नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)ले धाक दिँदै हिँडेको भन्दै आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने टिप्पणी गरेका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।
उनले भने, ‘आगो सँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ। के भयो आगोसँग खेल्दा? वालुवाटारबाट बालकोट भयो। ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो। अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन्। उनीहरु त्यो धाक, धम्की मात्रै हो। आउने निर्वाचनमा देखिने छ। कसको हालत के भयो र कसको हालत के हुने? त्यो नेपाली जनताले देखाउने छन्।’
अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफूहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताए। माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उनले बताए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकीकरण भएको घोषणा गरिएको हो। नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गरेका छन्।