काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजारभन्दा बढी ‘ठूला' व्यक्तिको सम्पत्ति गोप्य रुपमा अनुसन्धान गरिरहेको जनाएको छ। संसदको सुशासन तथा अनुगमन समितिमा शुक्रबार अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समाजमा बढी रवाफ देखाउने र शंकास्पद ठूलाबडा व्यक्तिको सम्पत्ति विवरण अनुसन्धान गरिरहेको जानकारी गराएका हुन्। उनले त्यस्ता व्यक्तिमा सांसद पनि पर्ने संकेत गरे।
'एक हजारभन्दा बढी व्यक्तिको सम्पत्तिको अति गोप्य अनुसन्धान गरिरहेका छौं,' कार्कीले भने, 'साना व्यक्ति समातिए, ठूला उम्किए भन्ने गुनासो आएको छ। ठुल्ठूला व्यक्तिको सम्पत्ति विवरण हामीले गोप्य रुपमा अनुसन्धान गरिरहेका छौं, तर उनीहरुको बैंकखातामा पाँच सय–हजार रुपैयाँ मात्र छ। भाडामा बसेका छन्। उनीहरुको सम्पत्ति कहाँ छ त? यसमा तपाईंहरु पनि पर्न सक्नुहुन्छ होला।'
समाजका विभिन्न क्षेत्रका करिब १ हजार जनाको सम्पत्ति विवरण अनुसन्धानको दायरामा रहेको उनको भनाइ थियो। कार्कीले यस विषयमा गम्भीर रुपमा अनुसन्धान गरिरहेको भए पनि केही चुनौती देखिएको स्वीकार गरेका छन्। 'कुनै पनि शंकास्पद व्यक्तिले आफ्नो नाममा सम्पत्ति राख्ने चलन करिब–करिब समाप्त भएको छ,' कार्कीले भने, 'त्यो सम्पत्ति कहाँ गयो होला?'
कार्कीले त्यस्ता व्यक्तिले छोराछोरीलाई अध्ययनका लागि विदेश पठाएको र रकम त्यतै पठाइएको हुनसक्ने आशंका पनि गरे। त्यसपछि छोराछोरीले विदेशमा दुःख गरेर पठाएको पैसा भन्दै खर्च गर्ने गरेको भेटिएको पनि बताए। कार्कीले त्यस्ता शंकास्पद व्यक्तिले अर्काको नाममा निजी क्षेत्रमा लगानी गरेको आशंका रहेको खुलाए। यस्तो लगानी पुष्टि गर्न चुनौती रहेको उनको भनाइ थियो।
'हरेक व्यक्तिका छोराछोरी विदेशमा पढ्छन्,' कार्कीले भने, 'त्यहाँ पैसा पठाउन सजिलो छ। त्यहाँबाट छोराछोरीले कमाएर पठाएको भन्छन्। त्यस्ता व्यक्तिले निजी क्षेत्रमा अर्कैको नाममा लगानी गरेको हुनसक्छ। पहिले–पहिले आफन्त र ससुरालीको नाममा सम्पत्ति राख्ने चलन थियो तर अहिले त्यस्ता ठूला व्यक्तिका ससुराली पनि कंगाल देखिएका छन्।'
कार्कीले अख्तियारले ६ वर्षे रणनीति बनाएर अघि बढेको जानकारी दिए। राष्ट्रिय गौरवका आयोजनामा छानबिन गर्दा समय र लागतलाई असर नपर्ने गरी 'फोकल पर्सन' तोकेर पदाधिकारीसँग छलफल थालिएको उनले बताए। उनले आयोगले छानबिन गर्दा बीचमा काम रोक्नु नपर्नेगरी अघि बढ्न सकियोस् भन्नेमा सचेत रहेको समेत बताए।
कार्कीले अनुसन्धानको क्षेत्र साँघुरो भएकाले ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार नेपाल गत वर्षभन्दा बढी भ्रष्टाचारको स्थानमा परेको बताए। 'ट्रान्सपरेन्सीको रिपोर्टअनुसार नेपाल गत वर्ष ११६ औं स्थानमा थियो,' उनले भने, 'अहिले १२६ औं स्थानमा पुगेको छ। तहकिकात गर्ने क्षेत्र करिब ४० प्रतिशतमात्र छ। बाँकी भ्रष्टाचार आयोगको क्षेत्राधिकारभन्दा बाहिर हुन्छ। त्यसैले हामीले क्षेत्राधिकार फराकिलो पार्न विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पठाएका छौं। यसमा तपाईंहरुको पनि सहयोग आवश्यक छ।'
उनले ५ वर्षको अवधिका लागि तयार पारिएको रणनीतिमा भ्रष्टाचारको सूचीमा सुधार गर्दै घटाउने योजना बनाएको पनि सुनाए। तर, उनले अन्य संस्थाले भन्दा पनि जनताले नै मापदण्ड तय गर्नुपर्ने धारणा राखे। कार्कीले साना कर्मचारी र टे्रड युनियनमा मात्र आफूहरु लक्षित नरहेको स्पष्ट पारेका थिए।
संसदीय समितिलाई नै सुझाव
संसदको सुशासन तथा अनुगमन समितिमा उपस्थित अख्तियार प्रमुख कार्कीले नियमावलीको व्याख्या गर्दै अख्तियारलाई सुशासन समितिसमक्ष राखिएकाले सोही समितिप्रति नै जवाफदेही हुने स्पष्ट पारे।
कृषि तथा जलस्रोत समितिले बोलाउँदा उपस्थित नभएका कार्कीले नियमावलीको व्याख्या गर्दै भने, 'अख्तियार पहिले राज्यव्यवस्था समितिअन्तर्गत थियो। अहिले सुशासन समितिअन्तर्गत छ। त्यसैले हामी यो समितिसँग सहकार्य गरेर अघि बढ्न तयार छौं। तर, कार्यक्षेत्रका बारेमा धेरै विवाद उठाइयो। यसमा म मौन बसेको थिएँ। विभिन्न मन्त्रालय र संवैधानिक निकायको पनि बाँडफाँट गरिएको छ। कि सबै समितिमा सबै मान्छे उपस्थित हुनुपर्छ भनिएको भए हुन्थ्यो।'
उनले नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई मात्रै भएको बताउँदै तर संविधानविद्, विज्ञ र पत्रकारले पनि आ–आफ्नै ढंगले टिकाटिप्पणी गरेको धारणा राखे। 'कार्यक्षेत्रका बारेमा धेरै विवाद उठाइएको छ,' कार्कीले भने, 'मैले लिखित रुपमा मात्र पेस गरेको हुँ। टिकाटिप्पणी गरेको थिइनँ। उपयुक्त समयको प्रतीक्षामा थिएँ। आज प्राप्त भएको छ। नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखबाहेक कसैलाई छैन। संविधानविद र पत्रकारले आ–आफ्नो तरिकाले व्याख्या गरेका छन्।'
समितिका सभापति शेरधन राईले भने बैठकको अन्त्यमा कार्कीलाई सबै समितिसँग सम्बन्ध सुधार गर्न सुझाव दिएका थिए। 'समितिबीचमा देखिएका विवाद हामीले सभामुखसँग छलफल गरेर निर्णयमा पुग्छौं,' राईले भने, 'नियमावलीको विषयमा पनि अख्तियार प्रमुखज्यूले धेरै प्रवेश नगर्दा नै राम्रो हुन्छ।'
उनले क्रियाको प्रतिक्रिया राम्रो नहुने भएकाले सबै समितिसँगको सम्बन्ध राम्रो र सुमधुर बनाउन सुझाव दिए।
चौमासिक विवरण बुझाउन निर्देशन
सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चौमासिक विवरण समितिमा बुझाउन निर्देशन दिएको छ। 'स्वतन्त्र संवैधानिक अंगको हैसियतका कारण अख्तियार कोहीप्रति जवाफदेही छैन, जे गर्दा पनि हुन्छ भन्ने होइन,' समितिको निर्णय सुनाउँदै सभापति राईले भने, 'यो समितिप्रति जवाफदेही भएर सम्पूर्ण विवरण र काम–कारबाहीको जानकारी प्रतिवेदनमार्फत चौमासिक रुपमा समितिलाई बुझाउन निर्देशन दिएका छौं।'
उनले अख्तियारलाई देखिएका समस्या र समाधानको उपायसहितको प्रतिवेदन एक महिनाभित्र समितिमा पेश गर्न निर्देशन दिएको बताए। त्यसैगरी समितिले राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन अवस्थामा रहेको हुँदा अनुसन्धान गर्दा काममा बाधा नपुग्नेगरी गर्न अख्तियारलाई सुझाव दिएको छ।
समितिले अख्तियारलाई तुरुन्त पूर्णता दिन सरकारसँग आग्रह पनि गरेको छ भने अख्तियारले पेस गरेको संशोधित ऐन जस्ताको त्यस्तै समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
नीतिगत रुपमा मन्त्रालयले गर्नुपर्ने काम मन्त्रिपरिषदमा लगेर निर्णय गराउने परिपाटीलाई सच्याउन समितिले प्रधानमन्त्री र सरकारका वरिष्ठ अधिकारीसँग छलफल गर्ने निर्णय पनि गरेको छ।
चमेलियाका सम्बन्धमा छानबिन हुने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चमेलिया जलविद्युत आयोजनामा भएको भ्रष्टाचारका सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान गर्ने बताएको छ। प्रमुख आयुक्त कार्कीले सुशासन तथा अनुगमन समितिको बैठकमा संसदको लेखा समितिले गरेको निर्णयको पत्र प्राप्त भइनसकेको बताउँदै तथ्य र यथार्थलाई अध्ययन गरेर छानबिन थालिने बताए। 'गम्भीरतापूर्वक र प्राथमिकताका साथ हामी अघि बढ्छौं,' उनले भने, 'तथ्य र यथार्थ अध्ययन गरेर छानबिन हुनेछ।'
संसदको लेखा समितिले आयोजनाका लागि थप रकम स्वीकृत गर्दा भ्रष्टाचार भएको ठहर गर्दै कारबाहीका लागि अख्तियारलाई निर्देशन दिएको थियो।