मतदान विकल्पमा अझै विमति
२४ मंसिर २०७१
•
११ मिनेट पाठ
मतदान विकल्पमा अझै विमति
काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले बुधबार संविधानसभा बैठकमा संविधानका विवाद, विभिन्न दलबाट आएका धारणा र प्रस्तावसमेत राखेर प्रतिवेदन पेस गरेको छ। समितिका सभापति भट्टराईले पेस गरेको प्रतिवेदनमा सोमबार बस्ने संविधानसभामा छलफल सुरु हुनेछ।भट्टराईले 'विभिन्न राजनीतिक दल र सदस्यहरूबाट प्रस्तुत गरिएका अवधारणा र मत सभाको जानकारीका लागि मात्र पेस गरिएको' तर 'पूर्ण बैठकसमक्ष छलफल र निर्णयका निमित्त नभएको' भन्दै प्रतिवेदन पेस गरे पनि छलफल तय भइसकेको छ।
संविधानसभामा सभासदहरूले छलफल चलिरहँदा विवादित विषयमा प्रमुख दलका शीर्ष नेतावीच सहमति प्रयास पनि जारी रहनेछ। दलहरूबीच यस अवधिमा सहमति भए त्यसैलाई पूर्ण बैठकमा पेस गरी संविधानसभाको प्रक्रिया अघि बढ्नेछ। सहमति नभएको अवस्थामा भने संविधानसभासमक्ष दुई विकल्प हुनेछन् : सहमति प्रयासका लागि फेरि संवाद समितिमा पठाउने वा प्रक्रियामार्फत मतदान प्रक्रियामा अघि बढ्ने। 
सहमति नभएको अवस्थामा कसरी अघि बढ्ने भन्ने नै प्रमुख तीन दलबीचको द्वन्द्वको बिन्दु हो। सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र एमाले संविधानसभामा छलफल चलिरहँदा दलहरूबीच सहमति नभए प्रक्रियामार्फत मतदानमा जानुपर्ने तर्क गर्छन् भने एकीकृत माओवादी सहमति नभएको अवस्थामा फेरि संवाद समितिमा फर्काउनुपर्ने अडानमा छ।
यस हिसाबले संविधानसभा बैठकमा छलफल सकिएपछि के गर्ने भन्नेमा फेरि एकपटक गतिरोध आउने सम्भावना छ। यस्तो अवस्था आए माघ ८ को समयसीमा कट्नेछ। त्यो अवस्थामा संविधान निर्माण प्रक्रियाबाट अघि बढ्न सक्छ। 
संविधानसभामा सोमबारबाट हुने छलफल विवादित विषयहरू सहमतिका लागि संवाद समितिमै पठाउने कि प्रक्रियामार्फत अघि बढ्ने वा अर्को संयन्त्र बनाउने भन्नेमा केन्द्रित हुने नेताहरूले जनाएका छन्। त्यसअघि वा छलफल चलिरहेकै अवस्थामा प्रमुख दलका शीर्ष नेताबीच सहमति कायम भए उपयुक्त निकास हुने संविधानसभा सचिवालय उच्चस्रोतले जनायो। 
'सहमति नभएको अवस्थामा भने प्रक्रियामा जाने कि संवादमा पठाउने वा अर्काे संयन्त्र बनाउने भन्नेमा छलफल हुनेछ, जसले सहमतिको माहोललाई समेत बिगार्न सक्छ,' स्रोतले भन्यो। 
कांग्रेस, एमालेसहित संविधानसभाको दुईतिहाइ मत भने अब संवाद समितिमा विवादित विषय फर्काउन नहुने पक्षमा छ। 'संविधानसभामा छलफल गरेपछि एउटा निष्कर्षमा पुगिन्छ,' कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले नागरिकसँग भने, 'यसबीच प्रतिवेदन के गर्ने भन्ने विषयमा शीर्ष नेताबीच पनि सहमति कायम होला, तर संवाद समितिमा फेरि विवादित विषय फर्काउन गाह्रो छ।' 
भट्टराई नेतृत्वको समिति विवादित विषय टुंगोमा पुर्यावउन असफल रहेको बताउँदै श्रेष्ठले भने, 'बाबुराम भट्टराईले निर्णयमा पुर्याकउन सक्नुभएन, अब पनि केका लागि संवाद समितिमा पठाउने? उहाँले निर्णय गराउन नसक्ने भएपछि त्यहाँ पठाउन सकिन्न। अब संविधानसभाले नै यस विषयमा निर्णय गर्छ।'
एमाले प्रमुख सचेतक अग्नि खरेलको धारणा पनि उस्तै छ। 'अब संवाद समितिमा पठाउनै सकिँदैन। तर के गर्ने भन्ने विषयमा संविधानसभाले नै निर्णय गर्नेछ, त्यसबेलासम्म कार्यव्यवस्था समितिले पनि निर्णय गर्नेछ,' खरेलले भने।
संवाद समितिलाई जति समय दिनुपर्ने हो, त्यति दिइसकेको बताउँदै खरेलले भने, 'समितिले विवाद समाधान गर्न सकेन। फेरि त्यहीँ पठाउनु माघ ८ मा संविधान नबनाउनु हो। त्यसैले पनि विषयवस्तुलाई फेरि संवादमा पठाउनै सकिँदैन।'
एमाओवादी प्रमुख सचेतक गिरीराजमणि पोखरेलले भने संविधानसभामा छलफल गर्दा ठूलो संख्याबाट निकास निस्कन गाह्रो पर्ने बताउँदै त्यसका लागि 'सानो इकाइ संवाद समिति नै भएको र त्यहीँ पठाउनु उपयुक्त भएको' बताए।
'विधि र प्रक्रियाका हिसाबले पनि संवादमै फर्काउनु उपयुक्त हो,' संवाद समितिको सदस्यसमेत रहेका पोखरेलले भने, 'संवाद समितिमा अहिलेसम्म विवादित विषयमा एक–एक गरी छलफल भएकै छैन। अब पठाउँदा विवादित विषयमा व्यवस्थित ढंगले छलफल गरेर निकास दिन सकिन्छ।'
संवादमा पठाउन हुँदैन भनी कांग्रेस–एमाले नेताबाट आएको भनाइ सहमति गर्ने बेला उपयुक्त नभएकोसमेत पोखरेलको जिकिर छ। यस हिसाबले कांग्रेस र एमाले प्रक्रियामार्फत अघि बढ्न चाहेको र एमाओवादीले फेरि संवादमै पठाउने बहानामा संविधान निर्माण प्रक्रिया नै अल्झाउन खोजेको देखिन्छ।
संविधानसभाको पूर्ण बैठकमा प्रतिवेदन पेस गरेपछि सभापति भट्टराईले संविधानसभा सार्वभौम भएकाले आगामी कदमबारे निर्णय गर्न सक्ने धारणा राखे।
'सभापति आफैंको निजी विवेक भन्ने हु“दैन, सभापतिले सामूहिक विवेककै प्रयोग गर्नुपर्छ,' सभापति भट्टराईले भने, 'त्यही आधारमा मैले सबैस“ग परामर्श गरेर प्राप्त भएका अवधारणा र मत समितिमा छलफलका निम्ति प्रस्तावका रूपमा राखिएका हुन् तर सभामै गएर निर्णय गर्ने ढंगले नै प्रस्तुत गरिएको होइन भन्ने कुरा पनि समितिमा व्यक्त भएको हुनाले त्यो कुरा पनि उल्लेख गरेर पठाएको छु। यो सभा नै सार्वभौम सभा हो। यसले सबै आवश्यक निर्णय यहा“ गर्न सक्छ। त्यसैले एकप्रकारले अहिलेको यो प्रतिवेदन विवरणात्मक छ।' 
भट्टराईले सहमतिको सम्भावना पूरै सकिइसकेको अवस्था भने नरहेको धारणा राखे। माघ ८ सबै दलको प्रतिबद्धता भएकाले त्यसभित्रै संविधान जारी हुनुपर्ने उनले बताए। अग्रगामी अन्तर्वस्तुसहितको संविधान बन्नुपर्ने जनाउँदै भट्टराईले संविधानसभामा भने, 'हाम्राबीच अहिले केही असाध्यै खतरनाक विकल्प छन्, सहमति गर्न नसक्दा देश द्वन्द्वमा जाने विनाशकारी विकल्प एकातिर छ भने अर्कातिर त्यो समयमा अलिकति विषयवस्तुका लेनदेनमा लचिलो बनेर अलिकति अप्रिय निर्णय गर्नसक्ने विकल्प छ। हाम्राअगाडि एकदमै भयंकर विनाशकारी द्वन्द्वमा जाने विकल्प छान्ने हो कि बरु अलिकति समयमा, कार्यतालिकामा, विषयवस्तुमा, अन्तर्वस्तुमा लचकता अपनाउने भन्ने अप्रिय दुईवटा विकल्प छन्। यी दुई विकल्पमध्ये विनाशकारी विकल्पभन्दा अप्रिय विकल्प रोज्न नै तयार हुनुपर्छ।'
भट्टराईले नेतृत्वमा रहेर आफू असफल भए पनि शान्ति प्रक्रिया, ३१ दल र संविधानसभा असफल हुन नहुने धारणा राखे। 'समितिको सभापतिका हैसियतमा बेलाबखत मलाई भन्ने गरिन्छ, तपाईं असफल हुनुभयो, तपाईंले सक्नुभएन,' भट्टराईले भने, 'समितिको सभापतिका रूपमा मलाई असफल हुन कुनै पनि आपत्ति छैन। हामीले प्राप्त गरेका उपलब्धि, ३१ वटै दल र दुईजना स्वतन्त्र सदस्य तथा संविधानसभा असफल हुनुहुँदैन।'
भट्टराईले पेस गरेको प्रतिवेदनमा राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली लगायत विषयमा सहमति कायम हुन नसकेको उल्लेख छ। एमाओवादीले भदौ १५ गते पेस गरेको पार्टी अवधारणासहित सत्तारुढ कांग्रेस, एमालेलगायत दलका अवधारणा पनि प्रतिवेदनमा समावेश छ।
कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, बहुजन शक्ति पार्टी, दुई स्वतन्त्र, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल, नेकपा माले, नेपाल परिवार दल, नेपाली जनता दल, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, फोरम नेपाल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, संघीय समाजवादी पार्टी, नेकपा संयुक्त लगायत दलका अवधारणा तथा मत प्रतिवेदनमा समावेश छन्।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस