प्रस्तावसहित प्रतिवेदन संविधानसभामा
१९ मंसिर २०७१
•
११ मिनेट पाठ
प्रस्तावसहित प्रतिवेदन संविधानसभामा
काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले कांग्रेस–एमालेको सात प्रदेश अवधारणासहित समितिमा प्राप्त सबै अवधारणा र मत समावेश गर्दै संविधानसभालाई शुक्रबार प्रतिवेदन बुझाएका छन्।उक्त प्रतिवेदन 'छलफल र प्रक्रियाका लागि नभई संविधानसभालाई जानकारीका लागि मात्र पठाएको' सभापति भट्टराईले त्यसैमा प्रस्टसँग उल्लेख गरेका छन्। 
'समितिमा विभिन्न राजनीतिक दल र सदस्यहरुबाट प्रस्तुत गरिएका अवधारणा र मतहरु सभाको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ,' संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हस्तान्तरण गरिएको प्रतिवेदनको निष्कर्ष खण्डमा उनले लेखेका छन्, 'उक्त अवधारणा र मतहरु संविधानसभाको पूर्ण बैठकसमक्ष छलफल र निर्णयका निमित्त प्रस्ताव नभएको व्यहोरा प्रस्तोता दल र सदस्यहरुबाट छलफलका क्रममा प्रस्ट पारिएको बेहोरासमेत जानकारी गराइएको छ।'
कांग्रेस र एमाले नेताले भने संविधानसभालाई समितिले निर्देश गर्न नसक्ने बताउँदै उक्त प्रतिवेदन प्रक्रियामा अघि बढ्ने बताएका छन्।
'संविधानसभामा प्रतिवेदन पेस भइसकेपछि छलफल गर्ने कि नगर्ने भन्ने अधिकार संविधानसभालाई नै हुन्छ,' कांग्रेस नेता राधेश्याम अधिकारीले नागरिकसँग भने, 'यसलाई समितिले निर्देश गर्न मिल्दैन।'
प्रतिवेदनमा विभिन्न चरणका औपचारिक एवं अनौपचारिक बैठकहरुमा देखिएका असहमतिलाई सहमतिमै टुंग्याउने प्रयास सकारात्मक रुपमा अन्तिम चरणमा पुगेको भए पनि अझै सहमति नभइसकेको र समितिमा थप छलफलको आवश्यकता रहेकाले सभाको निर्देशनबमोजिम प्रश्नावलीसहितको प्रतिवेदन तयार हुन नसकेको उल्लेख गरिएको छ। 
संविधानसभाले कात्तिक ४ गते संविधानका विवादित विषयमा सहमति कायम गरी पठाउन र सहमति कायम हुन नसके प्रश्नावली बनाएर पठाउन कात्तिक १५ गतेसम्मको समय दिएको थियो।
उक्त समयमा समितिमा कुनै विषयमा सहमति कायम हुन नसकेको र प्रक्रिया तथा प्रश्नावलीमा पनि सहमति कायम हुन सकेन।
सहमति कायम हुन नसकेपछि कांग्रेस/एमालेसहित केही साना दलले साझा धारणा समितिमा लिखित रुपमा पेस गरेपछि विवाद चर्किएको थियो।
लिखित धारणा संविधानसभामा पठाउन मिल्ने कि नमिल्ने भन्ने लामो विवाद चर्किएको थियो। कांग्रेस/एमालेसहित दलका नेताले दुई तिहाइ बहुमतको प्रस्ताव संविधानसभामा लगेर छलफल गराउनुपर्ने बताएका थिए भने एमाओवादीसहित मधेसवादी दलका नेताले भने संविधानसभामा सकेसम्म नलैजाने लगे पनि प्रतिवेदनको अनुसूचीमा राखेर लैजानुपर्ने अडान राखेपछि एक महिनादेखि प्रतिवेदन कसरी पठाउने भन्ने विवाद थियो।
बुधबार प्रमुख दलका शीर्ष नेता र संवाद समितिले सभापतिलाई प्रतिवेदन पठाउने स्वविवेकीय अधिकार दिएपछि शुक्रबार सभापति भट्टराईले संविधानसभाका अध्यक्ष नेम्वाङलाई प्रतिवेदन बुझाएका हुन्।
'प्रतिवेदन पठाउन मलाई स्वविवेकीय अधिकार दिइए पनि मेरो निजी स्वविवेकीय अधिकारको कुरा हुँदैन, सामूहिक विवेक नै प्रयोग गर्नुपर्छ,' भट्टराईले प्रतिवेदन बुझाउँदै भने, 'त्यसैले मैले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन पनि सहज हुन्छ भन्ने ढंगले सभाध्यक्ष, प्रमुख दलका नेतासँग परामर्श गरेँ र दुइटा पक्षका सरोकारलाई केन्द्रमा राखेर बीचको बाटोबाट नै पठाउन उपयुक्त लागेर मैले प्रतिवेदन निर्माण गरेको छु।'
भट्टराईले समितिमा प्राप्त विभिन्न अवधारणा र मत जस्ताको त्यस्तै पठाउनु उपयुक्त हुने देखेपछि पठाइएको स्पष्ट पारेका थिए। यसले दलहरुबीचका आशंका कम गर्ने काम गरेको पनि उनले उल्लेख गरे। 
प्रतिवेदन संविधानसभामा पठाए पनि मुख्य कुरा संविधानका अन्तर्वस्तुमा सहमति निर्माण गर्न अझै बा“की रहेको उल्लेख गर्दै भट्टराईले दलहरुबीच सहमति कायम भएरै अघि बढ्नुपर्ने बताए। 
'यो प्रतिवेदनबाट सबै पक्ष सन्तुष्ट भएनछन् भने पनि कमसेकम अहिले दलहरुको कित्ताबन्दीको बीचमा आशंका कम होस् र उहाँहरु आपसमा बसेर सहमति जुटाउने वातावरण बनोस् भन्ने कुरालाई मध्यनजर गर्दै प्रतिवेदन निर्माण गरेको छु,' भट्टराईको भनाइ थियो।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा प्रस्ताव पेस गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा संविधानसभाले नै निर्णय गर्ने बताए।
'समितिका तर्फबाट प्रतिवेदन आएपछि संविधानसभाको बैठकमा राखेर निष्कर्षमा पुग्न मार्गप्रशस्त भएको छ,' नेम्वाङले भने, 'यो सहमतिको प्रतिवेदन पनि होइन। असहमतिका विषयमा प्रश्नावली पनि तयार भएको छैन। सबै विवरण समावेश गर्दै जानकारी प्रतिवेदन मात्र दिएको छ। यसैअनुरुप संविधानसभा अघि बढ्नुपर्ने अवस्था छ।'


मंसिर २३ मा संविधानसभा बैठक 
संविधानसभा अध्यक्ष नेम्वाङले मंसिर २३ गते संविधानसभा बैठक बोलाएका छन्। समितिको प्रतिवेदन बुझ्दै उनले २३ गते मंगलबार बोलाइएको बैठकमा प्रतिवेदन पेस गर्ने जानकारी दिए।
'मंसिर २३ गते ३ बजे संविधानसभा बैठक बस्छ,' नेम्वाङले भने, '२ घन्टामा सहमति कायम गर्छु भन्ने दलहरुलाई त्यसबेलासम्म कतिवटा २ घन्टा हुन्छ, त्यसलाई हेरेर निर्णयमा पुग्नुस्।'
दलका शीर्ष नेताले २ घन्टामै सहमतिमा पुग्ने बताएको स्मरण गर्दै नेम्वाङले भने, 'दलका नेताहरुले माघ ८ मै संविधान जारी गर्छौं भनेर मात्रै हुँदैन, अब व्यवहारले त्यसलाई बोक्न सक्नुपर्छ।'
'फास्ट ट्र्याक' को तयारी 
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले माघ ८ गते नै संविधान जारी गर्न फास्ट ट्र्याकको विधि अपनाउन सकिने सुझाउँदै गृहकार्य गरिरहेको बताए।
'माघ ८ मै संविधान जारी गर्नुपर्छ,' नेम्वाङले भने, 'कार्यतालिकाअनुसार समयसीमा हेर्ने हो भने पल्लोछेउमा पुगिसक्यो। मंसिर २३ गतेभित्रै सहमति कायम भए पनि कार्यतालिकाअनुसार अघि बढ्ने हो भने २०७२ वैशाख २ गतेसम्मको समय लाग्छ। तर त्यो समयलाई पुरताल गरेर नियम निलम्बन गर्दै माघ ८ मै संविधान जारी गर्न सकिन्छ।'
त्यसका लागि संविधानसभा सचिवालयले २४ सै घन्टा काम गर्नुपर्ने नेम्वाङले औंल्याए। संवाद समितिले सहमति गरी सभामा पेस गर्ने समय मंसिर २६ गतेसम्म राखिएको छ। सभामा छलफल गरी मंसिर २९ गतेसम्म मस्यौदा समितिमा पठाउने, पुस ८ गतेसम्म मस्यौदा समितिले संविधानको पूर्ण मस्यौदा तयार गरी सभामा पेस गर्ने, सभाको पूर्ण बैठकमा ३ दिन छलफल गर्ने गरी फास्ट ट्र्याकको तयारी गरिएको छ।
जनताको प्रतिक्रियाका लागि राजपत्रमा प्रकाशित गर्ने, पुस २० देखि २४ गतेसम्म जनताको राय सुझाव संकलन गर्ने, मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक मस्यौदा तयार गरी सभामा पेस गर्ने समय पुस २७ देखि ३० सम्म छुट्ट्याइएको छ।
संविधानको विधेयकमा संशोधन म्याद माघ १ देखि ३ गतेसम्म राख्ने, माघ ५ देखि ७ गतेसम्म दफावार छलफल, पारित र अध्यक्षबाट प्रमाणीकरण गरी माघ ८ गते राष्ट्रपतिबाट संविधान जारी भएको घोषणा गर्ने गरी फास्ट ट्र्याकको विधि अपनाइनेछ।
यसका लागि मंसिर २६ अघि नै संविधानका अन्तर्वस्तुमा दलहरुबीच सहमति भइसक्नुपर्ने नेम्वाङको भनाइ छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस