काठमाडौं- सवारी दुर्घटनामा परी बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत बाग्लुङ १ का सभासद हरिबहादुर खड्काको आइतबार राति ८:२० मानिधनभएको छ।
बाग्लुङको बलेवा पैयुँपाटा क्याम्पसको कार्यक्रममासहभागीहुनजाने क्रममाबुधबार भएको जिप दुर्घटनामा उनी घाइते भएकाथिए। बुधबार साँझै न्युरोमाउनको मस्तिष्कको शल्यक्रियागरिएको थियो।
उपचारमा संलग्नचिकित्सककाअनुसार शल्यक्रियापछि पनिमस्तिष्कमा सुधारको संकेत देखिएको थिएन। उनको रक्तचाप र मुटुको गति सामान्य नै भएपनिमस्तिष्कमाकुनै सुधार आउन सकेको थिएन।
चिकित्सकले अस्पताल ल्याइपुर्यासउन ढिलो भएकाले उपचारबाट अपेक्षाकृत सुधार ल्याउननसकेको बताएका छन्। बिहान ११ बजे दुर्घटना भएपनि हेलिकप्टरबाट काठमाडौं ल्याइपुर्या उँदाकरिब ४ बजेको र शल्यक्रियागर्दा ६ बजिसकेको थियो।
बागलुङ बजारबाट बलेवा, पैयुँपाटा जाँदै गरेको बाग्लुङ नगरपालिकाको गाडी भकुण्डे–९, गलुवामाहिलाम्मे कच्ची सडकमा गाडी उकालो चढ्न नसकेपछि ब्याकहुँदा दुर्घटना भएको थियो। गाडीले च्यापिएका खड्कालाईस्काभेटर प्रयोग गरेर निकालिएको थियो। दुर्घटनामा नेपालीकांग्रेसकाजिल्ला सदस्य हरिदत्तआचार्य, पार्वतीआचार्य, कल्पना पाठक र चालक रेस गाविसकाकमलकार्की सामान्य घाइते भएकाथिए।
दुर्घटनाको आधा घन्टापछि उद्धार गरी बाग्लुङ अस्पताल पुर्यारइएका खड्कालाई त्यहाँकाचिकित्सकले तत्काल काठमाडौं लान सुझाएकाथिए। उद्धारकाक्रममै बेहोस अवस्थामा रहेका खड्काको अवस्था अस्पताल पुर्या्उँदानिकै गम्भीर भइसकेको चिकित्सकले बताएकाथिए।'घटनास्थलबाट अस्पतालल्याउँदा टाउकोको टेम्प्रोपलबोन्ड भाँचिएर रगतजमेको थियो,' धौलागिरि अञ्चल अस्पताल, बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा.तरुण पौडेलले भने, 'कान र युरिनमा समेत समस्या देखिएको थियो।'
नेपालीकांग्रेस बागलुङका सचिवसमेत रहेका खड्का बलेवा पैयुँपाटा बहुमुखीक्याम्पसले आयोजना गरेको तथाप्रधानमन्त्री सुशीलकोइरालाले उद्घाटन गर्ने धनधान्याञ्चलकार्यक्रममा सहभागीहुन बलेवाजाँदै थिए।
सोहीकार्यक्रममाभागलिनपुगेकाप्रधानमन्त्रीकोइराला चढेको हेलिकप्टर पनिबाग्लुङमै रहेकाले स्थानीयकार्यकर्ताको आग्रहमाप्रधानमन्त्रीकै हेलिकप्टरमा खड्कालाई पोखरा ल्याइएको थियो। घाइते खड्कालाई करिब डेढ घन्टा पोखरा एयरपोर्टमै राखेर नेपाली सेनाको स्काइ ट्रकमार्फत राजधानील्याइएको थियो।
बाग्लुङ शोकमा
खड्काको निधनले बाग्लुङ शोकमा डुबेको छ। जिल्लामा कार्यकर्तामाझ लोकप्रिय निष्ठावान नेता गुमाउँदा जिल्लावासी मर्माहत भएका छन्। असल नेता गुमाउँदा पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस बाग्लुङका सभापतिसमेत रहेका सभासद प्रकाश शर्मा पौडेलले बताए। 'पार्टीको सांगठनिकसँगै सामाजिक काममा खट्ने एक धरोहर गुमाउँदा पीडा भएको छ,' पौडेलले भने, 'यो घटनाले सिंगो जिल्लामा अपुरणीय क्षति पुगेको छ।'
खड्का पञ्चायतकालमा कालिका गाउँ पञ्चायतमा उपप्रधान पञ्च भएकाथिए। नेपाल तरुण दल बाग्लुङका संस्थापक अध्यक्ष उनी कांग्रेसको नगर, जिल्ला, महाधिवेशन प्रतिनिधि हुँदै पार्टी सचिव भएका थिए। पार्टी विभाजनमा नेपाली कांग्रेस प्रजातान्त्रिकमा गएका उनी पार्टी एकीकरण नहुँदै संस्थापनमा फर्किएका थिए।
आर्थिक मामिलामा पनि खड्काले निकै स्वच्छ छवि बनाएकाथिए। बाग्लुङ बजारमा प्रसस्त पुर्ख्यौली सम्पत्ति भएका उनले कार्यकर्ताको अप्ठ्यारोमा सधैं सघाउने गरेका थिए। जिल्ला विकास समिति, नगरपालिकालगायत सर्वदलीय संयन्त्रमा दलकातर्फबाट सहभागी हुँदा उनले कहिल्यै सुविधा लिएनन्। 'सरकारी तथा गैरसरकारी क्षेत्रका कार्यक्रममा सहभागी हुँदा कहिल्यै भत्ता पनि लिनुभएन,' नेपाली कांग्रेसका नगर सभापति महेन्द्र आचार्यले भने, 'जनताका धरोहर गुमाउनुपर्यो ।' सामाजिक काममा पनि उनी निकै अग्रसर थिए।
आफ्नो पार्टीमात्र नभएर अन्य राजनीतिक दलसँग पनि उत्तिकै सम्बन्ध राख्ने खड्का जनताका काम भनेपछि हुरुक्कै हुन्थे। 'जनताको काम गर्ने भनेपछि हुरुक्क हुनुहुन्थ्यो,' महिला नेतृ सकुन्तला शर्माले भनिन्, 'बाग्लुङले एक अभिभावक गुमाएको छ।'
असल राजनीतिक चरित्रले खड्का जिल्लामा छिटो स्थापित भएको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए। 'उनले इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए,' राजभण्डारीले भने, 'निधनले कांग्रेस पार्टीलाई मात्रनभएर जिल्लालाई नै क्षति पुगेको छ।'
निधन हुनुपूर्व आइतबार साँझ हजारौंको संख्यामा उपस्थित भएर बाग्लुङ बजारबासीले दीपप्रज्वलन गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। दुर्घटनाको खबरसँगै जिल्लाका अधिकांश गाविस तथा विभिन्न शक्तिपीठमा स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा गरेकाथिए।