एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने
१५ पौष २०७८
•
२ मिनेट पाठ
एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने
एमसिसी सम्झौता संसद्बाट पारित नगर्न चेतावनीसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले संघीय सांसदहरूलाई खबरदारी गर्ने भएको छ। पार्टीले पुस १६ गते शुक्रबार राजधानीका विभिन्न तीन स्थानबाट जुलुस प्रदर्शन गरी संसद् भवन नयाँ बानेश्वरका तीन नाकामा विरोधसभा गर्ने भएको छ।




दिनको १ बजे काठमाडौंको बानेश्वर (रत्नराज्य मावि), कोटेश्वर तीनकुने र माइतीघरबाट अलगअलग जुलुस निकालिने पार्टीले जनाएको छ। ती तीनवटै जुलुस संसद् भवन नयाँं बानेश्वरका तीन नाकामा पुगेर छुटाछुटै विरोधसभा गर्ने पार्टीले जनाएको छ। बानेश्वर (रत्नराज्य मावि) बाट नयाँं वानेश्वर, कोटेश्वर तीनकुनेबाट नयाँ बानेश्वर र माइतीघरबाट नया वानेश्वरको तीन कुनामा सभा हुने जनाइएको छ। वानेश्वरको नेतृत्व पार्टीको केन्द्रीय सदस्य सुनिल प्रजापति, कोटेश्वर तीनकुनेको नेतृत्व पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई र माइतीघरको नेतृत्व पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवालले गर्ने तय गरिएको छ।  

जुलुसको दिन पार्टीका विभिन्न एकाइ, जनवर्गीय एवम् पेशागत संगठनलाई अलगअलग क्षेत्रबाट निकालिने जुलुसमा सहभागी बन्ने जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ। पार्टीले कार्यक्रममा सहभागी हुन अपिलसमेत जारी गरेको छ।  

एमसिसी सम्झौताले देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुर्‍याउने भन्दै पार्टीले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको छ। एमसिसी सम्झौता अमेरिकाको हिन्द–प्रशान्त रणनीतिकै हिस्सा भएको दाबी गर्दै नेपालको असंलग्न परराष्ट्र नीतिको आधारमा पनि सो सम्झौता लागु गर्नु ठीक नभएको पार्टीको धारणा रहेको छ।  

पार्टी र जनवर्गीय संगठनले हालसम्म सातै प्रदेशका जुम्ला, कालीकोट, दैलेख, अछाम, सुर्खेत, बाँके, कैलाली, रूपन्देही, चितवन, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुुर, मोरङ, सुनसरी, झापा, इलाम, उदयपुर, धादिङ, गोरखा, पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, लमजुङ, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, मकवानपुरलगायत जिल्लामा विरोध जुलुस र सभा गरिसकेको जनाएको छ।
अर्को समाचार
एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने
०९ फागुन २०७६
•
१ मिनेट पाठ
एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने
भक्तपुर – नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिले एमसिसीविरुद्ध काठमाडौंमा पदर्शन गर्ने भएको छ। काठमाडौंस्थित रत्नपार्कबाट जुलशसहित अमेरिकी राजदूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ।




पार्टी अध्यक्ष नारायणमान विजुक्छेले बिहीबार भक्तपुरमा भएको एक कार्यक्रममा फागुन १३ मा एमसिसीविरुद्ध प्रदर्शन गरिने जानकारी दिए। उक्त प्रदर्शन कार्यक्रममा सहभागिताका लागि उनले सबैलाई आग्रहसमेत गरे। ‘एमसिसी देश र जनताको हितमा छैन, यसलाई कुनै हालतमा पनि पास गराउनु हुँदैन,’ उनले भने, ‘त्यसैले यसलाई रोक्नका लागि जनताको विरोध आवश्यक छ।’ एमसिसीलाई सत्तारुढ र प्रतिपक्ष सबै मिलेर पाउ गराउने खोजेकाले यसलाई नागरिक तहबाट रोक्नुपर्ने अध्यक्ष विजुक्छेको भनाइ थियो। फरक प्रसंगमा उनले बालुवाटर दलालको घेराबन्दीमा रहेको आरोप लगाए। प्रधानमन्त्रीलाई वालुवाटरभित्रै पुगेर घुस दिन काम चलिरहेको छ,’ उनले भने, वर्तमान सरकार संस्थागत भ्रष्ट्रचारमा सक्रिय भएको प्रमाण प्रत्येक दिन सार्वजनिक भइरहेका छन्।’
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ८ सेकेन्ड अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस