‘नगरपालिका नाममात्रका’
१७ मंसिर २०७१
•
१५ मिनेट पाठ
‘नगरपालिका नाममात्रका’
इलाम- सरकारले मंगलबार ६१ नगरपालिका र सात उपमहानगरपालिका घोषणा गर्दा इलाम मंगलवारेवासीको ध्यान रेडियो र टेलिभिजनमा केन्द्रित थियो। किनकी, मंगलवारेलाई नजिकैको धुसेनी गाविससँग गाभेर 'देउमाई नगरपालिका' बनाइएको थियो। मंगलवारे पश्चिम इलामको प्रमुख व्यापारिक केन्द्र हो। त्यो ठाउँ नगरपालिका हुँदा बजारवासी खुसी भए पनि धेरै जनसंख्या रहेको गाउँका वासिन्दा धेरै खुसी देखिँदैनन्।
पूर्वाधारबिनै नगरपालिका घोषणा हुँदा स्थानीयवासी खुसी हुन नसकेका हुन्। २०६८ को गणनाअनुसार, ती दुई गाविस अर्थात देउमाई नगरपालिकाको जनसंख्या जम्माजम्मी १२ हजार चार सय २५ छ। घर संख्या दुई हजार तीन सय हाराहारी। पक्की बाटो बनिसकेको छैन। त्यस्तो अवस्थामा नगरपालिका घोषणा हुँदा स्थानीयलाई करको डर ठूलो छ। सम्पति कर उच्च हुने र सेवाहरु विकेन्द्रित हुने पिरलो बढेको छ।

त्यो स्वभाविक देखिन्छ। किनकी गत असारमा पूर्वी इलामका पञ्चकन्या, फिक्कल र कन्याम गाविस जोडेर बनाइएको सूर्योदय नगरपालिकाको अवस्था पनि सन्तोषजनक छैन। सरकारले एकैपल्ट सहरोन्मुख ७२ ठाउँलाई नगर क्षेत्र घोषणा गर्दा पूर्वी इलामका तीन गाविस पनि गाभिएर सूर्योदय नगरपालिकामा परेका थिए। पहिल्यैदेखि चाहेअनुरुप आफू बसेको क्षेत्र नगर हुँदा त्क्षेत्रका वासिन्दामा जुन खुसी छाएको थियो, त्यो हराउँदैछ।

घामको पहिलो झुल्को पर्ने रमणीय सुदूरपूर्वी भूमि 'सूर्योदय' नगरपालिका भए पनि सबैतिर उज्यालो छरिएको छैन। 'नगरपालिका हुँदा के के न सुविधा पाइन्छ भन्नेथ्यो तर जग्गाको भाउ बढ्नेबाहेक केही भएन,' स्थानीय होटल व्यवसायी राजन प्रधान भन्छन्, 'फिक्कल बजार वरपरको जग्गा त्यसै त छोइनसक्नु थियो, नगरपालिका भएपछि एक मुखे रुद्राक्षजत्तिकै महँगो भयो।' आम्दानी जतिको त्यत्ति भए पनि नगरपालिका भएपछि करको दर ह्वात्तै बढेकोमा उनको दुःखेसो छ।

गाविसमा होटल व्यवसाय दर्ता गर्दा दुई सय एक रुपैयाँ तिरेका उनले नगरपालिकामा एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्‍यो। प्यान नम्बरबापत करदाता सेवा कार्यालयमा एक हजार दुई सय ५० तिर्ने उनले अब बर्सेनि दुई हजार रुपैयाँ तिर्नुपर्छ। 'हरेक व्यवसायी मजस्तै करको मारमा परेका छन्,' प्रधानले भने, 'नगरपालिका हुनु नराम्रो होइन तर कर उठाएजस्तै हामीले पाउने सेवा सुविधा पनि थपिनुपर्‍यो ।'

घोषणा भएको पाँच महिना बितिसक्दासमेत नगरपालिकाले सेवाप्रवाहको गति नबढाएको, जल्दाबल्दा समस्या नदेखेको र आशावादी हुने काम नगरेको स्थानीय ज्योति अधिकारीको गुनासो छ। 'भरखर त घोषणा हुँदैछ भनेर हामीले अलि समय पर्खियौं तर काम गराईको स्पिडै चित्तबुझ्दो भएन,' चिया व्यवसायी अधिकारीले भने, 'बल्ल–बल्ल आफ्नो ठाउँ नगर भयो तर मारमा हामी नै पर्नुपर्‍यो।'

नगर हुनुअघि जग्गाको 'तिरो'बापत थोरै रकम तिर्दा हुने जनसाधारणले नगर भएपछि बर्सेनि एकिकृत सम्पती कर तिर्नुपर्छ। आम्दानीमूलक र उब्जाउ नभए पनि नगरमा जग्गाको भाउ उच्च हुनाले धेरैले करबापत ठूलो रकम तिर्नुपर्ने देखिन्छ। 'जग्गाको क्षेत्रफलकै आधारमा आम्दानी लिननसक्ने परिवार धेरै छन्, उनीहरुलाई सम्पति करले सताउनेछ,' स्थानीय हरि लुईंटेल भन्छन्, 'नगरको सेवा चित्तबुझ्दो भए यस्ता समस्या ओझेल पर्थे।'

'स्थानीय स्वायत्त शासन ऐन २०५५' ले 'पहाडी क्षेत्रमा १० हजार जनसंख्या, विद्युत, खानेपानी, सडक र सञ्चार भएको क्षेत्रलाई नगरपालिका घोषणा गर्न सकिने' व्यवस्था गरेको छ। 'सरकारले पञ्चकन्या, फिक्कल र कन्याममा ती मापदण्ड पूरा हुने त देख्यो तर आफूले जनतालाई दिनुपर्ने सुविधा विचार नगरी नगरपालिका घोषणा गर्‍यो,' लुईंटेलले नागरिकसित भने, 'अपेक्षा गरेको सुविधा नपाएपछि नगरप्रति गुनासो बढेको हो।'

 

जोडिएन सबैको भावना

लोपोन्मुख लेप्चा जाति बस्ने सीमित गाउँमध्येको एक हो– मलिम। पहिले पञ्चकन्या गाविसमा पर्ने यो गाउँ अहिले सूर्योदय नगरपालिका–१ मा समेटिएको छ। तर, मलिमका लेप्चा मात्रै होइनन्, कतिपय अरु मानिससमेत सार्वजनिक कार्यक्रममा परिचय दिँदा अझै भनिरहेका हुन्छन्, 'नमस्कार, म फलानो, घर पञ्चकन्या गाविसको मलिम।'

समस्या मलिमको मात्रै होइन। अहिले सूर्योदय नगरपालिका– १५ मा समेटिएको अम्बी गाउँका कतिपय मानिससमेत उस्तै स्थितिमा छन्। स्थानीयस्तरका कार्यक्रममा सहभागी हुँदा अम्बीवासी आफूलाई यसरी चिनाउँदै हुन्छन्, 'नमस्कार, म फलानो, घर कन्याम गाविसको अम्बी।' सूर्योदय नगरवासी भइसक्दा पनि आफू गाविसकै ठेगानाले चिनिनु किन?

'यो नजानेर या झुक्किएर होइन, सुरु सुरुमा नगरपालिकाप्रति विश्वस्त हुन नसकेर र भावनात्मक एकता कमजोर भएर हो' सूर्योदय नगरपालिकाका पूर्वकार्यकारी अधिकृत काजीमान राई स्वयं स्विकार्छन्, 'नगरवासी भएपछि गर्व गर्नुपर्नेमा गाविसकै नामले चिनिन चाहनु भावनात्मक एकता बलियो नहुनुको एउटा उदाहरण हो, यसलाई चिर्न सेवा दिएर मन जित्नुपर्छ।'

जन्मेहुर्केको गाउँ इलामकै साङरुम्बा भएका राईलाई सूर्योदयको भूगोल मात्रै होइन, नगरवासीको आवश्यकता र चाहना पनि लगभग थाहा छ। तर, जिविसमा योजना अधिकृत भएर आएका उनी अहिले सूर्योदय नगरपालिकाको कार्यकारी अधिकृत हुँदा आफैं छक्क छन्। त्यसैले भन्छन्, 'सबै कुरा शून्यबाट थालिएकाले जनताको मन जित्न समय लाग्छ।'

झण्डै ३५ हजार मानिस बस्ने तीन गाविस (पञ्चकन्या, फिक्कल र कन्याम)लाई गाभेर घोषणा गरिएको हो, सूर्योदय नगरपालिका। सरकारले गत बैशाख २५ गते इलाममा सूर्योदयसहित देशभर ७२ नयाँ नगरपालिका घोषणा गरेको थियो। घोषणा भएको तीन महिना बित्दासमेत अपेक्षित सेवा नपाएपछि जनता नगरप्रति ढुक्क हुन नसकेर भावनात्मक रुपमा एक नभएका हुन्।

इलाम नगरपालिका (२८ वर्ग किमी) भन्दा झण्डै तीन गुणा ठूलो अर्थात ८२ वर्ग किमी क्षेत्रफल ओगटेको सूर्योदय नगरपालिका प्राकृतिक सौन्दर्य र अर्थोपार्जनका दृष्टिले मुलुककै नमूना बन्नसक्ने पर्याप्त आधार छन्। नगर घोषणाले खुसी हुँदाहुँदै पनि 'केन्द्रमा पर्ने फिक्कल बजारलाई मात्रै फाइदा पुगेको' भन्दै नगरपालिकाप्रति मौन रहनेहरु पनि कम छैनन्।

जनतालाई सेवा दिने सरकारी अड्डा, बैंक, स्वास्थ्य केन्द्र प्रायः फिक्कलमै सीमित छन्। नगरभित्र कति घरधुरी छन्, कस्ता जातजाति बस्छन्, कुन धर्मावलम्बी छन् भन्ने आधिकारिक जानकारी नै नगरपालिकासँग नभएको अवस्थामा ती सेवाप्रदायक निकायलाई तत्काल सबै वडावासीको पहुँचमा विस्तार गर्ने सम्भावना देखिँदैन। विकेन्द्रिकरणको नारा व्यवहारमा लागू छैन।

तीन गाविसका २७ वडालाई 'सबैको चित्तबुझ्ने गरी' सूर्योदयका १५ वडा बनाइएको नगरपालिकाको दावी छ। एउटा गाविसलाई नगरका पाँचवटा पर्ने गरी वडा छुट्याइए पनि त्यसमा सन्तुष्ट नहुने धेरै छन्। वडा विभाजन चित्तबुझ्दो नभएकैले स्थानीयको अवरोधका कारण ३, ४, ५ र ६ नम्बरमा वडा नागरिक मञ्च गठन भएको छैन। ती वडाको सीमाङ्कनमा विवाद छ।

 

कर्मचारीको चर्को अभाव

'जिम्मेवारी आइपरेपछि थाकें भन्नुभएन तर कहिलेकाहिं १८ घण्टासम्म अहोरात्र खट्नुपरेको छ,' सूर्योदय नगरपालिकाका गोविन्द सुवेदी भन्छन्, 'सेवाग्राही ३५ हजार जति छन्, कर्मचारी १२ जनामात्रै, धन्न पो!' फिक्कललाई केन्द्रविन्दु बनाई पञ्चकन्या र कन्याम गाविस गाभेर नगरपालिका घोषणा गरिएको तीन महिना बिते पनि कर्मचारी अभावले सूर्योदयमा चौतर्फी समस्या छ। 'नगरपालिकाले काम काटेन' भन्ने गुनासो बढ्नुमा थोरै कर्मचारी नै प्रमुख कारण देखिएको छ।

पहिलेका तीन गाविस सचिवसहित १२ कर्मचारी छन्। उनीहरुले नागरिकता/राहदानी सिफारिस, कर असुली, घरजग्गा दर्ता जस्ता धेरैखाले काम गर्नु परिरहेको छ। कामको प्रकृति धेरैखाले भए पनि सीमित कर्मचारी हुँदा उनीहरुले कहिलेकाहिं रातीसम्म खट्नुपर्छ। नगर प्रहरी, ड्राइभर, माली, कार्यालय सहयोगी आदि पदमा दर्जनौं कर्मचारी नियुक्त गर्न बाँकी छ। आम्दानी स्रोत खोजी भइरहेकाले तत्कालै सबै कर्मचारी नियुक्त हुने सम्भावना कम छ।

सरकारले बैशाख २५ गते देशभर ७२ नयाँ नगरपालिका घोषणा गर्नेक्रममा सूर्योदय पनि परेपछि स्थानीयवासीमा जुन उत्साह थियो, त्यो क्रमशः सेलाउँदै जानुमा जनशक्ति अभाव प्रमुख देखिन्छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३५ हजार हाराहारी जनसंख्या भएको यो नगरपालिकालाई जम्माजम्मी पाँच कर्मचारी मात्र व्यवस्था गर्ने भएको छ। जिल्लाकै इलाम नगरपालिकामा ६५ भन्दा धेरै कर्मचारी भएको अवस्थामा सूर्योदयमा १२ कर्मचारीले सेवाग्राही रिझाउनु अनौठो देखिन्छ।

मन्त्रालयले एक कार्यकारी अधिकृत, एक लेखापाल, एक इञ्जिनियर, एक सहायक पाँचौं र एक सहायक चौथोस्तरका कर्मचारीको मात्र व्यवस्था गर्ने परिपत्र गरिसकेको छ। आवश्यक बाँकी कर्मचारी नगरपालिका स्वयंले आन्तरिक स्रोत परिचालन गरी नियुक्त गर्नुपर्ने चुनौती छ। नगरपालिका घोषणा भएदेखि नै वडा विभाजनदेखि घरधुरी यकिन गर्ने र सामाजिक सुरक्षा भत्ता वितरणदेखि कागजात बनाइदिनेसम्मका काममा जनशक्ति अभावले नराम्रो प्रभाव पारेको उनी बताउँछन्।

'सूर्योदयको जम्मा घरसंख्या कति भन्नेमा हामी नैं अल्मलिएका छौं,' उनले नागरिकसित भने, 'घरधुरीको लगत संकलन गर्न कर्मचारी परिचालन गर्नुपर्ने तर सकिएको छैन।' नगरपालिकाले २०६८ को गणनालाई नै आधार मानेर योजना बनाउँदै आएकोमा त्यो अव्यवहारिक देखिएपछि पुनः घरधुरी र जनसंख्या यकिन गर्न लागेको हो। यसनिम्ति, भरखरै सम्पन्न नगर परिषदबाट दुई लाख रुपैयाँ बजेटसमेत छुट्याइएको छ। तर, कर्मचारी अभावले नगरमा परिचालन गर्न नसकिएको उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस