राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी
१२ पौष २०७८
•
५ मिनेट पाठ
राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी
नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्राण्ड)को खोजी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रिय स्तरमै त्यो ब्राण्डको खोजी भएको हो।




संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो। नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर प्राप्त गरे। नेपालमा शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भयो। केही काम अझै बाँकी छ। त्यसलाई शीघ्र पूर्णतामा लैजानुपर्ने दायित्व माओवादीकै काँधमा छ तर ढिला भएको छ।

उद्घाटन सत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको भूमिकाको उच्च प्रशंसा गर्दै जनता र देशका पक्षमा थप क्रियाशील हुन माओवादी नेतृत्वको ध्यानकर्षण गराए।

जनयुद्धकालीन सहयात्री सिपी गजुरलले केही सर्त राख्दै फेरि पनि माओवादीहरूका बीचमा एकताको आवश्यकता औंल्याए। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ठूलो मेहेनतका साथ नेकपा गठन भए पनि एकता जोगाउन नसक्नुको कारण खोजी गर्नुपर्ने बताए।

नेकपा(माले) का महासचिवले त जनयुद्धकालीन एजेण्डाको स्मरण मात्रै गराएन, लक्ष्यमा कहाँकहाँ चुक्यो भनेर माओवादी नेतृत्वले खोजी गर्नुपर्ने सुझाव दिए। समग्रमा सबै नेताहरूका एउटै मनोभावना थियो, माओवादीले आफ्नो एजेण्डा के कति पूरा गर्‍यो र के कति एजेण्डा अझै बाँकी छ भन्ने खोजी गर्न ध्यानाकर्षण गराए।

टुटफुट र विभाजनको चक्रव्यूहमा फसेको भए पनि जनयुद्धकालीन माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै वरिपरि केन्द्रित छ भन्ने यथार्थ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रष्ट देखियो। जनयुद्धकालीन १७ नेताले पार्टी छाडेको, नौ जना उच्च नेताले शहादत प्राप्त गरेको भए पनि शहीद, बेपत्ता परिवार र घाइते योद्धा सबैको आश अझै माओवादीप्रति नै छ।

एजेण्डाका हिसाबले माओवादी अब्बल देखिए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भनेअनुसार नेतृत्व गर्न सकेको छैन। यद्यपि नेपालको राजनीतिक परिवर्तनको भूमिकामा माओवादी शीर्ष स्थानमा छ। नेतृत्वमा नै छ।

यही सन्दर्भ जोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा नै संविधानसभाबाट संविधान बनेको ऐतिहासिक तथ्यलाई सम्झाए। प्रधानमन्त्रीले भने, ‘प्रचण्डजीले नेपालको राजनीतिमा धेरै योगदान दिनुभएको छ। उहाँकै बलले हामी संविधानसभामा गएका हौं। संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो। पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो।’ माओवादीकै नेता नारायणकाजी श्रेष्ठ र मातृकाप्रसाद यादवले पनि पार्टीको चिन्ता गरे।

उनीहरूले माओवादीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ‘प्रेसक्रिप्सन’ प्रस्तुत गरे। साङ्गठनिक कर्मकाण्ड पूरा गर्न मात्रै माओवादीको आयोजना नगरिएको भन्दै नेता श्रेष्ठले माओवादीले गर्नुपर्ने विभिन्न पाँच वटा कामबारे उद्घाटन सत्रलाई जानकारी गराए।

अर्का नेता यादवले कोही कसैले छाड भन्दैमा क्रान्तिकारी नेतृत्वले छाड्न नमिल्ने र नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पूँजीवादीको भएको बताए। नेता यादवले भने, ‘अहिले चलेको पुस्तान्तरणको कुरा पूँजीवादीहरूका कुरा हुन्। बुढाले छाड्नुपर्‍यो र नयाँलाई दिनपर्‍यो। स्थापित नेतालाई पाखा लगाइदिने अनि केही नजान्नेलाई नेता बनाइदिने।’ नेता यादवले पार्टी र क्रान्तिको चिन्ता गर्दै अगाडि भने, ‘फेस र एजले मात्रै नेतृत्व हुँदैन।’

नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरलले पनि माओवादीको पहिचान स्मरण गर्न सुझाव दिए। उनले जनयुद्ध सुरु गर्दाको केन्द्रीय समितिले गरेको प्रतिबद्धता सम्झन विशेष गरी प्रचण्डलाई सुझाव दिए। राष्ट्रियता, जनजीविकाको विषयमा प्रष्ट भएर आए माओवादीसँग पुनः एकता हुने उनको भनाइ थियो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनयुद्धकालीन दिनहरू स्मरण गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहको बलमा गणतन्त्र र सङ्घीयता स्थापना भएको तथ्य पेश गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन नसकेको भन्दै पहिचानको खोजी गरे।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि माओवादीको मूल्य र मान्यताको खोजी गरे। उनले संविधानमा सबैथोक भए पनि केही नभएको जस्तो भएको भन्दै संविधानलाई पूर्ण बनाउन सके माओवादी नै सफल हुने धारणा राखे।

मालेका महासचिव मैनालीले त व्यवस्था बद्लिए पनि अवस्था बद्लिन नसकेकामा जनगुनासो रहेको भन्दै नेपाली राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर माओवादी नेतृत्वलाई नै प्रश्न गरे। सबै नेताका धारणा सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टी एकता जोगाउन नसकेको र माओवादी आन्दोलन कमजोर भएको विषयमा आत्मसमीक्षा गर्ने दृढता व्यक्त गरे। माओवादी अरू कारणले होइन मेरो आफ्नै कारणले बिग्रिएको भन्दै अब आफैंबाट सच्याउन सुरु गर्ने अध्यक्ष प्रचण्डको स्वीकारोक्ति थियो।

माओवादीका स्थायी समिति सदस्य पम्फा भुसालले पनि समाजवाद–उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौं महाधिवेशनको मुख्य उद्देश्य रहेको भन्दै माओवादी अब खास रूपमा माओवादीको रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। पार्टीभित्रका नेतादेखि बाहिरका नेताहरूले समेत माओवादीको पहिचान खोजेको सन्दर्भमा महाधिवेशनबाट माओवादी कुन रूपमा प्रस्तुत हुन्छ भन्ने चासो र जिज्ञासा पैदा गरिदिएको छ।

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ। कर्मकाण्डी रूपमा अधिवेशन सकिएला वा माओवादीले भने जस्तै केही नयाँ रूपमा आउला त्यो भने पुस १५ गतेसम्म पुग्दा नै स्पष्ट भइसक्नेछ।(रासस)
अर्को समाचार
बागलुङ-२ मा आरजुको सिफारिसपछि माओवादीको ‘प्रचण्ड’ कार्ड
२० भदौ २०७९
•
३ मिनेट पाठ
बागलुङ-२ मा आरजुको सिफारिसपछि माओवादीको ‘प्रचण्ड’ कार्ड
शनिबार नेपाली काँग्रेस बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्‍यो। बागलुङ क्षेत्र नम्बर २ को सिफारिसले भने बागलुङमा मात्रै होइन केन्द्रीय राजनीतिमै चर्चा पायो।  




नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको समेत उम्मेदवारी दर्ता भएपछि बागलुङको राजनीतिमा हलचल मच्चिएको हो। आरजु राणा देउवाको बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी परेपछि त्यसको बारेमा विभिन्न टिका टिप्पणीहरु भैरहेका छन्।

महिला उम्मेदवार अघि सार्नुपर्ने भए पनि जिल्लाकै महिला सार्नुपर्ने, जिल्लाकै नेताहरु हुँदा हुँदै बाहिरका व्यक्तिलाई उम्मेदवारको रुपमा अगाडि सारिएको भन्दै आलोचना पनि भएको छ। अघिल्लो पटक बाम गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रका नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका थिए। 

अघिल्लो निर्वाचनमा आफ्नो उम्मेदवारले जितेको क्षेत्र भएकाले पनि अहिले पनि आफ्नै भागमा पर्नुपर्ने माओवादी नेता कार्यकर्ताले तर्क गर्ने गरेका छन्। बागलुङ क्षेत्र नम्बर १ का देबेन्द्र पौडेल निर्वाचित भएपछि क्षेत्र नम्बर २ लाई वेवास्ता गर्ने गरेको र आफ्नै क्षेत्रको उम्मेदवार हुनुपर्ने तर्क त्यस क्षेत्रमा बलियो छ।  

सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसले आरजु राणा देउवाको नाम समेत प्रतिनिधि सभा उम्मेदवारको सिफारिसमा राखेर पठाएपछि सबैभन्दा बढि दबाबमा माओवादी केन्द्र परेको छ।  

नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले गठबन्धन गर्दा पनि क्षेत्र नम्बर २ लाई काँग्रेसको भागमा पार्न काँग्रेस केन्द्रमा दबाब दिने निर्णय गरेपछि माओवादी दबाबमा परेको हो। काँग्रेस क्षेत्रीय समितिले आफ्नै उम्मेदवार क्षेत्रमा उठाउनुपर्ने निर्णय गर्दै केन्द्रमा धर्ना दिने निर्णय गर्ने र उम्मेदवारको रुपमा प्रधानमन्त्री पत्नी आरजुलाई समेत सिफारीस गर्नुले माओवादी दबाबमा परेको देखिन्छ।  

दलहरुबीच विगतमा सम्बन्धित दलले जितेको क्षेत्रमा उक्त दलको उम्मेदवार नै कायम राख्ने र एमालेले जितको ठाउँमा भागबण्डा गर्ने विषयमा छलफल चलिरहँदा काँग्रेसको निर्णयले दबाबमा परेको माओवादी केन्द्रले त्यसको काउण्टरमा प्रचण्ड कार्ड फालेको छ।  

आगामी मंसिर ४ मा हुने निर्वाचनमा क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ। नेकपा माओवादी केन्द्र बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा क को समन्वय समितिको बुर्तिबाङमा बसेको बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न आग्रह गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र बागलुङका जिल्ला संयोजक राजिव घिमिरले बताए।

‘प्रदेश निर्वाचनमा को उम्मेदवार बनाउने भन्ने बारेमा हामीले घनिभूत रुपमा छलफल गरेका छौं,’ उनले भने,‘प्रतिनिधि सभाको उम्मेदवारको रुप्मा भने अध्यक्ष प्रचण्डलाई अगाडि सार्ने र उहाँलाई यहाँको उम्मेदवार बन्नका लागि आग्रह गर्ने सर्वसम्मत निर्णय भएको छ।’ नेकपा माओवादी केन्द्रका बुर्तिबाङ क्षेत्र संयोजक प्रेम घर्तीको अध्यक्षतामा बसेको बैठकले जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य बलावती शर्माको उपस्थीतिमा उक्त निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले पनि प्रचण्डलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने सुझाव आएको बताए।

‘अध्यक्ष कमरेडलाई प्रतिनिधि सभामा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने सुझाव आएको छ,’ उनी भन्छन्,‘प्रदेश सभा सदस्यको उम्मेदवारको विषयमा भने गण्डकी प्रदेश कमिटिको बैठकले निर्णय गर्नेछ।’ नेपाली काँग्रेसले आरजु राणा देउवालाई उम्मेदवार सिफारिस गरेपछि काउन्टरमा माओवादीले प्रचण्ड कार्ड फालेको चर्चा हुन थालेको छ। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस