काठमाडौं- • व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले डलरमा पिपिए गर्न पाउने कि नपाउने भन्ने विषयमा टोपबहादुर रायमाझीको नेतृत्वमा उपसमिति बनाएर अध्ययन गरिरहेको छ।• संसदकै अर्थ समितिले कावेलीसहित अन्य जलविद्युत आयोजनाका सम्बन्धमा अख्तियारले दिएको निर्देशन कार्यान्वयन नगर्न निर्देशन दियो।
• अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले जलविद्युतमा वैदशिक लगानीका सम्बन्धमा ऊर्जामन्त्रीलाई बोलाएर छलफल गर्योा।
• केही समयअघि मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका सम्बन्धमा सुशासन तथा अनुगमन, राज्यव्यवस्था लगायत समितिमा छलफल गरिए।
• सार्क शिखर सम्मेलन क्रममा त्यसको तयारीबारे पनि संसदका तीन/चारवटा समितिमा छलफल भयो।
यी परिघटना व्यवस्थापिका संसदअन्तर्गत विभिन्न समितिबीच क्षेत्राधिकारको विवाद बढ्दै जाँदा उत्पन्न अवस्थाका केही नमुना मात्र हुन्।
एकले अर्को समितिको कार्यक्षेत्र नाघेको भन्दै अहिले सभामुख सुवास नेम्वाङसमक्ष उजुरीका चाङ लाग्न थालेका छन्। समिति बनाउँदा नै क्षेत्राधिकार प्रस्ट नगरिएका कारण अन्तरविवाद चर्कन थालेको हो।
अर्थ समितिले कावेलीसहित विभिन्न १४ वटा जलविद्युत आयोजनाको लाइसेन्स खारेज सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन नमान्न ठाडै निर्देशन दियो। त्यही विषयमा ऊर्जा मन्त्रालय, खारेजीमा परेका आयोजनाका प्रतिनिधि, अख्तियार, विद्युत विकास विभाग सबैसँग छलफल र गहन अध्ययन गरी निर्देशनको तयारीमा रहेको कृषि तथा जलस्रोत समिति अर्थको काम देखेर नराम्ररी झस्कियो।
जलस्रोत समितिले आफ्नो क्षेत्राधिकार अर्थले मिचेको भन्दै सभामुख नेम्वाङलाई निवेदन दिँदै नियमावलीको स्पष्ट व्याख्या गरी समितिका सभापतिहरुको संयुक्त बैठक डाक्न आग्रह गरेको छ।
सुशासन समितिका सभापति शेरधन राईले सार्वजनिक कार्यक्रममै संसदीय समितिको क्षेत्राधिकार विषयमा विवाद रहेको बताउँदै भनेका थिए, 'तत्काल समितिका सभापति बोलाएर सभामुखले क्षेत्राधिकार स्पष्ट पारिदिनुपर्छ।'
क्षेत्राधिकार विवाद फैलिरहे पनि अहिलेसम्म यसबारे न सभापतिहरुको सामूहिक बैठक बस्यो, न सभामुखले कुनै निर्देशन नै दिएका छन्। नियमावलीमा संसदीय समितिको कार्यक्षेत्र स्पष्टसँग तोकिए पनि आफ्नो विषयसँग जोडिने भन्दै एक समितिले अर्को समितिको क्षेत्राधिकार नजानिँदो ढंगले मिचिरहेका छन्।
'सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भए/गरेका कामकारबाही अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय दिन व्यवस्थापिका–संसदमा संविधानको धारा ५८ बमोजिम देहायबमोजिमका समिति रहनेछन्' भनी नियमावलीमा समिति र क्षेत्राधिकारबारे व्यवस्था गरिएको छ।
संसदीय समितिहरू आपसमा एकअर्काका क्षेत्राधिकारप्रति सजग नहुँदा संसदीय समितिको गरिमा र निर्णय प्रक्रियामा असर पर्ने गरेको एक सभापतिले बताए।
'एउटा समितिले अर्को समितिको क्षेत्राधिकार मिच्दा समितिले कसलाई बोलाउन खोजेको हो, कससँग छलफल गर्न खोजेको हो, उसलाई पनि समस्या पर्ने र पटक–पटक सोही विषयमा स्पष्ट पार्न आइरहनुपर्ने भएकाले पनि आउनुपर्ने व्यक्ति आउन नमान्नेजस्ता समस्या देखिएका छन्,' ती सभापतिले भने। उनले विषयको गाम्भीर्य हेरेर जस लिन पनि समितिमा तछाडमछाड हुने गरेको बताए।
'समितिमा बाहिर चर्चा पाउने ग्ल्यामरस विषय हेर्न हानथाप देखिन्छ,' उनले भने, 'समितिले लोकप्रियताभन्दा सरकारको कामकारबाहीका सम्बन्धमा चनाखो भएर क्षेत्राधिकारको हेक्का राखेर निर्देशन दिनु उपयुक्त हुन्छ।' नियमावलीमा यस्ता विषय जोडिन आए समितिहरुको संयुक्त बैठक बस्ने व्यवस्था छ।
कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले संयुक्त बैठक राख्ने प्रयास भइरहेको बताए। 'विकास खर्च किन हुन सकेन भनेर हामीले अर्थसमिति, विकास समिति र कृषि तथा जलस्रोत समितिको संयुक्त बैठक राख्ने विषयमा छलफल गरिरहेका छौंं,' थापाले भने, 'हामीकहाँ संयुक्त बैठकको व्यवस्था भए पनि अहिलेसम्म हुन सकेन।'
थापाले क्षेत्राधिकार सम्बन्धमा संसदीय समितिहरुमा पटक–पटक समस्या आइरहेको स्वीकार गरे। 'क्षेत्राधिकारका सम्बन्धमा पटक–पटक कुरा उठिरहेको छ,' उनले नागरिकसँग भने, 'यसको समाधानका लागि सभामुखबाट पहल हुनुपर्छ। विषयहरू एकापसमा मिसिँदा प्रभावकारी पनि देखिँदैन।'
थापाले फरकफरक समितिले एकै विषयमा फरक तरिकाले निर्देशन दिँदा फितलो हुने भएकाले सजग हुनुपर्ने बताए। 'जवाफ दिने व्यक्ति पनि एउटै विषयमा फरक–फरक समितिमा जानुपर्ने र समितिले पनि त्यहीअनुसार निर्देशन दिँदा संसदीय निर्देशन नै फितलो हुन्छ,' थापाले भने, 'यसमा सभामुखले पहलकदमी लिनुपर्छ।'
संसदीय समितिहरूमध्ये सबैभन्दा बढी अन्यत्र हात हाल्ने गरेको आरोप सार्वजनिक लेखा समितिमाथि लाग्ने गरेको छ। ऊर्जा मन्त्रालयलाई दिएको निर्देशन र एन्फासम्बन्धी निर्णय लेखा समितिको क्षेत्राधिकारभन्दा बाहिर रहेको समितिका एक सभापतिले बताए। लेखा समितिका सभापति जनार्दन शर्माले भने आफूहरुले कसैको क्षेत्राधिकार नमिचेको दाबी गरे।
'हामीले कसैको क्षेत्राधिकार मिचेका छैनौं,' शर्माले नागरिकसँग भने, 'हामीले उठाउन मिल्ने विषय मात्र उठाएका छौं। क्षेत्राधिकार मिचेको होइन। हामीले बुझ्नुपर्ने र निर्देशन दिनुपर्ने विषय भएकाले दिएका हौं।'
विद्युत व्यापार सम्झौता आर्थिक विषय भएकाले आफूहरुले हेरेको उनको भनाइ छ। 'पिटिए आर्थिक विषय भएकाले हामीले हेरेका हौं,' उनले नागरिकसँग भने, 'यसमा क्षेत्राधिकार मिचियो भन्ने कुरा आएको थियो। तर, सभामुखसँग छलफल गर्दा उहाँले पनि काम गर्नुस् भन्नुभयो।'