संविधानसभा बैठक: ‘सभाध्यक्षले निकास निकाल्नुपर्छ'
०३ पौष २०७१
•
६ मिनेट पाठ
संविधानसभा बैठक: ‘सभाध्यक्षले निकास निकाल्नुपर्छ'
काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पहल गरेर संविधान निर्माणको गतिरोध अन्त्य गर्नुपर्ने नेताहरूले बताएका छन्। बिहीबार संविधानसभा बैठकमा विभिन्न दलका सभासदले जसरी पनि माघ ८ मै संविधान जारी गर्नुपर्ने बताउँदै संविधानसभा अध्यक्षलाई बाधाअडकाउ फुकाउको विकल्पसमेत दिएका छन्।नेपाली कांग्रेसका नेता धनराज गुरुङले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति एक पाइला पनि अघि बढ्न नसकेकाले अब कुनै पनि हालतमा विवादित विषय पठाउन नहुने बताए। ‘नियमावलीमा बाधा पर्योप भने फुकाउन सकिन्छ,' गुरूङले भने, ‘संविधानसभा अध्यक्षले नियम १७० प्रयोग गरेर यसको गाँठो फुकाउनुपर्यो ।'
गुरुङले संविधानसभाले नै पाँच जना शीर्ष नेताको समिति बनाएर पाँच दिनको समय दिई विवादित विषयमा सहमति वा प्रश्नावली बनाउने जिम्मा दिनुपर्ने प्रस्ताव अघि सारे। उनले पाँच दिनमा पनि सहमति कायम नभए युवा नेताको पाँच सदस्यीय समिति बनाएर विवादित विषय मिलाउन जिम्मा दिनुपर्ने बताए। ‘शीर्ष नेतालाई सत्ताको चिन्ता छ,' उनले भने, ‘तर, युवा नेतालाई त्यस्तो चिन्ता नभएकाले विवादित विषयमा सहमति गर्न सकिन्छ।'
नेकपा (एमाले) का नेता भरतमोहन अधिकारीले पनि अब संवाद समितिमा विवादित विषय पठाउन नसकिने जनाउँदै संविधानसभा अध्यक्षले विवादित विषयमा छलफलका लागि छुट्टै संयन्त्र बनाउन बाटो खुला गरिदिनुपर्ने धारणा राखे। ‘अब संवाद समितिमा पठाउनु हुँदैन, त्यहाँबाट निकास आउँछ भन्ने आशा पनि छैन,' उनले भने, ‘अब अध्यक्षले नै निकासका लागि पहल गर्नुपर्छ।'
अधिकारीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता विषयमा राष्ट्रिय संकल्प रहेकाले ती विषयलाई विवादमा ल्याउन नहुने बताए। उनले सीमा र संख्यामा देखिएको विवाद समाधानका लागि विज्ञको आयोगलाई र प्रदेशको नामकरण प्रदेशसभालाई नै जिम्मा दिन सकिने बताए।
कांग्रेसका नविन्द्रराज जोशीले संवाद समितिलाई अन्तिमपटक समय दिइसकिएकाले फेरि दिनु हास्यास्पद हुने बताए। ‘अब प्रक्रियामा कसरी जाने भन्नेबारेमा अध्यक्षले नै निर्णय गर्न सक्नुपर्छ,' उनले भने, ‘अहिले माघ ८ मा संविधान जारी नगरे आकाश खस्दैन भन्ने खालका कुरा आएका छन्, तर आकाश खस्नुभन्दा ठूलो कुरा जनतासँग गरेको प्रतिबद्धता हो।'
उनले विवादित विषयमा संविधानसभामा केही दिन छलफल गराएर निर्णयमा पुग्न सके राम्रो हुने बताए। ‘सहमति नभए प्रस्ताव तयार गर्न छुट्टै समिति बनाएर पाँच दिनको समय दिनुपर्छ,' उनले भने, ‘त्यसका लागि प्रमुख दलका नेताको पाँच सदस्यीय समिति बनाउनुपर्छ।'
एमालेका भवानी खापुङले संवाद समितिले विवादित विषय पटक–पटक अल्झाएर राख्दा विश्वास नै गुमेको प्रतिक्रिया दिए। उनले जनजाति सभासद दुई तिहाइ बहुमतको प्रस्तावविरुद्ध उभिन्छन् भन्ने एमाओवादी नेताको भनाइ गलत रहेको बताए। 
एमालेकै चन्द्रबहादुर गुरुङले पनि कांग्रेस र एमालेका केही सभासदले विद्रोह गर्छन् भन्ने एमाओवादी भनाइ भ्रम पार्ने खेल मात्र भएको टिप्पणी गरे। उनले सहमति हुन नसके दुई तिहाइबाट पनि समयमा संविधान जारी गर्नुको विकल्प नभएको बताए। एमालेकै गणेशमान गुरुङले संवाद समिति सभापति बाबुराम भट्टराईले पार्टीभन्दा माथि उठेर काम गर्न नसकेको गुनासो गरे। 
एमाओवादीका अग्नि सापकोटाले गणितको खेलमा संविधान जारी गर्न खोज्नेलाई विगतका सम्झौता र संविधान घाँडो भएको टिप्पणी गरे। उनले गणितको खेलमा संविधान जारी गर्न खोजिए आफूहरूले आत्मसमर्पण नगर्ने चेतावनी दिए। ‘अहिले संवाद समिति सभापतिमाथि निरन्तर प्रहार भएको छ,' उनले भने, ‘संवाद समिति भत्काएर गणितको खेलमा संविधान जारी गर्ने प्रयास भइरहेको छ। तर, तपार्इंहरूले भनेजस्तो सहज छैन। हामी त्यसै आत्मसमर्पण गर्नेवाला छैनौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस