काठमाडौं-संविधान जारी गर्ने समय नजिकिँदै गर्दा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन कहाँ पठाउने भन्ने विषयले नै धेरै समय लिने भएको छ।संवाद समितिको प्रतिवेदनलाई के गर्ने भन्ने विषयमा संविधानसभामा धारणा राख्न बुधबारसम्म ३ सयभन्दा बढी सभासदले नाम टिपाएका छन्। संविधानसभामा तीन दिन भएको छलफलमा करिब ९० सभासदले मात्र धारणा राखिसकेका छन्। ‘छलफल क्रममा अन्य सभासदले पनि नाम लेखाउन पाउँछन्, त्यसैले यो संख्या अझ बढ्न सक्छ,' संविधानसभा सचिवालयका एक कर्मचारीले भने।
यसअघि संवाद समितिले संविधानसभामा पेस गरेको प्रतिवेदनमा प्रत्येक सभासदलाई तीन मिनेट समय उपलब्ध गराइने भए पनि अहिले पाँच मिनेट समय दिइँदै आएको छ। दलका प्रभावशाली नेताका लागि थप पाँच मिनेट गरी दस मिनेट समय दिइएको छ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रमुख दलका प्रभावशाली नेताका लागि दस मिनेट समय उपलब्ध गराउने निर्णय गरे पनि सबैजसो दलका प्रमुख नेताले दस मिनेटको समय पाएका छन्। ‘यसरी छलफल गर्दै जाने हो भने प्रतिवेदन कहाँ पठाउने भन्नेमै अझै एक साता बित्छ,' सचिवालयका ती कर्मचारीले भने।
अडान यथावत
संवाद समितिको प्रतिवेदन कहाँ पठाउने भन्ने विषयमा बुधबार पनि दलहरू आ–आफ्ना अडानमा कायमै रहेका थिए। कांग्रेस, एमालेसहित सत्तारूढ दलका नेताहरूले संवाद समितिमा अब विवादित विषय पठाउन नहुने धारणा राखेका थिए भने एमाओवादीसहित मधेसवादी दलका नेताहरूले दुई तिहाइबाट संविधान जारी गरेर देखाउन चुनौती दिए।
नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले अब कुनै पनि हालतमा विवादित विषय संवाद समितिमा पठाउन नहुने धारणा राखे। ‘हामीले जहिले पनि सहमतिमै जोड दिएका छौं,' उनले भने, ‘संविधानसभामा संघीयताविरोधी पार्टी पनि छन्। त्यसैले पूर्ण सहमति सम्भव छैन। दसांै वर्ष लागे पनि सहमतिमा संविधान बन्दैन। त्यसैले अब प्रक्रियामा जानुपर्छ।'
उनले सबै माग एकैचोटि पूरा गराउँछु भन्दा बाँकी उपलब्धि पनि गुम्न सक्ने चेतावनी दिए। ‘तत्कालीन मालेले २०४७ मा आलोचनात्मक रूपमा २७ बुँदा राखेर संविधानलाई समर्थन गर्यों,' उनले भने, ‘सबै माग एकैचोटि पूरा हुन्न। समयक्रममा पूरा हुन्छ। संविधान नबने सबै पार्टी र देश असफल हुनेछन्।'
उनले प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्ने भएकाले संविधानसभा अध्यक्षले नियमावली संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।
कांग्रेसका चन्द्र भण्डारीले विवादित विषय तत्कालै टुंगो लगाउन संवाद समितिमा पठाउन नहुने धारणा राखे। उनले सकेसम्म विवादित विषयमा सहमति, नभए दुई तिहाई र दुई तिहाई पनि मान्य नभए मुख्य विवादित विषय जनमतसंग्रहमा लैजानुपर्ने धारणा राखे।
कांग्रेसकै रामहरि खतिवडाले ‘जनयुद्ध' का क्रममा आफ्नो थर लेख्न नसकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले अहिले जातीय राज्य दिन्छौं भनेर आश्वासन बाँडेको भन्दै आपत्ति जनाए। खतिवडाले चित्रबहादुर केसी र कमल थापासँग सहमति गरेर आए आफूहरूले पनि एमाओवादीको प्रस्ताव मान्न सक्ने धारणा राखे। ‘सधैं पहिलो हुने बाबुराम भट्टराई अहिले संविधानसभाले चारपटक ग्रेस दिँदा पनि पास हुन सक्नुभएन,' उनले भने, ‘त्यसैले अब प्रतिवेदन फेरि संवाद समितिमा पठाउन मिल्दैन।'
कांग्रेसका भीष्मराज आङदेम्बेले २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिमा जनमतसंग्रह हुनै नसक्ने बताए। उनले संवाद समितिका सभापति नै असफल भएकाले अब फेरि प्रतिवेदन त्यहीँ पठाउन नहुने धारणा राखे।
एमाओवादीका जनार्दन शर्माले अन्तरिम संविधानको प्रस्तावना नै नाघेर संविधान बनाइए आफूहरूलाई मान्य नहुने बताए। ‘प्रस्तावनामा क्रान्तिका उपलब्धिलार्ई संस्थागत गर्न संविधान बनाउने उल्लेख छ,' शर्माले भने, ‘तर, प्रस्तावना मिचेर संविधान बनाउने अधिकार कसैलाई पनि छैन।'
उनले दुई तिहाइबाट संविधान जारी गरेर देखाउन चुनौती दिए। ‘दुई तिहाइभित्रैबाट केही सभासद सडकमा आउनुहुनेछ,' उनले भने, ‘त्यसलाई पनि ख्याल गर्नुस्।' उनले संविधानसभा बाहिर आन्दोलनका झिल्का देखिएकाले अहिले सहमतिबाहिर नजान आग्रह गरे।
राप्रपा नेपालकी कुन्तीकुमारी शाहीले मुख्य विवादित विषय जनमतसंग्रहमा लैजानुपर्ने धारणा राखिन्। फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मधेसमा भएको विद्रोह जातीय पहिचानका लागि भए पनि अहिले उक्त शब्द सत्तापक्षले सुन्नै नचाहेको बताए। उनले सबै दलको सहमतिमा मात्रै संविधान घोषणा गरिनुपर्ने बताए।