वीरगन्ज- राष्ट्रपति रामबरण यादवले राष्ट्रिय एकता र संघीयता सँगसँगै अघि बढ्ने अपेक्षा व्यक्त गर्दै मुलुकमा शान्ति र सद्भा-व कायम रहनुपर्ने बताएका छन्।
'राष्ट्रिय एकता कायम राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेछ,' वीरगन्जमा बुधबार आयोजित कार्यक्रममा प्रसंग जोड्दै राष्ट्रपति यादवले भने, 'शान्ति र सद्भाव कायम रह्ने आशा छ, राजनीतिक उतारचढावबीच समाजमा विकासमा भने बाधा हुनु हुँदैन।'
वीरगन्जको बिर्ता–५ स्थित कन्या उच्च माध्यमिक बिद्यालयको हीरक महोत्सवमा बोल्दै राष्ट्रपति यादवले शिक्षा, स्वास्थ्य र पर्यावरण रक्षामा जनताको सक्रिय सहभागिता अपेक्षा गरे। उनले तराईमा यहाँका साहु, व्यावसायिक वर्गले विद्यालय तथा कलेज स्थापना र शैक्षिक विकासमा योगदान गरेको इतिहास स्मरण गराए।
'साहुकार महाजन र व्यवसायीले योगदान नगरेको भए हामी गाई चराइरहेका हुन्थ्यौं,' महोत्सव उद्घाटन गर्न आइपुगेका उनले भने, 'त्यसैगरी विकासमा आज पनि सबैको सहभागिता हुनुपर्छ।'
चुरेको संरक्षण विषयमा गम्भीर भएको उल्लेख गर्दै राष्ट्रपति यादवले भने, '२०३६ सालमा मेरो गाउँमा धारा गाड्दा ४० फिटमै पानी निस्कियो, अहिले २८० भन्दा यता पानी नै छैन, चुरे संरक्षणको कुरा मैले यत्तिकै उठाएको होइन।'
२००४ सालमा दुर्गादेवी श्रेष्ठद्वारा स्थापित कन्या विद्यालयलाई यहाँको व्यापारिक घराना केडिया परिवारले २०१० सालमा जग्गादान गरेर अगाडि बढाएको थियो। अहिले कक्षा १२ सम्म सञ्चालित यस विद्यालयमा १ हजार छात्रा अध्ययनरत छन्।
कार्यक्रममा स्थानीय हीरालाल केडिया, सञ्जय केडिया, विमल केडिया र प्राचार्य धर्मेन्द्रकुमार भट्टराईलगायतले राष्ट्रपति यादवलाई स्वागत र सम्मान गरेका थिए।