काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बाहिर जे-जस्तो हल्ला भए पनि समयमै संविधान आउने दाबी गरेका छन्। उनले पत्रपत्रिकामा जे आएपनि त्यतिर नलाग्न सबैलाई आग्रह गरे। 'पत्रपत्रिकामा के के आइराछन्। त्यतातिर नलाग्नुस्। संविधान आउँछ। समयमै संविधान आउनेमा म विश्वस्त छु,' उनले भने।
उनले शान्ति, स्थायित्व, विकास, प्रजातन्त्रलाई सुरक्षा गर्नका निम्ति नयाँ संविधान आवश्यक रहको बताए। उनले चेतना शहरमा मात्र नभइ गाउँमा पनि आएको बताउँदै नयाँ संविधान जरुरी रहेको बताए।
'दलित, जनजाति, मधेसी समुदाय, महिला, पिछडिएका वर्ग सबै आफ्नो हक-अधिकारका लागि सचेत र सजग छन्,' उनले भने, 'उनीहरुको हक-अधिकार सुरक्षित गर्न भए पनि तोकिएको मतिमा संविधान ल्याउन जररी छ।'
उनले माघ ८ मै संविधान आउने बताउँदै कसैलाई शंका नगर्न आग्रह गरे।