प्रतिवेदनपछि झन् अन्योल
२० मंसिर २०७१
•
१३ मिनेट पाठ
प्रतिवेदनपछि झन् अन्योल
काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा 'प्रस्तुत गरिएका अवधारणा र मतहरु संविधानसभाको पूर्ण बैठकसमक्ष छलफल र निर्णयनिम्ति प्रस्ताव नभएको' बेहोरा उल्लेख गर्दै प्रतिवेदन बुझाएपछि संविधान निर्माणको अबको बाटोबारे झन् अन्योल बढेको छ।संविधान निर्माण प्रक्रिया अघि बढाउन संविधानका अन्तर्वस्तु वा नियमावली संशोधनमध्ये एकमा सहमति कायम गर्नुपर्ने बाध्यता छ। 
'अहिलेको विद्यमान कानुनी आधार हेर्ने हो भने दलहरूबीच संविधानका अन्तर्वस्तु वा नियमावली संशोधनमध्ये एकमा सहमति कायम गर्नैपर्ने हुन्छ,' संविधानसभा सचिवालय उच्चस्रोतले भन्यो। 
दलहरुबीच यी दुई विषयमध्ये कुनै एकमा सहमति हुन नसके विषयहरू फेरि संवाद समितिमै फर्काउनुको कुनै विकल्प नभएको स्रोतको भनाइ छ। तर, त्यसका लागि कांग्रेस/एमालेसहित दलहरु तयार छैनन्। बरु दुई तिहाइ बहुमतको प्रस्तावमा छलफल गरेर 'मतदानमार्फत' निर्णयमा पुग्नुपर्ने उनीहरुको तर्क छ। 
संविधानसभाको पूर्ण बैठकमा मतदानका लागि लैजान पनि संवाद समितिले प्रश्नावली बनाएर पेस गर्नुपर्ने संविधानसभा नियमावलीमा व्यवस्था छ। यस हिसाबले कांग्रेस–एमालेले भनेझैं मतदानमा लैजान पनि विषयहरू फेरि एकपटक संवाद समितिमै पठाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनेछ।
यद्यपि, प्रतिवेदन संविधानसभामा छलफल क्रममा रहेको अवस्थामा प्रमुख दलबीच सहमति भए त्यसैअनुसार अघि बढ्न सकिने विकल्प भने छ। 'विभिन्न दलका अवधारणा र मतसहितको संवाद समितिको प्रतिवेदनमाथि अघि बढ्ने विकल्पका विषयमा संविधानसभाभित्र छलफल जारी रहँदा दलहरूबीच अन्तर्वस्तुमा सहमति गर्नु उत्तम उपाय हो,' संवाद समितिले प्रतिवेदन बुझाएपछि देखिएको नयाँ जटिलता निकासबारे सुझाउँदै एक नेताले भने। 
ती नेताका अनुसार संविधानसभामा प्रतिवेदनमाथि छलफल जारी रहँदा दलहरुबीच संविधानका अन्तर्वस्तुमा सहमति कायम गरेर मस्यौदा समितिमा पठाउनु उत्तम विकल्प हो। यसका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि दलका शीर्ष नेताको पटक–पटक ध्यानाकर्षण गराइसकेका छन्। सहमति कायम हुन नसके नियमावलीअनुसार विवादित विषय फेरि संवाद समितिमै पठाउनुपर्नेछ। त्यो पनि सजिलो किन छैन भने, दुई तिहाइ मत त्यसको विपक्षमा छ।
'संवाद समितिले पेस गरेको प्रस्तावको अन्तर्वस्तुमा संविधानसभामा छलफल गर्न सकिँदैन,' संविधानसभा उच्चस्रोतले भन्यो, 'छलफल भइहाले पनि त्यसबाट निकास निस्कन्न। त्यसका लागि पहिले नियमावली संशोधन गर्नुपर्छ। संविधानसभामा यस्तो प्रस्ताव आएको छ, अब के गर्ने भन्ने विषयमा मात्र छलफल हुन्छ।' संवाद समितिले प्रश्नावली तयार पारेर दिएमात्र संविधानसभाले निर्णय गर्न सक्ने स्रोतको तर्क छ।
'संवाद समितिले प्रश्नावली पनि दिएको छैन, विषयमा सहमति पनि भएको छैन भने कसरी प्रक्रियामा जाने?,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'संविधानसभामा अब सहमति कायम गर्न र निकासका लागि के गर्ने भन्ने विषयमा मात्र छलफल हुन्छ।' 
संवाद समितिमा फर्काउन नमाने अर्को सानो आकारको संवाद समिति बनाउन नियमावली परिवर्तन गर्नुपर्ने संविधानसभा सचिवालयस्रोतको भनाइ छ।
'यसका लागि पनि पहिले प्रमुख दलबीच नै सहमति हुनुपर्छ,' स्रोतले भन्यो, 'दुई तिहाइको प्रस्ताव सिधै निर्णयार्थ पेस गर्नै मिल्दैन।' अर्को विकल्प संवाद समितिमा रहेका सबैजसो सदस्यहरुलाई अर्को समितिमा पठाएर नयाँ अनुहार ल्याई संविधानका अन्तर्वस्तुमा सहमति कायम गराउन सकिने स्रोतको भनाइ छ।
संवाद समितिमै विषयहरु फर्काएर सानो उपसमिति बनाई सहमति कायम गर्न सकिने अर्काे विकल्प भएको पनि नेताहरुको तर्क छ। 'कुनै पनि विकल्पमा सहमति कायम हुन सकेन भने संवाद समितिले सभामुखलाई स्वविवेकीय अधिकार प्रयोग गरी चित्तबु‰दो प्रस्ताव ल्याउन जिम्मा दिन सक्छ,' उनले भने।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने 'दुई घन्टामा सहमति कायम गर्छु' भन्ने नेताहरुलाई मंसिर २३ गतेसम्म प्रशस्तै समय लिएर भए पनि सहमति कायम गर्न आग्रह गरेका छन्। 'सबै दलका शीर्ष नेताले दुई घन्टामा सहमति गर्छौं भन्नुभएकाले मैले उहाँहरुलाई त्यही भनाइतर्फ ध्यानाकर्षण गराइरहेको छु,' नेम्वाङले भने, '२३ गते ३ बजेसम्म थुप्रै २ घन्टा छन्। यो समयभित्र सहमति कायम गरे हामीले सजिलै माघ ८ मा संविधान जारी गर्न सक्छौं।'
संविधानविद भीमार्जुन आचार्यले संविधानसभा अध्यक्षले नियमावलीको व्याख्या गर्दै छलफलपछि विषयवस्तुलाई सिधै मस्यौदा समितिमा पठाउनुपर्ने तर्क गरे। 'संविधानसभामा कुनै पनि प्रस्ताव छलफल गर्न सकिँदैन भन्ने अधिकार कसैलाई पनि छैन,' आचार्यले नागरिकसँग भने, 'संविधानसभा अध्यक्षले प्रस्तावकै रुपमा छलफल अघि बढाएर सिधै यस्तो मस्यौदा बनाऊ भनी संविधानसभाको बैठकले मस्यौदा समितिमा पठाउन सक्छ। संविधानसभा सबैभन्दा माथि छ।'
आचार्यले दुई तिहाइ बहुमतले गरेको प्रस्ताव छलफल गराउन मिल्दैन भन्न नहुने धारणासमेत राखे। 'संविधानसभामा पेस भएका सबै विषय संविधानसभाकै सम्पत्ति मानिन्छ,' उनले भने, 'छलफल र निर्णयमा कुनै बाधा हुँदैन। संविधानसभा अध्यक्षले रुलिङ गरेर छलफल अघि बढाउन सक्नुहुन्छ। समस्या आयो भने नियमावलीको अन्तिम व्याख्या गर्ने अधिकार उहाँलाई नै छ। त्यसको व्याख्या गरेर सिधै मस्यौदा समितिमा पठाउने गरी गाँठो फुकाउनुपर्छ।'
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब संवाद समितिमा विवादित विषयहरु पठाउनुको कुनै औचित्य नहुने तर्क गरे। 'सबै दलले एक वर्षमा संविधान जारी गर्छाैं भनेका छन्,' रावलले नागरिकसँग भने, 'संवादमै किन पठाउने? फेरि एक महिना अल्झाउन पठाउने? समयमा संविधान दिन के गर्ने भन्ने विषयमा संविधानसभाले सोचेर निर्णयमा पुग्नुपर्छ।'
रावलले संविधानसभाले सबै विषयमा छलफल गर्न सक्ने धारणा राखे। 'संवाद समितिको प्रतिवेदनमा छलफल र निर्णय गर्न नपाइने भनेर जुन शब्द प्रयोग भएको छ, त्यो सार्वभौम संविधानसभाको हक र अधिकारलाई अंकुश लगाउने प्रयास मात्रै हो,' रावलले भने, 'छलफल हुनै सक्दैन भनेर कसैले भन्नै सक्दैन।'
संविधानविद एवं अघिल्लो संविधानसभामा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको भनाइमा अबका दिनमा दलहरुबीच बढी विवादित विषयमा एक किसिमको सहमति कायम गर्ने र कम विवादित विषय मतदानमा लगेर भए पनि टुंगो लगाउनु उपयुक्त हुन्छ। 
'एकदिन मतदान नगरी हुँदैन भने अहिले जुटेको सहमतिभन्दा बढी सहमति जुटाएर मतदानमा जानु नै उत्तम हुन्छ,' आचार्यले नागरिकसँग भने, 'त्यो सहमति गर्न नसके यताबाट उता लगेर कुनै फाइदा छैन। अन्ततोगत्वा संविधानसभाले नै कुनै एउटा सानो समिति बनाएर विवादित विषयमा सहमति कायम गरेर पेस गर्ने गरी निर्णय गर्न सक्छ।'
आचार्यले स्वविवेकीय अधिकार नै खतरनाक रहेको उल्लेख गर्दै त्यसो हो भने संविधानसभा अध्यक्षलाई पनि अवधारणा तयार पारेर ल्याउन भन्न सकिने पनि तर्क गरे। 'स्वविकेकीय अधिकार नै खतरनाक हो,' आचार्यले भने, 'यसले त संविधानसभा अध्यक्षलाई पनि अवधारणा तयार पारेर ल्याउन भन्न सकिने नजिर स्थापित गर्छ।'
उनले संवाद समितिका सभापतिले हुँदै नभएको अधिकार प्रयोग गरेको बताए। 'कात्तिक १६ को मिति राखेर सभापतिले मंसिर १९ गते प्रतिवेदन दिने अधिकार कहाँ छ?,' उनले भने, 'सभापतिले अध्यक्षलाई यस्तो कुरा आएको छ भन्न सक्छन् तर समितिका सदस्यले छलफल र निर्णय गर्न नसकिने कुरा बताए भन्ने खालको प्रतिवेदन दिन मिल्दैन। त्यसो भए समितिमा संविधानसभाले नै निर्णय गर्नुपर्छ भन्ने कुरा आएको थिएन त? यसको ख्याल गरिएको छैन।'
पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले संवाद समितिमा अब फेरि विवादित विषय पठाउनुको कुनै औचित्य नहुने धारणा राखे। 'संवाद समितिमै फेरि विवादित विषय पठाउनुको औचित्य छैन,' प्रधानले भने, 'त्यहाँ पठाउँदा कांग्रेस/एमालेले त्यहीँ भाँजो हाल्छन्। त्यसकारण संख्याको बलमा नभई सहमतिका आधारमा दलहरुले नै निकास निकाल्नुपर्छ।'
त्यसका लागि संविधानसभाले छुट्टै समिति बनाउन सक्ने उनको तर्क छ। 'राजनीतिक सहमति भए बाटो खुल्छ, नभए संख्याका आधारमा संविधान पेलेर बनाउन खोजिए जनताले त्यसको स्वामित्व लिन सक्दैनन्,' उनले नागरिकसँग भने।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस