काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले बोलाएको बैठक फेरि पनि छलेका छन्।समितिले काबेलीसहित विभिन्न १४ आयोजना खारेजीका लागि अख्तियारले दिएको निर्देशनका सम्बन्धमा छलफल गर्न आयोग पदाधिकारीलाई सोमबार बिहान समितिको कार्यालयमा बोलाएको थियो। तर, अख्तियार प्रमुख कार्की शनिबार नै काठमाडौं बाहिर हानिएका थिए। स्रोतका अनुसार उनी गढीमाई दर्शनका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। गढीमाई दर्शन गर्ने मुख्य अवसर (मेला) भने दुई साताअघि नै सकिएको छ।
समितिले शुक्रबार कार्यालय समय सुरु हुनासाथ अख्तियारमा पत्राचार गरेको थियो। समितिले आयोगलाई औपचारिक पत्र पठाउँदै सोमबार बिहान ८ बजे समितिमा उपस्थित भई आयोजनाका सम्बन्धमा दिएको निर्देशनबारे जानकारी गराउन भनेको थियो।
यसअघि कात्तिक ३० गते पनि अख्तियार प्रमुख कार्कीले समितिमा आउन अस्वीकार गरेका थिए। अधिकांश सदस्यले फेरि पनि आयोगलाई बोलाउनुपर्ने धारणा राखेपछि काबेलीसहितका आयोजना खारेजका सम्बन्धमा जानकारी गराउन समितिले अख्तियारका पदाधिकारीलाई बोलाएको थियो।
सामान्यतया फ्याक्समार्फत पत्र पठाउने प्रचलन भए पनि संसद सचिवालयका एक कर्मचारी समितिको पत्र लिएर शुक्रबार कार्यालय समय सुरु हुनासाथ अख्तियार पुगेका थिए। सोमबारको बैठकमा कामु सचिव प्रेमकुमार राई, प्रवक्ता श्रीधर सापकोटा, आयोजना अनुसन्धान अधिकृत गोविन्दहरि श्रेष्ठ लगायत भने समितिमा उपस्थित भएका थिए।
कामु सचिव राईले प्रमुख आयुक्त काठमाडौं बाहिर रहेकाले आउन नसकेको जानकारी समितिको बैठकको सुरुमै गराएका थिए। ‘प्रमुख आयुक्त काठमाडौं बाहिर रहनुभएकाले आउन सक्नुभएन,' राईले समितिसमक्ष भनेका थिए, ‘उहाँ दुई/तीन दिनपछि काठमाडौं आउने कार्यक्रम छ। सम्मानित समितिले बोलाएकाले हामी सम्बन्धित आयोजना अनुसन्धान गर्ने अधिकृतसहित उपस्थित भएका छौं।'
समितिले पनि अख्तियारका प्रमुखभन्दा पनि जानकारी मागेकाले सामान्य रूपमा लिएको छ। ‘अख्तियारका प्रमुख आयुक्त उपस्थित नभए पनि सचिव उपस्थित हुनुभयो, हामीले मागेको जानकारी दिनुभयो,' समितिका सभापति गगन थापाले बैठकको अन्त्यमा भनेका थिए, ‘यसले अब उप्रान्त समितिले बोलाएको ठाउँमा अख्तियार उपस्थित भएर जानकारी गराउनेछ।'
यसअघि बोलाइएको बैठकमा अख्तियार प्रमुख कार्की अनुपस्थित हुँदा भने समिति सभापति थापाले संसदीय सर्वोच्चताको हनन भएको टिप्पणी गरेका थिए।
समिति स्रोतका अनुसार प्रमुख नआउने जानकारी समितिलाई पहिले नै नभएकाले अडान लिन असहज भएको हो। ‘पहिले नै प्रमुख नआउने, सचिव मात्र आउने भन्ने जानकारी पाएको भए हामी मान्दैनौं भन्न हुन्थ्यो,' समिति स्रोतले भन्यो, ‘तर, सचिव अनुसन्धान अधिकृतसँग नै उपस्थित भएर जानकारी गराउँछौं भन्दा हुँदैन भन्न मिलेन। सचिवले नै लिखित र मौखिक रूपमा जवाफ दिएपछि यसलाई पनि व्यावहारिक नै मान्नुपर्योम।'
बैठकमा नेकपा (एमाले) का सांसद आनन्द पोखरेलले पनि अहिलेसम्म संवैधानिक लडाइँ भए पनि अख्तियारको सहज उपस्थितिसँगै उत्तर प्राप्त भएको बताए। ‘संसदीय समिति र संवैधानिक निकायबीच एकअर्काको सहयोग नभई सुशासन र भ्रष्टाचार निवारण हुन सक्दैन,' उनले भने, ‘एकअर्काविरुद्ध नभई मिलेर भ्रष्टाचार निवारण र सुशासन कायम गर्नुपर्छ।'
लेखा समितिका पूर्वसभापति रामकृष्ण यादवले भने संसदीय समितिले बोलाएपछि पदाधिकारी नै उपस्थित हुनुपर्ने बताएका छन्। उनले प्रतिनिधि पठाएर समितिको गरिमा घटाउन नहुने बताए। ‘समिति सानो संसद हो,' यादवले नागरिकसँग भने, ‘पदाधिकारी बोलाएपछि पदाधिकारी नै आउनुपर्छ। प्रतिनिधि पठाउनुको कुनै औचित्य हुँदैन।'
उनले समितिलाई बाइपास गरेर जानु राम्रो नहुने बताए। ‘आफ्नो कुरा त्यहीँ पनि राख्न सकिन्छ। अन्यन्त जरुरी काम परेर आउन नभ्याए मात्र समितिलाई जानकारी गराएर प्रतिनिधि पठाउने हो,' उनले भने।
अख्तियार प्रमुख कार्कीले यसअघि संसदको अर्थ समितिमा उपस्थित भएर संसद नियमावलीअनुसार सुशासन तथा अनुगमन समितिमार्फत मात्र डाक्न भनेका थिए।