काठमाडौं-नेपालका लागि जर्मनीका राजदूत माथियास मायरले धर्मपरिवर्तनका पक्षमा जर्मनी वकालत नगर्ने बताएका छन्। धार्मिक स्वतन्त्रताका पक्षमा जर्मनी रहे पनि उनले आफ्नो देश धर्म परिवर्तनको प्रावधान हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे।‘कुन धर्म अँगाल्ने धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा जर्मनी रहेको छ,' शुक्रबार ज्ञानेश्वरस्थित आफ्नै निवासमा केही पत्रकारसँग कुराकानी गर्दै राजदूत मायरले भने, ‘तर, धर्म परिवर्तन गर्ने प्रावधान हुनुपर्छ भन्ने पक्षमा जर्मनी छैन। हामी धर्म परिवर्तनका पक्षमा वकालत गर्दैनौं।'
युरोपेली युनियन (इयु) को प्रभावशाली सदस्यमध्ये एक बेलायतको नेपालका लागि राजदूत एन्डी स्पार्क्सले केही दिनअघि सभासदलाई खुलापत्र लेख्दै नयाँ बन्ने संविधानमा धर्म परिवर्तन गर्ने प्रावधानको सुनिश्चित गर्न दिएको विवादास्पद सुझाव सेलाउन नपाउँदै इयुकै अर्का प्रभावशाली सदस्य जर्मनीका राजदूतले फरक धारणा राखेका हुन्। यससँगै धर्म परिवर्तनसम्बन्धी विषयमा युरोपेली राष्ट्रहरुले नेपाललाई हेर्ने दृष्टिकोण भिन्दाभिन्दै रहेको देखिएको छ।
कस्तो धर्म अँगाल्ने, परिवर्तन गर्ने प्रावधान नयाँ संविधानमा राख्ने वा नराख्नेजस्ता धर्मसँग सम्बन्धित विषय नितान्त नेपाल र नेपाली जनताको मुद्दा भएको उनले बताए। नेपालले माग्दै नमागेको सहयोग गर्छु भनेर कुनै पनि विदेशी अगाडि बढ्न नहुनेसमेत उनले जनाए। ‘धार्मिक स्वतन्त्रता र परिवर्तन नितान्त नेपाल र नेपाली जनताको मुद्दा हो। नेपाली जनताले चाहे मात्र हामीले कुनै पनि विषयमा सहयोग गर्ने हो,' राजदूत मायरले स्पष्ट पारे।
युरोपेली युनियनलगायत पश्चिमेली राष्ट्रमाथि नेपालमा अनावश्यक रुपमा धर्म परिवर्तन गर्ने कार्यलाई उक्साइरहेको आरोप जनस्तरबाट लागिरहेका बेला बेलायतका राजदूत स्पार्क्सले गत मंसिर २४ गते धर्म परिवर्तन गर्न पाउने प्रावधान राख्न दबाब दिएपछि सरकार मुख खोल्न बाध्य भएको थियो। राजदूतको भनाइलाई लिएर जनस्तरबाट ठूलो दबाब आएपछि परराष्ट्र मन्त्रालयले बेलायती दूतावासका उपनियोग प्रमुखलाई बोलाई स्पष्टीकरण माग्दै आन्तरिक मामलामा हस्तक्षेप नगर्न सचेत गराएको थियो।
परराष्ट्रले स्पष्टीकरण लिएको विज्ञप्ति जारी गरेको केही मिनेट बित्न नपाउँदै काठमाडौंस्थित बेलायती दूतावासले पनि ‘आफ्नो मनशाय त्यस्तो नभएको' उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो। बेलायती दूतावासले अप्रत्यक्ष तरिकाले सरकारी भनाइको प्रतिवाद गरे पनि सरकारले भने यस विषयलाई लिएर पुनः कुनै प्रतिक्रिया जनाएको छैन।
शुक्रबार बेलायती राजदूतको विवादास्पद धारणाले पूरै इयुको प्रतिनिधित्व नगर्नेसमेत जर्मनीका राजदूत मायरले स्पष्ट पारे। ‘महामहिम बेलायती राजदूतले जे भन्नुभएको छ, त्यो उहाँको व्यक्तिगत धारणा हो। त्यसलाई इयुको धारणा भनी बुझ्नु हुन्न,' उनले भने।
राजदूत मायरले धर्म परिवर्तन स्वेच्छिक हुनुपर्ने बताए। उनले धर्म परिवर्तन गर्न चाहनेलाई रोक्न नहुने, तर जबर्जस्ती प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न नहुने जनाए। नेपालको धर्म र संघीयताका विषयमा जर्मनीको कुनै ‘पोजिसन' र ‘कमेन्ट' नरहेको पनि उनले स्पष्ट पारे। ‘नेपालमा धर्म र संघीयता कस्तो हुनुपर्छ भन्नेमा जर्मनीको कुनै पोजिसन् र कमेन्ट छैन। हामी धर्म र राजनीतिलाई फरकफरक किसिमले हेर्छौं,' उनले भने। पत्रकारसँग कुराकानी गर्दै उनले जर्मनी सझै स्थिर, समृद्ध र लोकतान्त्रिक नेपालका पक्षमा रहेको बताए।