काठमाडौं- गृहमन्त्री बामदेव गौतमले मानव अधिकारवादी संस्थाहरुले सरकारको सामान्य त्रुटीमा पनि अराजकता फैलाउन खोज्ने गरेको आरोप लगाएका छन्। मानव अधिकारवादी संस्थाको दृष्टिकोण सँधै आलोचक हुने गरेको, देश बाहिर गएर सँधै आलोचना मात्रै गर्ने गरेको बताउँदै उनले बरु अन्य देशका मानव अधिकारवादी संस्थाले नेपालको प्रसंसा गर्ने गरेको बताए।अपराध अनुसन्धान दिवसमा प्रमुख अतिथिकोरुपमा पुगेका गौतमले महिला हिंसा नियन्त्रण र मानव अधिकार रक्षाको पाटोमा नेपाल सरकारले गरेको काम र अन्य देशले गरेको कामको तुलनात्मक समिक्षा गर्न मानव अधिकारवादी संस्थालाई आग्रह गरे। 'नेपालको संविधानले नै मृत्युदण्डलाई निषेध गरेको छ भारत, अमेरिका र चीनमा के प्रवधान छ उहाँहरुले हेरे हुन्छ', उनले भने 'राम्रो कामको प्रशंसा गरौं।'
सुन तस्करी नरोकिएकोमा आलोचना
सुन तस्करी नियन्त्रणमा प्रहरी खटिएको देखिए पनि तस्करी नियन्त्रण नभएको भन्दै गौतमले असन्तुष्टि जनाए। सनु तस्करी हुन सक्ने नाका, एयरपोर्टमा प्रहरी तस्करी नियन्त्रणमा खटिएपनि नियन्त्रणमा कमजोरी भएको बताउँदै उनले प्रहरी महानिरिक्षक लगायतका उच्च प्रहरी अधिकारीलाई मञ्चबाटै सुन तस्करी नियन्त्रण हुनुपर्ने निर्देशन दिए। 'बैकमा रहेको सुन विक्री नहुने बजारमा कारोवार पनि नरोकिनुले तस्करी भैरहेको देखिन्छ', गौतमले भने 'कमजोरी सच्च्याएर तस्करी नियन्त्रण गर्न म अहिलेनै निर्देशन दिन्छु।'