काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बढ्दै गरेको सवारी दुर्घटना नियन्त्रण गर्न प्रभावकारी रुपमा अगाडि बढ्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। वरिष्ठ प्रहरी सम्मेनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले जति भनेपनि दुर्घटना नियन्त्रण हुन नसकेको भन्दै तल्लो तहसम्म प्रहरी परिचालन गरेर दुर्घटना नियन्त्रण गर्न निर्देशन दिए।'बढी चढेकालाई उतार्नुस्, यसमा प्रहरी कडाइका साथ लाग्नुपर्यो,' प्रधानमन्त्रीको कोइरालाले भने। उनले थोत्रो बस, बढी यात्रु र चालकको लापरबाही र बसवालाको बढी पैसा असुल्ने प्रवृत्तिका कारणले सवारी दुर्घटना बढेको बताउँदै सरकार सवारी दुर्घटनाप्रति गम्भीर भएको बताए।
सोही सम्मलेनमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सवारी नियन्त्रण प्रभवाकारी बनाउने हो भने यस सम्बन्धी नियम कानुनलाई तत्काल संसोधन गरेर समय सापेक्ष बनाउनुपर्ने बताए। उनले सवारी तथा यातायात व्यवस्था ऐन यात्रुमैत्री भन्दा पनि चालक र सवारीधनी मैत्री रहेको भन्दै यसलाई तत्काल परिमार्जन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।
आइजिपी आर्यालले दीर्घकालसम्म सवारी दुर्घटना न्युनीकरण गर्न सडकसम्बन्धी हेर्ने सबै सरोकारवाला निकायहरुको सहभागितामा उच्चस्तरीय अधिकार सम्पन्न प्राधीकरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे।