नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा केपी ओलीको देवत्वकरण गर्ने व्यक्ति मात्र टिक्ने अरू सबै पाखा लाग्ने दाबी गरेका छन्। उनले ओलीले एमाले अध्यक्ष भएपछि पुरै पार्टी कब्जा गरी गुट चलाएर देउताको अवतारको रूपमा आफूलाई प्रस्तुत गरेपछि समस्या भएर अलग्निुपरेको दाबी गरे।
‘ओलीले १५ वर्ष पार्टी चलाएको मलाईं र एमाले तथा माओवादी मिलेर पार्टी एक हुँदा अध्यक्ष भएका प्रचण्डलाई नटेरेका व्यक्ति अरू कसैलाई टेर्नेवाला छैनन्,’ अध्यक्ष नेपालले आइतबार इटहरीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रदेश १ स्तरीय प्रथम अधिवेशन उद्घाटन गर्ने क्रममा भने, ‘ओलीको पार्टीमा आलोचक र स्वतन्त्र व्यक्ति कोही रहनेवाला छैनन्।’ उनले एमालेमा नेता–कार्यकर्ताको कुनै मूल्य मान्यता नभएको र ओलीको मूर्तिलाई समेत देउताको अवतार ठान्ने मात्र टिक्ने अरू सबै विस्तारै पाखा लाग्ने जिकिर गरे।
नेता नेपालले ओलीले नेपालको संविधान र कानुनसमेत अटेर गरेकाले गर्दा एमाले पार्टी विस्तारै जनतामाझबाट बढारिँदै जाने जिकिर गरे। ‘ओलीकै कारण एमाले सुदूरपश्चिमबाट बढारिँदै पूर्वको मेचीमा आएर पखालिएर जानेछ,’ उनले भने।
उनले ओली एकदमै अटेरी, निरंकुश र दम्भी चरित्रको व्यक्ति भएको टिप्पणी गरे। ‘ओली अध्यक्ष र प्रधानमन्त्री हुँदा पुरै निरंकुश शासक भएर शासन चलाए,’ नेपालले भने, ‘ओलीले राणकाल, पञ्चायतजतिकै कठोर र पछिल्लोसमय राजतन्त्रजतिकै निरंकुश भएर अघि बढेकैकाले गर्दा असल कम्युनिस्ट पार्टी बनाउन छुट्टिनुपरेको हो।’
उनले एकीकृत समाजवादी पार्टी राम्रो गरौं भन्ने भावना छ, पवित्र सोचले स्थापना गरेकाले गर्दा जनताको प्यारो पार्टी बन्ने जिकिर गरे। ‘समाजलाईं जसले बुझ्दैन, समाजका व्यक्ति उसतर्फ आकर्षित हुँदैनन्,’ नेता नेपालले भने, ‘थुप्रै पार्टी छन्, त्यसमा पनि थुप्रै कम्युनिस्ट पार्टी छन्, तिनीहरू सबैले किन जनताको विश्वास लिन सकेका छैनन्?,’ उनले भने, ‘हाम्रो पार्टी जनताको विश्वासयोग्य पार्टी हुनेछ।’ उनले विद्यार्थी संगठनलाई पनि अरू संगठनभन्दा फरक भएर गतिविधि गर्न सुझाव दिए।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईंले केपी ओलीको पार्टी एमाले कम्युनिस्ट पार्टी नरहेको बताए। उनले वास्तविक कम्युनिस्ट पार्टी एकीकृत समाजवादी भएको बताए।
कार्यक्रममा एमालेका निवर्तमान केन्द्रीय सदस्य धर्मराज निरौलाको नेतृत्व टोली एकीकृत समाजवादीमा प्रवेश गरियो। सो क्रममा उनले भने, ‘ओली सुध्रिने आशामा बसे पनि व्यक्तिवादी स्वेच्छाचारी ढंगले पार्टीलाई कम्पनीजस्तो बनाएपछि बसिरहने कुनै औचित्य नभएपछि समाजवादीमा प्रवेश गरिएको हो।’