका शीर्ष नेताले संवाद समितिमा आएका प्रस्ताव संविधानसभामा लगेर छलफल हुँदै गर्दा सहमति प्रयास गर्ने समझदारी भएको थियो। सोहीअनुसार संवाद समितिले राज्य पुनःसंरचना, शासकीय स्वरूप र न्याय प्रणालीको प्रतिवेदनमा छलफल गर्दा सहमति हुन नसकेको र छलफल क्रममा यस्ता सुझाव आएको भन्ने व्यहोराको प्रतिवेदन तयार पारेर संविधानसभा पठाउने सहमति भएको थियो।
तर, आइतबार बिहान एकीकृत माओवादी नेतृत्वमा रहेका २० दलका नेताको बैठकले संवाद समितिमा कांग्रेस–एमालेसहितका राजनीतिक दलले ल्याएको प्रस्ताव अनुसूचीमा मात्र राखेर लैजानुपर्ने निर्णय गरेपछि बिहान १० बजे बोलाइएको संवाद समितिको बैठक स्थगित गरियो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार बेलुका कांग्रेस र एमालेको प्रस्ताव संविधानसभामा लैजान सहमति जनाएका थिए। आइतबार बिहान उनकै नेतृत्वमा बसेको २० दलको बैठकले अनुसूचीमा मात्र राखेर पठाउनुपर्ने निर्णय गरेको हो।
'बालुवाटारमा भएको छलफलमा प्रचण्डजी 'यही सहमति भयो, तर मैले यसको औपचारिक जानकारीका लागि बिहान २० दलको बैठक बोलाएको छु, १० बजे संवाद समितिको बैठकको निर्णयलगत्तै हाम्रो २२ दलको पनि अन्तर्क्रिया छ, त्यहाँ पनि राम्रो सन्देश जाने भयो' भनेर उठ्नुभएको हो,' तीन दलको बैठकमा सहभागी एक नेताले भने, 'यही कारणले दिउँसो बस्ने भनिएको संवाद समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको हो।'
कांग्रेस र एमालेले भने यसलाई 'दाहालको रणनीति' भनेका छन्। 'तीन दलबीच भएको छलफलमा संवाद समितिमा आएका सबै विषय संविधानसभा पठाउने सहमति बनेको हो,' एमाले उपमहासचिव विष्णु पौडेलले भने, 'प्रचण्डजीले पनि हुन्छ म यो निर्णय २० दललाई जानकारी मात्र गराउँछु भन्नुभएको हो। आज २० दललाई कन्भिन्स गर्न सकिनँ, म आफैं कन्भिन्स भएर आएँ भन्नुभयो।'
कांग्रेस युवा नेता गगन थापाले एक दिन बित्न नपाउँदै एमाओवादीले सहमति तोडेको निष्कर्ष आफूहरूको रहेको बताए। संवाद समितिको बैठक स्थगित भएपछि प्रधानमन्त्री सुशील कोइरालासहित सिंहदरबारमा रहेका कांग्रेस नेताहरूबीच छलफल भएको थियो।
'संवाद समितिमा आएका सबै विषय संविधानसभामा लैजाने भन्ने कुराको प्रमाण अन्त खोज्नै पर्दैन,' थापाले भने, 'बाबुरामजीले अन्तर्वार्ता दिनुभएकै हो। बालुवा पेलेर तेल निस्कने भयो भनेर भन्नुभएको थियो। त्यही भएर संवाद समितिको बैठक बोलाउनुभएको हो। योभन्दा ठूलो प्रमाण अरू हुनै सक्दैन। तर, १२ घन्टा नबित्दै सहमति बिगार्ने काम गरियो भन्ने हाम्रो निष्कर्ष हो।'
दाहालले नै संवाद समितिमा विषयहरू अल्झाएर संविधानसभामा पठाउन नचाहेको थापाले बताए। 'प्रचण्डजीले आफू नेतृत्वमा रहेका दलहरूलाई नै कन्भिन्स गर्न सक्नुभएन,' थापाले भने, 'उहाँले नै कन्भिन्स गर्न सक्नुभएन भने अब हामी कोसँग छलफल गर्न जाने भन्ने प्रश्न उठ्यो। उहाँ सहमति नै गर्न चाहनुहुन्न कि भन्ने शंका लाग्न थालेको छ। अहिले उहाँले भनेअनुसार अनुसूचीमा हामी सहमत छौं भने पनि उहाँले अर्को अल्झो निकाल्नुहुन्छ। जसरी पनि विषय संवाद समितिमा राख्ने, कुनै पनि हालतमा नपठाउने भन्ने उहाँको रुचि देखिएको छ।'
एमाओवादी अध्यक्ष दाहालले भने शनिबार संवाद समितिमा आएका विषय संविधानसभा पठाउने विषयमा सहमति नभएको जिकिर गरे। 'हामीले प्रतिवेदनको अनुसूचीमा फरक मत राखौं भनेका थियौं,' दाहालले भने, 'उहाँहरू प्रतिवेदनमै समावेश गरौं, अनुसूची नलेखौं भन्नेमा हुनुहुन्थ्यो। सभामुख आएर जसरी पठाए पनि भोटिङ हुने होइन, यो राजनीतिक दलले नै टुंगो लगाउने भनेपछि मैले २० दलमा यो कुरा सहमति नभई अन्तिम हुँदैन है भनेको थिएँ। तर, आज मिडियामा जसरी सहमति भइसक्यो भनेर आयो, त्यो सत्य थिएन।'
उनले त्यतिबेला २० दलसँग कुरा नगरी सहमति नबुझ्न आग्रह गरेको बताए। '२० दलसँग बिहान बस्दा अनुसूचीभन्दा बाहिर जान मिल्दैन भन्ने कुरा आयो। अनि थप छलफल गरेर निर्णयमा पुगांैला भनेर संवाद समितिको बैठक स्थगित गरिएको हो,' उनले भने। अब सार्क सम्मेलनअघि बैठक नै बस्न नसक्ने पनि उनले बताए।
संवाद समितिका सभापति बाबुराम भट्टराईले भने दलहरूबीच सहमति नभई बैठक राख्नुको औचित्य नदेखेर स्थगित गरिएको बताए। 'सहमति नहुने भएपछि बैठकमा विवाद मात्रै चर्काएर केही अर्थ रह“दैन भनेर स्थगित गरिएको हो,' भट्टराईले भने, 'दलका नेताहरू जेमा, जतिबेला सहमति गरेर आउनुहुन्छ, म त्यसमा हस्ताक्षर गरेर पठाउ“छु। मैले त मध्यमार्गी भूमिका मात्रै खेल्ने हो।'
भट्टराईले मध्यमार्गी प्रस्ताव राख्दा पनि सहमति कायम हुन नसकेको बताए। 'संविधानसभा अध्यक्षले समितिबाट पठाएका कुरा एउटा विवरण मात्रै हुन्छ, कुनै प्रस्ताव हु“दैन, मतदान पनि हु“दैन भन्नुभयो। तपाईंहरूले विश्वासको वातावरण बनाएर प्रतिवेदन पठाउ“दा हुन्छ भन्नुभयो,' भट्टराईले शनिबार साँझ भएको बैठकबारे भने, 'त्यसपछि यहाँ प्रस्तुत गरिएका विचार अनुसूची वा तपसिल केही पनि नभनी यसैसाथ संलग्न गरी पठाइएको छ भनौं न त भन्ने कुरा भएको हो। यो कुरा पनि मध्यमार्गी भयो भन्ने लागेर संवाद समितिको बैठक बोलाइएको थियो।'
सभापति भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अब सहमति भएपछि मात्रै बैठक राख्न सुझाएको बताउँदै दलहरूबीचको सहमतिपछि संवाद समितिको बैठक बोलाइने जानकारी दिए।