काठमाडौं–तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले विघटन गरेको 'द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल' वर्तमान सरकारले पुर्नगठन गरेको छ। दुई साता अघि बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल पुर्नगठन गर्ने निर्णय गरेको हो।
तत्कालीन माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएपछि पहिलो पटक द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन गर्न सरकारले कार्यदल गठन गरेको थियो। कार्यदलले किर्ते नाम सिफारिस गरेको भन्दै रेग्मी नेतृत्वको सरकारले ०७० साउनमा कार्यदलको म्याद थप नगरेपछि विघटन भएको थियो।
एमालेले आफ्नो भागमा परेको भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक ७३ जिल्लामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर कार्यकर्ता भर्ती गरेको भन्दै कांग्रेसको भागमा परेको शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तर्गतको कार्यदल ब्यूँताइएको स्रोतले बतायो। शान्ति तथा पुर्ननिर्माण मन्त्री नरहरि आचार्यको सिफासिरमा मन्त्रालयले गत कात्तिक १७ गते कार्यदल पुर्नगठनको प्रस्ताव अर्थमन्त्रालयमा पठाएको थियो । अर्थले बजेट निकासा गर्ने आश्वासन दिएपछि सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको थियो। दुई साता अघि बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल पुर्नठन गर्ने निर्णय गरेको थियो ।
विगतमा कार्यदलले बुझाएको प्रतिवेदनमा किर्ते मृतक तथा बेपत्ताको नाम समावेश भएको भन्दै मुख्य सचिव लिलामणि पौडेलको सुझावमा तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी सरकारले कार्यदलको म्याद थप गर्न अस्विकार गरेको थियो ।
कार्यदलले दिएको ३४ औं रिपोर्टसम्म आइपुग्दा ५ हजार ४८ जना किर्ते मृतक तथा बेपत्ता गरेर बद्नामी कमाएको भन्दै रेग्मी नेतृत्वको सरकारले कार्यदल विघटन गरेको थियो। कार्यदलले सशस्त्र द्वन्द्वकम १९ हजार ३ सय ९८ मृतक तथा बेपत्ता भएको सार्वजनिक गरेको थियो। ती मध्ये १४ हजार ३ सय ५० ले मात्र राहत बुझेका छन्। बाँकी रहेका पाँच हजार ९८ जना अहिलेसम्म पनि राहत बुझ्न आएका छैनन्। शान्ति मन्त्रालय स्रोतका अनुसार कार्यदलले रोल्पा जिल्लामा एक जनाको नाम पाँच पटकसम्म सिफारिस गरेको छ। कार्यदलले १७ हजार ८ सय ७१ मृतक तथा ५ हजार ९८ जनलाई बेपत्ताको सुचिमा राखेको थियो ।
कार्यदलका पहिलो संयोजक पूर्व गुहसचिव श्रीकान्त रेग्मीले कार्यदलले निष्पक्ष काम गर्न नसकेको भन्दै बीचमा नै राजीनामा दिएका थिए। कांग्रेसको कोटाबाट संयोजक बनेका रेग्मीले राजीनामा दिएपछि एमालेबाट गोविन्दप्रसाद पाण्डे र मोति पौडेल तथा एमाओवादीबाट दिपेन्द्रकुमार पुन मगर संयोजक भएका थिए। पाँचौं पटक सरकारले पुनः कार्यदल गठन गरेपछि संयोजक बन्न दौडधुप सुरु भएको स्रोतको दाबी छ।