काठमाडौं- व्यवस्थापिका संसदअर्न्तगतको विकास समितिले वातावरणको नाममा विकास, विकासको काम नरोक्न तथा विकासको नाममा जथाभावी वातावरणका विनास नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले विकास निर्माण र वातावरण संरक्षणलाई सन्तुलित बनाएर लैजान पनि निर्देशन दिएको छ। समितिले बिहीबार अर्थमन्त्री, संघीय मालिमा तथा स्थानीय विकास मन्त्री, वन मन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा मुख्यसचिवलाई समितिमा बोलाएको थियो।
समितिले सबै सम्बन्धित मन्त्रालयबीच समन्वयन गर्न मन्त्रीस्तरीय छलफल गर्नसमेत निर्देशन दिएको छ। समितिको बैठकमा अर्थमन्त्री रामशरण महतले वातावरणको संरक्षण गर्ने नाममा ढुंगा गिटी निकाल्न रोक्ने कामले निर्माणाधीन आयोजना प्रभावित हुने बताए।
उनले निश्चित ठाउँ तोकेर विकास निर्माणको कामलाई असर नपर्ने गरी ढुंगा तथा गिटी निकाल्न दिनुपर्ने बताए। उनले ढुंगा, गिटी, बालुवा छिमेकी मुलुक भारत निकासी गर्न पाउनुपर्ने समेत बताए।
उनले नेपालको नेपालको प्राकृतिक स्रोत भारत लैजान दिनु हुँदैन भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उनले नेपालमा उत्पादन भएको प्राकृतिक स्रोत रोक्नेभन्दा पनि त्यसको व्यवस्थापन मुख्य विषय भएको बताए। उनले ढुंगा, गिटी, बालुवालगायतका निर्माण सामाग्री रोकिँद त्यसले अर्थ व्यवस्थामा नै असर पर्ने बताए। उनले चुरेलाई असर नपर्ने गरी ढुंगा, गिटी, बालुवाको संकलन तथा निकासी जानरी राख्नुपर्ने जनाए।
वन मन्त्री महेश आचार्यले ढुंगा, गिटी, बालुवाको अनियन्त्रित र अत्याधिक दोहनका कारण वातावरणीय ह्रास भएकाले जथाभावी ढुंगा, गिटी तथा बालुवा दोहनमा रोक लगाउनु परेको बताए। उनले ढुंगा, गिटी, बालुवालगायत प्राकृतिक स्रोतको व्यवस्थापन तथा निमयन गर्न सरकारले सरकारी तवरमा विभिन्न नीतिगत तथा संरचनात्मक व्यवस्था गरिएको बताए।