कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशनः सङ्घीयता चिनाउने गरी काम गर्नू
२० पौष २०७८
•
२ मिनेट पाठ
कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशनः सङ्घीयता चिनाउने गरी काम गर्नू
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले भने, “सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अङ्ग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्रसेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ।”




हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै सङ्घीयतालाई मजबुत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको स्थायी अङ्ग कर्मचारी जनतासँग दैनिकरूपमा प्रत्यक्ष सम्बन्धित हुने, जिम्मेवाररूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए। क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कर्मचारीले जनताको सेवकका रूपमा कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजनक तरिकाले सहजरूपमा सेवा प्रवाह गर्नुपर्ने बताए। कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यवहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे। प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको एक महिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक एवं व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए।

कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जनालाई तालिम दिएर दोस्रो चरणको तालिम सञ्चालन गरिएको बताउँदै तालिममा ११ जिल्लाका सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालयका कर्मचारी सहभागी रहेको बताए। लगभग दुई वर्षअघि स्थापित प्रतिष्ठानले पाँचवर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको बताउँदै उनले दुई वर्षभित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि दुई नम्बर थपिन्छ। तालिमका लागि सूचना प्रकाशन गर्दा १७८ जनाले आवेदन दिएको र तीमध्ये १२० जना छानिएका थिए।
अर्को समाचार
गण्डकीका वर्तमान र पूर्व मुख्यमन्त्री भन्छन्: प्रदेश हाम्रो पनि रोजाइमा थिएन
०१ फागुन २०८०
•
४ मिनेट पाठ
गण्डकीका वर्तमान र पूर्व मुख्यमन्त्री भन्छन्: प्रदेश हाम्रो पनि रोजाइमा थिएन
सङ्घीयतालाई गणतन्त्रको प्रमुख उपलब्धि मानिन्छ। सङ्घीयतासँगै देशमा सात प्रदेश स्थापना भए। सिंह दरबार घरघरमा पुर्‍याउनका लागि भनेर बनाइएको प्रदेश सरकारलाई जनताको घरदैलोको सरकार भनेर चिनिन्छ। तर प्रदेश सरकारले जनअपेक्षा अनुसार काम नगरेपछि यसको आलोचना व्यापक हुन थालेको छ। प्रदेश सरकार खर्चिलो र बोझिलो भएको भन्दै अहिले प्रदेश संरचना नै खारेज गर्नुपर्ने आवाज बुलन्द हुँदै गएको छ।




जनताले प्रदेशको औचित्यमाथि प्रश्न उठाउन थालेपछि मुख्यमन्त्री, मन्त्रीहरूदेखि नेताहरुसम्मले संघका कारण प्रदेश सरकारले प्रभावकारी उपस्थिति देखाउन नसकेको गुनासो गर्ने गरेका छन्। संघले खास गरेर निजामती सेवा ऐन नल्याउँदा कर्मचारी भर्ना गर्न नपाएको, प्रहरी ऐन नल्याउँदा प्रहरी बिनाको कमजोर सरकार बन्नु, वित्तीय संघीयता नआउँदा आर्थिक अधिकार नभएकाले जनअपेक्षा पूरा गर्न नसकेको उनीहरूको जिकिर छ।

सङ्घमा रहेकाहरूको केन्द्रीकृत मानसिकताका कारण प्रदेश कमजोर बनेको गण्डकीका नेताहरुको बुझाई छ। तर स्वयम् उनीहरुले आफूहरुमापनि केन्द्रीकृत मानसिकता रहेको अभिव्यक्ति दिएका छन्। सङ्घमा केन्द्रीकृत मानसिकता रहेको आरोप लगाउने गण्डकीका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पूर्व मुख्यमन्त्री खगराज अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन्। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा मंगलबार पोखरामा आयोजित प्रदेश सरकार गठन पछिका उपलब्धि’ विषयक परिसंवाद कार्यक्रममा बोल्दै उनीहरुले प्रदेश आफूहरूको रोजाई नभएको बताएका हुन्।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने,'मैले जनताको अगाडि ढाँटे भने राजनीतिक कार्यकर्ताप्रति बेइमानी हुन्छ, त्यसैले मैले नढाँटी भन्नुपर्छ, मैले आफैले प्रदेश रोजेर आएको होइन। राजनीतिक परिस्थिति वा बाध्यताले मात्रै म प्रदेशमा चुनाव लडेको हुँ।’ तर जबदेखि प्रदेशमा आउने निर्णय भयो त्यसपछि भने आफूले ईमान्दारितापूर्वक प्रदेशको विकास, समृद्धि र सेवामा दत्तचित्त भएर लागेको उनको भनाई छ।

पूर्व मुख्यमन्त्री खगराज अधिकारीले भने सिधै आफ्नो रोजाई नभएको बताएनन् तर घुमाउरो पारामा भने स्वीकारे। दलीय व्यवस्थामा आफ्ना दलले आफ्ना नेता कार्यकर्ताहरू कहाँ जिम्मेवारी दिँदाखेरि उनीहरूको जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने मुख्य कुरा हो। मैले रोजेर जिम्मेवारी लिएकै छैन। जे जिम्मेवारी पाउँछु त्यसलाई कुशलतापूर्वक पूरा गर्ने प्रयत्न रहन्छ।

