काठमाडौं- विवादका कारण एक महिना स्थगित भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारबाट सुरु हुँदैछ। संविधान निर्माण र आन्तरिक व्यवस्थाका लागि थप गृहकार्य आवश्यक भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले एक महिना समय माग गरेपछि बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित भएको थियो।
विवादका कारण महाधिवेशन भएको पाँच महिना नाघिसक्दा पनि कार्यविभाजन, पोलिटब्युरो र स्थायी कमिटी गठनजस्ता पार्टी सञ्चालनका लागि आवश्यक महत्वपूर्ण काम हुन सकेको छैन। थप गरिएको समयमा पनि गृहकार्य नभएको भन्दै माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएको छ।
'महत्वपूर्ण विषयमा कुनै छलफल भएको छैन, पछिल्लो पाँच महिनामा अध्यक्षले पार्टी संगठनलाई राम्रोसँग चलाउने क्षमता देखाउन सक्नुभएन,' उपमहासचिव घनश्याम भुसालले भने, 'पाँच महिनादेखि पार्टी केन्द्रीय कमिटी कामविहीन अवस्थामा बसेको छ।' कार्यविभाजन, पोलिटब्युरो र स्थायी कमिटीको गठनजस्ता विषयमा केन्द्रीय कमिटीमा गरेको प्रतिबद्धताअनुसार अध्यक्ष ओली अघि नबढेको उनले बताए।
कार्यविभाजन जस्तो विषयमा भागबण्डा गर्न नहुने ओली पक्षको तर्क छ। 'जिम्मेवारी दिने विषय व्यक्तिको योग्यता र क्षमताअनुसार हुन्छ, त्यसमा भागबण्डा हुँदैन,' सचिव पृथ्वीसुब्बा गुरुङले भने, 'यस विषयमा भोलि (आइतबार) बस्ने पदाधिकारी बैठकमा छलफल हुन्छ।'
भुसालले विशाल सम्भावना बोकेको पार्टीलाई मन्त्री फेर्ने र आफूले चाहेको मानिसलाई सांसद बनाउनेजस्ता खुद्रा–मसिना कुरामा सीमित बनाइएको बताए।
अध्यक्ष ओलीले आइतबार बिहान आफ्नै निवास बालकोटमा बैठक बोलाएका छन्। तर, पार्टी कार्यालय छाडेर घरमा बैठक राखेको भन्दै नेपाल पक्षले बैठक बाहिस्कार गर्ने संकेत दिएको छ। असारमा भएको महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका दुवै पक्षबीच त्यसयता सहमति बन्न सकेको छैन।
कात्तिक १४ गतेको बैठकमा अध्यक्षले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाउँदै नेता नेपालले ध्यानाकर्षण पत्र प्रस्तुत गरेका थिए। त्यसपछि कात्तिक १८ र २२ गते केही समयका लागि बैठक बसे पनि एक महिनाका लागि स्थगित गरिएको थियो।
ओली पक्षले भने नेपालले सबै विषयमा भाँजो हाल्ने र कार्य विभाजनामा भागबण्डा गरी स्थायी गुट चलाउन खोजेको आरोप लगाउँदै आएको छ।