काठमाडौं-प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रभावशाली सभासदहरूले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन फेरि समितिमै फर्काउन नहुने जनाउँदै संविधानसभाबाटै विवाद टुंग्याएर माघ ८ मा संविधान जारी गर्नुपर्ने बताएका छन्।समितिको प्रतिवेदनमाथि संविधानसभामा सोमबार सुरु छलफलमा भाग लिँदै उनीहरूले संविधानका विवादबारे संविधानसभाले नै आवश्यक निर्णय लिई निर्धारित मितिमा संविधान जारी गनुपर्ने जोड दिएका हुन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको पूर्ण बैठकबाटै नयाँ प्रबन्ध गरी विमतिका विषयलाई प्रक्रियामा लगेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘विवादित विषय २/४ जना नेतामा अल्झाएर राख्नु हुँदैन,' पौडेलले संविधानसभामा भने, ‘सिंगो संविधानसभामा आएका विचार समावेश गरेर यहीँबाट विशेष प्रबन्ध गरिनुपर्छ। यसमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन।' संविधान बनाउनै गठन भएको संविधानसभालाई निर्णय गर्ने अधिकार दिइनुपर्ने उनको धारणा छ।
माघ ८ मा संविधान जारी गर्न संविधानसभाबाटै विधि र प्रक्रिया टुंगो लगाउन संविधानसभा अध्यक्षलाई आग्रह गर्दै पौडेलले थपे, ‘यसमा संविधानसभा अध्यक्षको पनि भूमिका छ, यहाँ आएका भावनालाई कसरी मूर्त रूप दिने भन्नेमा निर्णय गरिदिनुपर्छ।'
कांग्रेस, एमाले, राप्रपासहितका राजनीतिक दलले संवाद समितिमार्फत पेस गरेको ७ प्रदेशसहितको विकल्पलाई देशभर स्वागत गरिएको दाबी उनको छ। ‘हाम्रो प्रस्तावविरुद्ध कुनै प्रतिक्रिया आएको छैन,' पौडेलले बैठकमा भने, ‘बहुसंख्यक जनताले यसको स्वागत गरेका छन्। यसको पक्षमा नै अहिले जनमत छ। सदनमा पनि जनमतको कदर गर्दै तर्कसंगत निर्णय हुनुपर्छ।'
पौडेलले ७ प्रदेश हुँदा संघीयता नहुने, तर ८ प्रदेश हुँदा संघीयता हुने भन्ने तर्क बेतुकको भएको टिप्पणी गरे। उनले सहमतिका नाममा देश संविधानविहीन बन्न नहुने औंल्याउँदै भने, ‘सहमतिका नाममा देशलाई संविधान नदिने अवस्था हुन सक्दैन।'
संविधानका लागि संविधानसभाले आत्मसमर्पण गर्न नहुने पौडेलको धारणा थियो। ‘अघिल्लोपटक जेठ २ गते पनि संविधानका लागि भन्दै हामीले ‘सरेन्डर' गरेका थियौं। किन बनेन त संविधान?' उनले एमाओवादीप्रति इंगित गर्दै भने, ‘यसको जवाफ त्यतिबेलाको ठूलो दलले दिनुपर्छ। आफूहरुले जनताको म्यान्डेटअनुसार अवधारणा पेस गरेकाले त्यसलाई संवाद समितिमा फर्काउन नसकिने, प्रक्रियामा लगेर निर्णय लिनुपर्ने उनको धारणा थियो।
एमाले उपाध्यक्ष भीम रावलले पनि संविधानसभाले नै विशेष प्रक्रिया अपनाएर अघि बढ्नुपर्ने बताए। ‘संविधानसभाले कार्यतालिका हेरफेर गरी माघ ८ मा जनतालाई संविधान दिनुपर्छ,' रावलले बैठकमा भने, ‘जनताको इच्छा र म्यान्डेटविपरीत अघि बढ्ने छुट कसैलाई छैन।'
संवाद समितिका सभापति बाबुराम भट्टराईले पनि सार्वभौम संविधानसभाले निर्णय लिन सक्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै नेता रावलले विशेष संयन्त्र बनाएर संविधानका विवादित विषय टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अब संवाद समितिमा प्रतिवेदन फर्काउन मिल्दैन र हुँदैन,' उनले भने, ‘ठोस निर्णय दिनुपर्छ। जनादेश शिरोपर गरेर अघि बढ्नुपर्छ।'
समितिलाई चारपटकसम्म समय दिँदा पनि टुंगो लगाउन नसक्ने, संविधानसभालाई नै विवादित विषय दिने, महिनादिनसम्म प्रतिवेदन संविधानसभा पठाउन नसकेको समितिमा विषय फर्काउन हामी तयार छैनौं।'
उनले विवादित विषय प्रक्रियामा लगेर तत्कालै टुंगो लगाउनुपर्ने बताए। ‘सहमति एकदम राम्रो कुरा हो, तर सहमति भएन भने नियम, प्रक्रिया र कार्यतालिकाबाट निर्देशित हुनुपर्छ,' रावलले भने, ‘लोकतान्त्रिक प्रक्रिया पनि त्यही हो। हामी कार्यतालिकाभन्दा निकै पछि छौं। अब यो प्रतिवेदनलाई संवाद समितिमा पठाउनु हुँदैन। जनताको प्रतिज्ञा पूरा गर्नुपर्छ। देशलाई अनिर्णयको बन्दी बनाउने छुट हामीलाई छैन।'
राप्रपाका दीपक बोहोराले पनि संविधानसभामै छलफल गरेर विवादित विषयको टुंगो लगाउनुपर्ने धारणा राखे। संवाद समितिमा पटक–पटक विवादित विषय पठाउँदा सहमति कायम हुन नसक्ने र माघ ८ मा संविधान जारी गर्न नसकिने उनको तर्क थियो। फोरम लोकतान्त्रिकका सुबोधकुमार पोखरेलले विवादित विषयमा केही छाडेर र केही स्वीकार गरेर सहमति कायम गर्न आग्रह गरे।
दुई तिहाइ बहुमतको प्रतिनिधित्व गरेका कांग्रेस/एमालेलगायत दलले संवाद समितिमा विवाद पठाउनै नहुने बताए पनि एमाओवादी, मधेसवादीलगायत प्रतिपक्षी दलले संख्याका आधारमा निर्णय गर्न नहुने भन्दै सहमतिका लागि विवादित विषय फेरि पनि संवाद समितिमै पठाउनुपर्ने जिकिर गरेका छन्।
एमाओवादी नेता कृष्णबहादुर महराले अल्पमतले अनिर्णयको बन्दी बनायो भनेर बहुमतले भन्न नमिल्ने जिकिर गरे। ‘उहाँहरू बहुमतमा हुनुहुन्छ,' महराले भने, ‘बहुमतमा भएको नाताले सरकार पनि उहाँहरूकै छ। बहुमतले अनिर्णयको बन्दी बनाउँछ कि अल्पमतले बनाउँछ, उहाँहरूले सोच्न जरुरी छ। बहुमतले शासन गरेका बेला अल्पमतले अनिर्णयको बन्दी बनायो भन्न सुहाउँदैन।'
महराले संवाद समितिको प्रतिवेदनमा उल्लिखित अवधारणा र मत छलफल तथा निर्णयका लागि नभएको उल्लेख गर्दै सहमतिका लागि फेरि एकपटक संवाद समितिमै पठाउनुपर्ने धारणा राखे।
‘संविधानमा सबैको भावना केन्द्रित गर्न सहमतिभन्दा अर्काे बाटो छैन,' महराले बैठकमा भने, ‘प्रतिवेदन कसरी टुंग्याउने भन्नेमा छलफल केन्द्रित गर्दा ठिक हुन्छ। सहमतिका लागि शीर्ष नेतालाई दबाब दिन सक्छौं। सहमतिको विकल्प छैन। सहमतिभन्दा बाहिर जान सकिन्न।'
सहमतिबाट संविधान बनाउन माघ ८ भन्दा केही पर गएर पनि संविधान जारी गर्न सकिने महराको धारणा थियो। ‘सहमतिबाट संविधान बन्छ भने कार्यतालिका परिवर्तन गर्न सक्छौं,' उनले थपे, ‘यो नै अन्तिम होइन। डेडलाइन बदल्न सकिन्छ। तर, संविधानसभाले छलफलका लागि अरू कुनै विशेष व्यवस्था गर्न सक्दैन। विशेष व्यवस्था भनेकै संवाद समिति हो। यहाँभन्दा बाहिर जान सकिँदैन।'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरूलाई सहमतीय प्रक्रियाबाट निषेध गरिएको भन्दै विरोध गरे। ‘सहमतीय प्रक्रियाबाट चौथो शक्तिलाई निषेध गरिएको छ,' उनले भने, ‘सहमतीय प्रक्रियामा हामीलाई पनि समावेश गरे केही विषयमा चित्त नबुझे पनि दुई तिहाइले गरेको निर्णय स्वीकार गरौंला, होइन भने हामी पनि स्वीकार गर्न तयार छैनौं।'
थापाले विवादित विषय प्रत्येक सदस्यको उपस्थितिमा संविधानसभामै टुंगो लगाउनुपर्ने धारणा राखे। ‘संविधान नबनेसम्म यहीँ छलफल हुनुपर्छ,' उनले भने, ‘बन्दकोठामा गरिएको सहमति ल्याएर यहाँ छाप लगाउने काम मान्य हुँदैन।'
तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले विवादित विषयको टुंगो शीर्ष नेताबिना हुन नसक्ने भन्दै फेरि एकपटक संवाद समितिमा नै पठाउनुपर्ने तर्क गरे। सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सबै नेताले माघ ८ को रामनाम जपे पनि कसैले पनि त्यसबेला संविधान जारी गर्नलाई पहल नगरेको टिप्पणी गरे। उनले माघ ७ गतेसम्म पनि यही विषय दोहोरिने दाबी गरे। उनले सहमति नभई प्रक्रिया नै भन्ने हो वार्ता बन्द गर्न पनि आग्रह गरे।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने लिखित रूपमा धारणा पेस गरेका थिए। उनले संवाद समितिले संविधानसभाले कुनै पनि विषयमा मतदान र निर्णय गर्न नसक्ने भनी प्रतिबन्धसहितको प्रतिवेदन पठाएर हस्तक्षेप गरेको उल्लेख गरे। ‘संवाद र सहमति समितिले संविधानसभाले कुनै मतदान वा निर्णय गर्न नसक्ने प्रतिबन्धसहित प्रतिवेदन पठाएको छ,' केसीले भनेका छन्, ‘त्यो प्रतिबन्ध संविधानसभाको सार्वभौम अधिकारमाथिको अनधिकृत हस्तक्षेप हो। समितिले पठाएको प्रतिवेदनलाई पुनः त्यही समितिमा पठाउने सोचाइको पनि हामी कडा शब्दमा विरोध गर्छौं। प्रतिवेदनमा उठाइएका वा संविधानको अन्तर्वस्तुसम्बन्धी सबै विवाद प्रक्रियामा गएर संविधानसभाले नै टुंग्याउनुपर्छ।'