पदाधिकारी १५ जना हुने
१२ पौष २०७८
•
१ मिनेट पाठ
पदाधिकारी १५ जना हुने
नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी संख्या बढाउने भएको छ। पदाधिकारी तहमा पुग्न चाहने आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न अन्य पार्टीको सिको गर्दै माओवादीले संख्या बढाउने भएको हो।




केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, एक कोषाध्यक्षसहित १५ पदाधिकारी रहने छन्। यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा राखेका थिए।

बैठकले अनुमोदन गरेको यो प्रस्ताव महाधिवेशन बन्दसत्रमा पेस गरिनेछ। बन्दसत्रबाट पारित भएपछि यो कार्यान्वयनमा आउनेछ। एमालेले जस्तै माओवादीले पनि बहुपदीय प्रणालीलाई संस्थागन गर्न खोजेको हो। माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिएको छ।

माओवादीमा अध्यक्षपछि धेरै कार्यकारी अधिकार प्रयोग गर्ने महासचिवका लागि धरै आकांक्षी देखिएका छन्। जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्ति बस्नेत, पम्फा भुसाललगायतले महासचिव बन्ने इच्छा जनाएका छन्।

नयाँ नेतृत्व छान्न महाधिवेशनमा देशभरबाट १६ सय ३१ प्रतिनिधि सहभागी छन्। पार्टीको नियमित प्रक्रियाबाट १४ सय ८३ प्रतिनिधि हुने व्यवस्था थियो। त्यसमा १० प्रतिशत मनोनयन गर्ने निर्णय गरिएपछि यो संख्या बढेको हो। बन्दसत्रमा अध्यक्ष दाहालले ‘२१औं शताब्दीको समाजवादः हाम्रो बाटो’ शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।
अर्को समाचार
८० जना नेता कार्यकर्ता भएका ठाउँबाट पक्राउ परेका थिए पौडेल
०८ असार २०८३
•
२ मिनेट पाठ
८० जना नेता कार्यकर्ता भएका ठाउँबाट पक्राउ परेका थिए पौडेल
वीरेन्द्रनगरस्थित शुभ होटलमा नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सुझाव संकलनका लागि एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका नेताहरु आइतबार सुर्खेत आइपुगेका थिए ।




सोमबार शुभ होटलमा कार्यक्रम चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल आफै बेलुका पाँच बजेतिर पौडेललाई पक्रउ गर्न पुगेका थिए । एसपी पोखरेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा पौडेललाई पक्राउ गरिएको जानकारी दिए ।  

‘उहाँ (पौडेल) सुर्खेतमा रहेको जानकारी पाएर विभागले पक्राउका लागि पत्राचार गरेको थियो,’ उनले भने, ‘सोही पत्रका आधारमा हामीले पक्राउ गरेका हौं ।’ प्रहरी होटलमा पुग्दा जाजरकोट जिल्लाका कार्यवाहक सभापति विश्वविक्रम शाह निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी धारणा राख्दै थिए । उपाध्यक्ष रामहादुर थापा, पौडेलसहित पृथ्वी सुब्बा गुरुङ र महासचिव शंकर पोखरेल डायरीमा फ्लोरबाट आएका सुझावहरु टिप्दै थिए ।

‘त्यही बेला एसपीको फोन आयो, उहाँ (पौडेल) र महासचिव पोखरेल सँगसँगै बाहिर निस्कनुभयो,’ सुर्खेत जिल्लाका उपाध्यक्ष मोहन बढुवालले भने, ‘हलबाट होटलको रुपमा जानुभयो अनि डायरी समाएर प्रहरीको गाडीमा बस्नुभयो ।’  

बढुवालका अनुसार सुरुमा आफूहरुले एसपी पोखरेल नेताहरुलाई भेट्नका लागि आएको सोचेको बताए । ‘१० जिल्लाका पदाधिकारी, प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यसहित हामीहरु करिव ८० जना हलभित्र थियौं,’ उनले भने, ‘सुरुमा प्रहरी प्रमुख नेताहरुलाई भेट्न आएका होलान् भन्ने लागेको थियो, गिरफ्तार गर्न आएका रहेछन् ।’

प्रहरीले पौडेल पक्राउपछि जारी गरेको विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ पूर्जीसहित पठाइएकाले पक्राउ गरिएको जनाएको छ । ‘निज हाल सुर्खेत जिल्लामा रहेको भन्ने बुझिन आएकाले संलग्न पक्राउ पूर्जी सम्वन्धीतलाई बुझाई पक्राउ गरी प्रहरी सुरक्षासहित निजलाई विभागमा उपस्थित गराइदिनु हुन सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २१ का आधारमा अनुरोध छ भन्ने व्यहोराको पत्र प्राप्त भएको,’ विज्ञप्तिमा भनिएको छ, ‘विभागबाट प्राप्त पत्रको आधारमा पूर्व अर्थमन्त्रीसमेत रहेका रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. ९, हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २५ सैबु आवास योजनामा बसोबास गर्ने बिष्णुप्रसाद पौडेललाई सुर्खेत जिल्लामा खोजतलास गर्ने क्रममा निजलाई साँझ ६:१५ बजेको समयमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ शुभ होटलमा फेला पारी विभागबाट जारी भएको जरुरी पक्राउ पूर्जी दिई पक्राउ परिएको छ ।’

प्रहरीले पक्राउ गरेका पौडेललाई सोमबारनै बाँकेको नेपालगञ्ज पठाएको छ । सुर्खेतमा राख्दा आन्दोलन हुन सक्ने भयले पौडेललाई प्रहरीले नेपालगञ्ज पठाएको हो । उनलाई त्यहाँबाट मंगलबार बिहान हवाइमार्गमार्फत काठमाडौं पुर्‍याएर विभागको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस