काठमाडौं, मंसीर १० (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई सोझै आक्षेप नलगाई मध्यमार्गी बाटोबाट राजनीतिक गतिरोधको अन्त्य खोजिने बताएका छन्।
प्रधानमन्त्री नेपालले मंगलवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँगको भेटमा राष्ट्रपतिलाई सोझै आक्षेप नलगाई समस्या समाधानको वाटो खोजिने बताएका हुन्। विजुक्छेलाई भेटन प्रधानमन्त्री नेपाल भक्तपुरस्थित विजुक्छे निवास पुगेका थिए।
भेटवार्तामा प्रमुख तीन दल मात्र नभएर अन्य दलका शीर्ष नेताहरुलाई समेत संलग्न गराएर उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री नेपालले विजुक्छेसँग वजेट पास गर्न उनको दलको सहयोग मागेका थिए । विजुक्छेले भने संसदमा सरकारले दिएको जवाफको आधारमा समर्थन गर्ने÷नगर्ने विषयमा दलीय धारणा बनाउने जवाफ दिएका थिए।
विजुक्छेले आफनो दलले राख्दै आएको १८ वुँदे मागको सम्बोधन गर्न पनि आग्रह् गरेका थिए। मजदुर किसान पार्टीले स्थानिय निकायको गठन र यसलाई प्रधावकारी बनाउनुपर्ने स्थानीय स्रोत साधन प्रयोग गरेर खानेपानी समस्याको समाधान गर्नुपर्ने काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउनुपर्ने लगायतका मागहरु उठाउदै आएको छ।