काठमाडौं- स्वविवेक प्रगोग गरी प्रतिवेदन संविधान सभामा पठाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रधामन्त्री र संविधान सभाका अध्यक्षसँग नयाँ प्रस्ताव राखेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, संविधानसभा अध्यक्ष र संवाद समितिका सभापति भट्टराईबीच भएको छलफलमा भट्टराईले संविधान सभामा पठाउने प्रतिवेदन पुनः सहमतिका समितिमा फिर्ता पठाउने लिखित सहमति गर्न प्रस्ताव गरेका हुन्।
दलहरुबीच बुधबार समिति सभापतिलाई प्रतिवदेन पठाउने विषयमा स्वविवेक प्रयोग गर्न दिने सहमति भएको थियो। तर, बिहीबार बिहान भएको छलफलमा भने भट्टराईले प्रमुख दलका शीर्ष नेताले संविधान सभामा पठाएको प्रतिवेदन पुनः सहमतिका लागि समितिमा नै फर्काउनेगरी सहमति गर्न र हस्ताक्षर गर्न आग्रह गरेको स्रोतले बताएको छ।
'मैले सबैको चित्त बुझाउनेगरी प्रतिवेदन संविधान सभामा पठाउँछु,' भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तर त्यसका लागि प्रमुख दलका शीर्ष नेताले संविधान सभामा पेस भइसकेपछि पुनः सहमतिलाई प्रतिवेदन समितिमा फिर्ता ल्याउने कुरामा सहमति गरी हस्ताक्षर गर्दा विश्वासको वातावरण बन्छ।'
भट्टराईले कांग्रेस-एमालेले सभामुखलाई दबाब दिएर समितिमा पेस भएको प्रस्तावलाई संविधान सभामा छलफल गराउनसक्ने आशंका व्यक्त गर्दै संविधान सभामा पेस गर्ने प्रस्ताव पुनः समितिमा फर्काउनेगरी सहमति गर्न र हस्ताक्षर गर्न प्रस्ताव गरेका थिए।
एमाले अध्यक्ष केपी ओली राजधानी बाहिर रहेकाले कुनै सहमति नभएपछि ओली फर्कि लगत्तै आजै बेलुका पुनः छलफल गर्नेगरी बैठक सकिएको थियो।
सभापति भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले भने भट्टराईले कुनै प्रस्ताव नराखेको बताए। 'एमाले अध्यक्ष केपी ओली झापा जानुभएको छ। आज बेलुका फर्केपछि पुनः बैठक बस्ने तय भएको छ,' उनले भने, 'बिहानको बैठकमा कुनै सहमति भएको छैन। सभापतिले कुनै प्रस्ताव पनि राख्नुब भएको होइन।'
प्रतिवेदनमा 'संविधान सभाले सहमतिका लागि संवाद समितिमा पठाएका विषमया सहमति हुन नसकेको र थप छलफल आवश्यक पर्ने देखिएकाले समितिमा पेस भएका प्रस्तावलाई जस्ताको त्यस्तै संविधान सभामा पेस गरिएको छ, भन्ने विवरण समेटेर प्रतिवेदन तयार गरिने स्रोतले बतायो।
कांग्रेस-एमालेलगायतका सत्तारुढ दलले संविधानका विवादित विषयमा आफ्नो अवधारणा संवाद समितिमा पेस गरेपछि दलहरुबीच विवाद चुलिएको थियो। संविधानसभामा प्रतिवेदन पठाउने जिम्मा सभापतिलाई दिने सहमति गरेपछि सभापति भट्टराईले सबैको चित्त बुझ्ने गरी प्रतिवेदन संविधानसभामा पठाउने बताएका थिए।