उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ
१२ पौष २०७८
•
५ मिनेट पाठ
उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ
आइतबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले ट्रकमा लगाएको आगो निभाउँदै सुरक्षाकर्मी। तस्बिरः नागरिक
काठमाडौंका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किंदै थिए। सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठीभाटासहित उभिएका मानिससँग जम्काभेट भयो। भिडले उनको प्रदेश ३–०१–०२३ च ८२९७ नम्बरको कारमाथि लट्ठीभाटा बर्साउन थाल्यो। गाडी छेउ लगाउन नपाउँदै सिसा चकनाचुर भयो। गाडीभित्रै रहेकी उनकी छोरी चिच्याउन थालिन्। छोरी सम्हाल्नु कि गाडी जोगाउनु, पौडेल निकै सकसमा परे।




सडकमा उभिएका गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष राईसमक्ष पुगेर घटनाबारे जानकारी गराउँदै उनले सुरक्षा मागे। र, केही घण्टाको विश्रामपछि सिसा फुटाइएको गाडी चलाएर सुरक्षा इस्कर्टिङमा काठमाडौंतर्फ लाग्दै गर्दा उनले भने, ‘जहाँको भए पनि भिड त भेडै हुँदोरहेछ तर मैले यो नियति भोग्नुमा सुरक्षाकर्मी दोषी हुन्।

गोलबजारमा लगामविहीन उग्रता देखेपछि सुरक्षाकर्मीले हामीलाई पछाडि नै रोकिदिएको भए आज मसहित अरू थुपै्र मानिसको सम्पत्ति जोगिने थियो’, उनले भने, ‘सुरक्षाकर्मीले लगामविहीन उग्रतालाई निरीह बनेर हेरिदिँदाको मार हामीजस्ताले भोग्नुपर्‍यो। सर्वसाधारणलाई क्षति पु¥याएर राज्यलाई सुनाउने कृत्य रोकिनुपर्छ।’

०००

ना५ख ५२२ नम्बरको ट्रकका चालक विशाल तिमलसिना उदयपुरको गाईघाट जाँदै थिए। ट्रक गोलबजार नगरपालिकाको चोहर्वा चोक पुगेपछि चारैतिरबाट ढुंगा बर्सिन थाल्यो। गाडी रोकेर अगाडि हेर्दा लाठीभाटासहित मानिसको भिड ट्रकतिर दौडिँदै थियो।

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो। प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको लगामविहीन उग्रताको सिकार हुन पुगेका यी दुई प्रतिनिधि हुन्। घटनामा थुपै्र सवारीसाधन तोडफोड गरिएको प्रहरीले जनाएको छ। सार्वजनिक सवारीसाधनमा सवार यात्रु घाइतेसमेत भएको प्रहरीले जनाएको छ।

जनमत पार्टीले आइतबार सिरहामा आमहडताल घोषणा गरेको थियो। सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृंखल व्यक्तिको उक्साहटमा मंगलबार लुटिएको थियो। गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहार्‍यो। प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो।

सिरहा प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेका अनुसार गहुँको बीउलगायत सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्न व्यक्तिलाई बिनाकारबाही छोड्नुपर्ने दबाब नमानेपछि जनमत पार्टीका कार्यकर्ताले उग्रता प्रदर्शन गरेका हुन्।

आइतबारको उग्र प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनीमा संलग्न १४ जनालाई पक्राउ गरिएको एसपी पाण्डेले बताए। उनका अनुुसार १४ वटा सवारीसाधनमा तोडफोड र एउटा ट्रकमा आगजनी भएको छ। प्रहरीका दुई र सशस्त्र प्रहरीका एक गरी तीनजना घाइते भएको उनले बताए।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लियो।

लगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा उग्र प्रदर्शन सुरु गर्‍यो। अख्तियारको बर्दिवास कार्यालयम पुगेर समेत जनमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

कात्तिक ४ गते जनकपुरधामस्थित खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमतका कार्यकर्ताले दुर्व्यहार गरे। ‘जनकारबाही’ का नाममा कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै बन्धक बनाएर हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए।

जनमत पार्टीका अध्यक्ष सिके राउतको घर जाने बाटोमा जमेको पानी निकास गरी सडक दुरुस्त नपारेको झोकमा कुशवाहाको शरीरको माथिल्लो भाग नाङ्गै पारी जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए।

मूलधारको राजनीतिमा अवतरित भएपछि जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो। जनमतका कार्यकर्ताले विभिन्न पालिकामा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए। तर अख्तियारले प्रदेश सरकारको मुख्यालयमा छापा मारेपछि जनमत पार्टी प्रदेशका विभिन्न जिल्लामा आफ्नो उपस्थिति देखाउन लागि परेको छ।

‘पछिल्लो समय मधेसमा सबैभन्दा पिरोलिएका किसान हुन्। मलखाद, बीउविजन, सिँचाइको समस्या र भ्रष्टाचारले मधेस आक्रान्त छ’, सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा भन्छन्, ‘सिके राउत मधेसका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ। उनको प्रस्तुति भद्र हुनुपर्नेमा अराजक भएको देखिन्छ।’ मधेसका किसानका मुद्दा ओझेल परिरहेका बेला सिके राउत तिनलाई उचालेर भावनात्मक सम्बन्ध प्रगाढ बनाउन खोजेको झाले बताए।

यस भन्दा पहिला जनमत भ्रष्टाचार विरोधी मुद्दा उचालेर मधेसमा आफ्नो उपस्थिति जनाएका थिए। अहिले किसानका मुद्दा उचालेर राजनीतिक प्रभाव जमाउन खोजेको झाको विश्लेषण छ। भ्रष्टाचार र किसानका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिमा आउने जोकसैले मधेसमा पकड बनाउन सक्ने अवस्था रहेको उनको विश्लेषण छ।

भ्रष्टाचार र उदासीनताको पीडाले निस्सासिएका मधेसी जनता यसबाट पार पाउन सुशासनप्रति दृढ लिडरको खोजीमा छन। भ्रष्टाचार, अनियमितताप्रति कठोर र अनुदार चेहरातिरै मधेसी जनताको रुझान हुने झाको विश्लेषण छ। बोलीमा सुशासन तर काममा अनियमितता गर्ने चेहरा बिस्तारै मधेसी जनताको सामु उदांगिसकेको उनको भनाइ छ। अब मधेसमा राजनीतिक फाइदा लिन कुनै पनि राजनीतिक दललाई सजिलो नहुने उनको तर्क छ।
अर्को समाचार
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
२ मिनेट अघि
•
१ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्। 

लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।

‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।

उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।

‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।

लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।

‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।

लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।

उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस