काठमाडौं– राज्य विप्लवको अभियोगमा विशेष अदालतले मागेको धरौटी नबुझाई डिल्लीबजार कारागारमा बसेका सिके राउत धरौटी बुझाएर छुटेका छन्।
सोमबार विशेष अदालतमा ५० हजार धरौटी बुझाएर उनी कारागारमुक्त भएका हुन्। राउत धरौटी बुझाएर रिहा हुने खबर पाएपछि विशेष अदालत परिसरमा उनका समर्थकहरू भेला भएका थिए। धरौटी बुझाएर निस्किएपछि अदालत परिसरमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै उनले खुलामञ्चमा बृहत् कार्यक्रम गर्ने घोषणा गरे।
मधेसलाई छुट्टै 'राज्य'को वकालत गर्दै हिँडेका सिके राउतलाई प्रहरीले भदाै २८ गते मोरङको रंगेलीबाट पक्राउ गरी सार्वजनिक आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएको थियो। पछि मुद्दा परिवर्तन गरी उनीविरुद्ध विशेष अदालतमा राज्य विप्लवको मुद्दा दर्ता भएको थियो। सो मुद्दामा अदालतले मागेको धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए।
नागरिक अर्काइभबाट
सिके राउतको निवेदन सर्वोच्चद्धारा खारेज
सिके राउतको निवेदन सर्वोच्चद्धारा खारेज