काठमाडौं— बाबुराम भट्टवराई सभापति रहेको राजनीतिक संवाद तथा समितिले अहिलेसम्म कुनै विषयमा सहमति नभएको जानकारी गराउँदै सबै मुद्दा जस्ताको तस्तै संविधान सभामा फर्काएको छ।कांग्रेसका पूर्णबहादुर खड्काले सभापतिलाई स्वविवके प्रयोग गर्न दिने दलहरुको सहमति बैठकमा पढेर सुनाए। कांग्रेसका अर्जुननरसिंह केसी र नेपाल मजदूर किसान पार्टीका नारायण बिजुक्छे बाहेक सबैले ताली बजाएर समर्थन गरे।
समितिबाटै गर्नुपर्थ्यो दुई चार जनामान्छे बाहिर बसेर गर्नुभन्दा समितिबाट गर्नुपर्ने धारणा उनीहरुको थियो।
अहिलेसम्म संविधानसभाले सहमतिका लागि सम्वाद समितिमा पठाएका राज्य पुनः संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति हुन नसकेको र थप छलफल आवश्यक पर्ने हुनाले समितिमा पेश भएका प्रस्ताव जस्ताको तस्तै संविधानसभामा पठाउने निर्णय पारित भएको खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद आरके खुम्बुले बताए।