प्रदेशले किन जनअपेक्षा पूरा गर्न सकेन र सामथ्र्यपनि बढाएन भन्ने प्रश्नमा उनीहरुले यसमा संघ बाधक रहेको बताए। मुख्यमन्त्री पाण्डेले भने,'सिंहदरबारको अधिकार घरदैलोमा ल्याउँछौँ त भनियो तर कानून बनेन। त्यसैले प्रदेशले आफ्नो सोच अनुसार काम गर्न पाएन।’ उनले पहिल्यैदेखिको केन्द्रीकृत मानसिकता भर्खरै फाल्ने अवस्था नरहेको बताए। संघ नै यसमा ईमान्दार हुनुपर्ने भन्दै उनले थपे,'कर्मचारीहरू सङ्घमा भए संघको र प्रदेशमा भए प्रदेश बलियो बनाउन लाग्छन् तर राजनीतिक नेतृत्वले ह्याट फेरिएको आधारमा अधिकार फेर्नु भएन।’ यसो भनिरहँदा प्रदेशले गर्दै गरेन भन्ने अर्थमा बुझ्न नहुने उनको भनाई छ। 'प्रदेशले केहिपनि गरेन भन्ने भाष्य निर्माण खोजिएको छ तर यो सत्य होइन’–उनले भने।

पूर्व मुख्यमन्त्री अधिकारी भने कमीकमजोरी भएपनि गर्दै गरेन भनेर गरिएको प्रचार सही नभएको बताए। सङ्घमा अहिले पनि प्रदेशलाई तत्कालीन जिल्ला विकास समितिजस्तो साधारण इकाई हो भन्ने मानसिकता छ। त्यो मानसिकता भनेको पञ्चायती मानसिकता हो। निर्दलीय मानसिकता हो। एकात्मक मानसिकता हो।’ यसकाबिरुद्ध सबै मिलेर लड्नुपर्ने उनको भनाई छ।

मुख्यमन्त्री पाण्डेले संघले अधिकार दिएको खण्डमा प्रदेश अब्बल भएर काम गर्न सक्षम रहेको दाबी गरे। प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुसम्मले प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता जनाएको भन्दै उनले भने,'व्यवहारमा कति हुन्छ त्यो त हेर्न बाँकी छ। तर वित्तीय संघीयता कार्यान्वयन भयो, प्रहरी ऐन र निजामती सेवा ऐन आयो भने बल्ल प्रदेश सरकारको काम देखिन्छ।’ पूर्व मुख्यमन्त्री अधिकारीलेपनि प्रदेश बलियो बनाउन सार्वभौम सत्ताको विकेन्द्रीकरण अनिवार्य सर्त भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले आन्दोलनको जगमा उभिएको संघीयता र त्यसको उपहार स्वरूप प्राप्त भएको प्रदेशले आक्रामक उपलब्धि हाँसिल नगर्दा जनतामा निराशा छाएको बताए। संविधानमा रहेको त्रुटिकै कारण प्रदेश सरकार प्रभावकारी नदेखिएको बताउँदै उनले भने,'संविधान सुधारिँदै जाला। त्यतिञ्जेल प्रदेशले आफ्नो क्षमता र सामर्थ्य बढाउँदै जनताको अपेक्षा अनुसार नागरिकको जीवनस्तर सुधार्न सक्नुपर्छ।’ उनले दबाब बिना प्रदेश बलियो बनाउनका संघीय सरकार र शीर्ष नेताहरु तयार हुने नदेखिएकोसमेत बताए।

लैङ्गिक विज्ञ प्रो.चन्द्रा भद्राले सङ्घीयतापछि पनि महिलालाई हेर्ने दृष्टिकोणमा खास भिन्नता नआएको बत्ताइन्। महिला अहिले पनि 'उप’ मा अर्थात मेयर र प्रमुखमा पुरुष हुने र उपमेयर र उपप्रमुखमा महिला हुने स्थिति बनाइएको उनको भनाई थियो। 'यसमा जेन्डर रिभर्स अर्थात महिला प्रमुख र पुरुष उपप्रमुख बनाउने गरी पहलकदमी लिनुपर्छ’–उनले भनिन्। उनले पञ्चायतकालमा पनि रहेको महिला तथा बालबालिका मन्त्रालय र जिल्ला जिल्लामा रहेका महिला तथा बालबालिका कार्यालय गणतन्त्र आएपछि हट्नु दुःखद भएकोसमेत टिप्पणी गरिन्। उनले भनिन्,'यदि प्रदेश सरकार यसमा संवेदनशील छ भने आफू मातहत भएपनि महिला तथा बालबालिका कार्यालय खोलेर प्राविधिक र व्यवसायीक बनाउन भूमिका खेलोस्।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस