विशिष्ट व्यक्ति सुरक्षा कानुन बनाइँदै
०८ मंसिर २०७१
•
६ मिनेट पाठ
विशिष्ट व्यक्ति सुरक्षा कानुन बनाइँदै
काठमाडौं-सरकारले विशिष्ट व्यक्ति र तिनका परिवारको सुरक्षाबारे कानुनी व्यवस्था गर्न लागेको छ । गृह मन्त्रालयले सोमबार ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' संसदमा दर्ता गराएको हो।विधेयक पारित भएपछि विशिष्ट व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा वा परिवारका अन्य सदस्यलाई सुरक्षा खतरा रहेको सुरक्षा समितिलाई लागेमा आवश्यकताअनुसार सुरक्षा प्रबन्ध गर्नेछ।
अहिलेसम्म विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी छुट्टै कानुनी व्यवस्था नभएकाले कार्यकारी प्रबन्धबाट सुरक्षा व्यवस्थापन हुँदै आएको थियो। विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीको अधिकार तथा दायित्व कानुनमै स्पष्ट गर्न विधेयक दर्ता गरिएको सरकारले जनाएको छ।
‘विशिष्ट व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा वा निजको परिवारका अन्य सदस्यको सुरक्षामा खतरा रहेको भन्ने सुरक्षा समितिलाई लागेमा सुरक्षा समितिले सुरक्षा खतराको विश्लेषण गरी निर्धारण गरेको स्तरबमोजिमको सुरक्षा प्रदान गर्न सकिनेछ,' विधेयकको दफा (३) को उपदफा (३) मा भनिएको छ।
विशिष्ट व्यक्तिहरुको स्तरअनुसार सुरक्षा प्रबन्ध गरिने विधेयकमा व्यवस्था छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष/सभामुखलाई अति विशिष्ट स्तरको सुरक्षा प्रदान गरिनेछ भने पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्रीहरु, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सर्वोच्च अदालतका न्यायाधीशहरु र राज्यमन्त्रीहरुलाई विशिष्ट स्तरको सुरक्षा प्रदान गरिनेछ। 
त्यस्तै, पूर्वप्रधानन्यायाधीश, सहायकमन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्य सचिव, पुनरावेदन अदालतको मुख्य न्यायाधीश र संविधानसभाका पूर्वअध्यक्ष/पूर्वसभामुखलाई मध्यमस्तरको सुरक्षा प्रदान गरिने विधेयकमा उल्लेख छ।
समितिले कामको प्रकृति, संवेदनशीलता वा अन्य कुनै कारणले सुरक्षा प्रदान गर्नुपर्ने देखिए बहालवाला वा पूर्वपदाधिकारीलाई सामान्यस्तरको सुरक्षा प्रदान गर्नसक्ने विधेयकमा उल्लेख गरिएको छ। सुरक्षा खतरा हेरेर सुरक्षास्तर व्यवस्था गर्न सकिने पनि विधेयकमा उल्लेख छ। अति उच्च सुरक्षा खतरा रहे अति विशिष्ट स्तरको, उच्च सुरक्षा खतरा रहे विशिष्ट स्तरको, मध्यम सुरक्षा खतरा रहे मध्यमस्तरको र सामान्य सुरक्षा खतरा रहे सामान्य स्तरको सुरक्षा उपलब्ध गराइने पनि विधेयकमा उल्लेख छ।
विशिष्ट व्यक्तिलाई नियमित तथा आकस्मिक रुपमा प्रदान गरिने सुरक्षा व्यवस्थापन एवं विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थाको अनुगमन र मूल्यांकन गर्न गृहसचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा निर्देशन समिति गठन गरिनेछ। समितिमा रक्षासचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयका महानिर्देशक सदस्य रहनेछन्।
समितिले विशिष्ट व्यक्तिको सुरक्षा योजना बनाउने, नियमित अनुगमन र मूल्यांकन गर्ने, विशिष्ट व्यक्तिको बासस्थान, भ्रमण गर्ने मार्ग, कार्यालय र गन्तव्यस्थलको सुरक्षा खतरा विश्लेषण गर्नेछ। सरकारबाट आमन्त्रित वा सरकारलाई पूर्व जानकारी दिई नेपाल भ्रमणमा रहेका विदेशी मुलुकको विशिष्ट व्यक्तिको सुरक्षाका लागि निजको भ्रमण अवधिभर केन्द्रीय सुरक्षा निर्देशन समितिले निर्धारण गरेको स्तरबमोजिम सुरक्षा प्रदान गर्न सक्ने विधेयकमा व्यवस्था छ। 
सरकारले नेपालमा निजी क्षेत्रको सुरक्षा व्यवसाय नियमनसम्बन्धी छुट्टै कानुन बनाउन ‘निजी सुरक्षा सेवा व्यवसायलाई नियमित र व्यवस्थित गर्ने सम्बन्धमा बनेको विधेयक' पनि संसदमा दर्ता गरिएको छ।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस