काठमाडौं— दार्जुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको भेरिएशन नम्बर ३ मा (थप रकम) ५४ करोड रुपैयाँ भ्रस्ट्राचार भएको पुष्टि भएको छ। संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले सो रकम भ्रस्ट्रचार भएको पुष्टि गर्दै सम्बन्धित मन्त्री, सचिव, आयोजना कर्मचारी लगायतलाई कारवाही गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।समितिले गत दुई महिनादेखि सभासद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएर आयोजनामा भएको अनियमितता बारे छानवीन गरेको थियो। उपसमितिले भेरिएसन लगायत निर्माण सामग्री खरिद, ज्याला र कर्मचारीको तलबमा समेत आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ।
भ्रस्ट्राचारमा संलग्न सन् २००१ देखि हालसम्म आयोजनाको विभिन्न चरणमा निर्देशन दिने र निर्देशन कार्यान्वयन गर्ने मन्त्री, सचिव, आयोजना कर्मचारी, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक लगायत दोषी रहेको ठहर गर्दै कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी पठाउने समितिले निर्णय गरेको छ।
सुरुमा ८ अर्ब लागत रहेको सो आयोजना सन् २०११ मा पूरा हुनुपर्ने थियो। तर झन्डै १५ अर्ब रुपैयाँ लागत पुगिसक्दा पनि आयोजना अझै सम्पन्न हुन सकेको छैन।