अहिले अन्तिम अवसर हो : प्रधानमन्त्री
०३ पौष २०७१
•
४ मिनेट पाठ
अहिले अन्तिम अवसर हो : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति,स्थायित्व,लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासको लागि अहिले अन्तिम अवसर भएको बताएका छन्। संविधान निर्माणमा दवाव दिनका लागि मेची महाकाली अभियान सञ्चालन गर्ने, मूल्य वृद्धि घटाउने, गाडी भाडा घटाउने र विश्व विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नुपर्ने लगायतका माग लिएर प्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका विद्यार्थी संगठनहरुको संयुक्त प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन्।प्रधानमन्त्री कोइरालाले नेपालले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धि हासिल गरेकोले थप आन्दोलनको आवश्यकता नरहेको बताए। 'अहिले प्राप्त उपलब्धि संस्थागत गरौं अहिले आन्दोलनको जरुरी छैन,' उनले भने, 'अभियान र आन्दोलन चलाउदा तोडफोड, बन्द र हिंसा नहोस भन्नेमा विचार पुर्याजउनु होला।'

प्रधानमन्त्रीले नयाँ संविधानमा सबै जातजाति, जनजाति, दलित, मुस्लिम, पिछडिएका, अल्पसंख्यक समुदाय तथा विभिन्न भाषा, धर्म, संस्कृति मान्ने नेपालीहरुको अधिकार संरक्षित हुने भएकाले थप आन्दोलन आवश्यक नभएको उल्लेख गरे। सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा विकासको बाटो खुलेको बताए। भारतसंग भएका विद्युत व्यापार संझौता, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका विकाससंग भएको परियोजना विकास सम्झौताले नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिएको उनको भनाइ थियो। प्रधानमन्त्रीले नेपालमा ठूलो परिवर्तन र उपलब्धि हासिल भएको बताउदै सबैको ध्यान त्यसलाई जोगाएर संस्थागत गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए।

प्रधानमन्त्री कोइरालाले संविधान निर्माण, शान्ति, स्थायित्व र विकास युवा र नयाँ पुस्ताको लागि पनि उत्तिकै सरोकारको विषय भएको तर्क गर्दै सबै दलका नेताहरुलाई समयमा संविधान ल्याउन दबाब दिन पनि आग्रह गरे। 'हाम्रो भविष्यमा खेलवाड नगर्नुस भन्ने सन्देश तपाईँहरुले सबै दलका नेताहरुसमक्ष पुर्यापउन आवश्यक छ,' प्रधानमन्त्री कोइरालाले भने।

प्रधानमन्त्री कोइरालाले आफूलाई मुलुकको भविष्यको चिन्ता लागेको उल्लेख गर्दै संविधान निर्माण भएपछि देशमा शान्ति र स्थिरताको वातावरण कायम हुने भएकाले संविधान बनेपछि आफूले प्रधानमन्त्रीको पदत्याग गर्ने उल्लेख गरे।

नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा आएको सो प्रतिनिधि मण्डलमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फ्रन्ट, मधेशी विद्यार्थी फोरम, अखिल नेपाल विद्यार्थी युनियनलगायतका ११ विद्यार्थी संगठनका प्रतिनिधिहरु थिए।
अर्को समाचार
संविधानको लागि अन्तिम अवसर : प्रम कोइराला
१४ असोज २०७१
•
३ मिनेट पाठ
संविधानको लागि अन्तिम अवसर : प्रम कोइराला
ब्रसेल्स- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति ,स्थायित्व, लोकतान्त्रिक संविधान र विकास दिनका लागि अहिले अन्तिम अवसर प्राप्त भएको बताएका छन्।

इजराइल सहित यूरोप क्षेत्रमा कार्यरत नेपाली राजदूत र कुटनीतिक नियोक प्रमुखहरुको भेलालाई सोमबार साँझ ब्रसेल्समा संबोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, ' यो अन्तिम अवसर हो।अब द्धन्द्ध भए मुलुकले धान्न सक्दैन।'

प्रधानमन्त्री कोइरालाले संविधान आउने कुरामा ढुक्क हुन आग्रह गरे। उनले द्धन्द्ध र विवाद समाधानमा नेपालले मौलिक अनुभव र उपलब्धि हासिल गरेको बताउदै भने ,'शान्ति प्रकृया टुंगिन्छ भनेर कसैले विश्वास गरेको थिएन।त्यस्तो संवेदनशील र जटिल विषय वार्ता सहमति,सहकार्य, एकता र मेलमिलापबाट टुंगियो। हतियारको व्यवस्थापन भयो। लडाकुहरुको व्यस्थापन भयो। सत्यनिरुपण र वेपत्ता छानवीन आयोग गठनको प्रकृयामा छ।' उनले नेपालको लामो राजनीतिक संक्रमणको अन्त्य हुने बताउदै आफुले नेपालको भविष्य उज्ज्वल देखेको बताए।

कोइरालाले संविधान निर्माणका बिषयमा संविधानसभाका समितिहरुमा सहमतिका लागि छलफल भैरहेको बताए। उनले संविधानका विवादीत विषय उच्च स्तरमा सहमति कायम गरेर टुंगोमा पुर्यावउने बताए। त्यसो हुन सकेकन भने प्रकृयाबाट टुंगो लगाइने समेत बताए। उनले सरकारको स्वरुपमा नियन्त्रण र सन्तुलनको व्यवस्थामा नगए फेरि अधिनायकबाद जन्मिने र अर्को पुस्ताले प्रजातन्त्रकै लागि लड्नु पर्ने अवस्था आउन सक्ने जोखिम औल्याए। कोइरालाले प्रदेशको नामाकरणमा केन्द्रमा विवाद गर्न भन्दा संबन्धित प्रदेशलाई नै जिम्मा दिन उचित भएको बताए।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गर्नुभएको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको र नेपालीहरुमा भारतप्रति रहेको संशय हटाउन सफल रहेको पनि उल्लेख गरे। भारत र चीन दुवै देशका नेताहरुले उनीहरुले गरेको आर्थिक विकासबाट फाइदा लिन आफूलाई आग्रह गरेकेा पनि कोइरालाले बताए।

यस अगाडि यूरोप क्षेत्र र इजराइलमा कार्यरत नेपाली राजदूत र विभिन्न नियोगका प्रमुखहरुले आफ्ना क्षेत्रमा भएका गतिविधि र समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएका थिए। राजदूतहरुसंगको जानकारी लिने कार्यक्रममा कामु परराष्ट्र सचिव शंकरदास बैरागीले पनि संबोधन गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस