गतिरोध अन्त्य गर्न प्रधानमन्त्री र दाहालबीच छलफल
०३ पौष २०७१
•
२ मिनेट पाठ
गतिरोध अन्त्य गर्न प्रधानमन्त्री र दाहालबीच छलफल
काठमाडौं- संविधानका विवादित विषय, तोकिएको मिति माघ ८ मा संविधान जारी गर्नेलगायतका विषयमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहमतिबाटै संविधान जारी गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाए।सो अवसरमा प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दल तोकिएकै मितिमा संधिवान जारी गर्न प्रतिबद्ध रहेको जनाएका थिए। प्रधानमन्त्रीले संविधानसभाबाट एक वर्षभित्र संविधान जारी गर्ने सबै दलले संकल्प गरेकाले सो संकल्पअनुसार सहमति कायम गर्ने र सहमति हुन नसके प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुको विकल्प नभएको बताएका थिए।

सकेसम्म सहमति कायम गर्ने र सहमति हुन नसके प्रक्रियामा जाने विषयमा सहमति गर्न दाहाललाई आग्रह गरेका थिए।

भेटपछि एमाओवादीअधध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने, संविधानका विवादित विषयमा छलफल भएको भन्दै केही दिनभित्र सहमति कायम हुने जनाए। उनले राजनीतिक दलहरुबीच छलफललाई निरन्तरता दिने भन्दै प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको जनाए।

संवैधानिक राजनीकि संवाद तथा सहमति समितिले संविधानसभामा प्रतिवेदन बुझाएपछि दलहरुबीच औपचारिक/अनौपचारिक रुपमा छलफल भइरहेको छ। माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता जनाएका दलहरुले सो समयभित्र संविधान जारीगर्न एकको एक महिनाभित्र विवादित विषयमा सहमति गरिक्नुपर्ने छ।
अर्को समाचार
कोइराला–दाहालबीच साँझ भेटवार्ता
०९ भदौ २०७१
•
२ मिनेट पाठ
कोइराला–दाहालबीच साँझ भेटवार्ता
काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ भेटवार्ता भएको छ। भेटका क्रममा संविधान निर्माण तथा राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको थियो।
'चार बुँदे सहमति उल्लंघन गर्ने काम कांग्रेस एमालेले गरेपछि संविधान निर्माण प्रक्रिया ओझेलमा पर्ने देखिएको छ भन्ने कुरा अध्यक्षले राख्नुभयो,' दाहालका प्रमुख सचिव चुडामणि खड्काले नागरिकसँग भने। खड्काले दाहालको भनाइ उद्धृत गरे, 'उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व मागेर प्रचण्ड संविधान लेखनको प्रक्रियाबाट टाढिन खोजेको सन्देश जुन दिन खोजिएको छ, त्यो षडयन्त्रमूलक छ।'

चार बुँदे सहमति कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व आफूले पाउनुपर्ने दाहालले दाबी गरेपछि समस्या देखिएको कांग्रेस एमाले नेताहरूले बताउँदै आएका छन्। सोही कारण आइतबार तीन दलको बैठक एकीकृत माओवादीले बीचमै छाडेको थियो।

आइतबार बैठक छाडेर हिँडेका दाहाललाई प्रधानमन्त्री कोइरालाले निवासमै बोलाएर पछिल्लो राजनीतिक गतिविधिबारे छलफल गरेका हुन्। प्रधानमन्त्रीले एमालेसँग थप छलफल गरेर एउटा निर्णयमा पुग्ने आश्वासन दिएको खड्काले बताए। उनका अनुसार सरकारप्रमुखको नाताले कोइरालाले अध्यक्ष दाहाललाई भेटेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस