काठमाडौं- एमाओवादी नेतृत्वको १९ दलीय संघीय लोकतान्त्रिक गठबन्धनले तोकिएको मितिमा अग्रगामी संविधान जारी गर्न लचकताकासाथ प्रस्तुत हुने निर्णय गरेको छ। शनिबार एमाओवादी संसदीय दलको कार्यलयमा बसेको मोर्चाको बैठकले संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै त्यसकालागि लचकता अपनाउने निर्णय गरेको तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जनाए।संविधान जारी गर्ने मिति नजिकिँदै गएको अवस्थामासमेत दलहरुबीच सहमति हुन नसकिरहेको अवस्थामा प्रमुख प्रतिपक्षलगायतका दलसहभागी गठबन्धनले सहमतिका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको हो। बैठकले वार्ता र छलफललाई निरन्तरता दिने सहमति गर्दै अग्रगामी संधिवान जारी गर्न हदैसम्मको लचकता अपनाउने र त्यसो गर्दा पनि सहमति नभए आन्दोलनमा जाने निष्कर्ष निकालेको यादवले बताए।
बैठकले कांग्रेस-एमालेलगायत दलले पेस गरेको नौ बुँदे प्रस्तावका विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जनाए। उनका अनुसार कांग्रेस-एमालेले प्रस्ताव गरेको सात प्रदेशको अवधारणा संख्याको हिसाबले ठीक भए पनि पहिचानसहितको संघीयता हुनपर्ने एमाओवादी र मधेसी दलले बताएका थिए। 'प्रदेशको संख्या मुख्य विषय होइन,' तमसपा अध्यक्ष यादवले भने, 'मुख्य कुरा पहिचानको हो।' पहिचानसहितको संघीयता नहने अवस्थामा आन्दोलनमा जाने उनले बताए।
कांग्रेस एमालेले एमाओवादी र मोर्चासँग छुट्टा छुट्टै निर्णाय वार्ता गर्ने बताएको जनाउँदै थरुहट तराई पार्टीका सभासद गोपाल दहितले 'निर्णायक वार्ता' भनेको के हो? भन्ने विषयमा समेत गम्भीर छलफल भएको बताए। आफूहरुले सहमतिको प्रयास अन्तिम अवस्थासम्म गर्ने निर्णय गरेको तर सत्तापक्ष दलहरुले निर्णायक वार्ता गर्ने भनेर खबर गर्नुले आशंका बढाएको बताए। 'गठबन्धनले अन्तिम समयसम्म पनि वार्ता र सहमतिबाटै संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ,' उनले भने, 'तर सत्तापक्षले भने निर्णायक वार्ता गर्ने खबर पठाएको छ। यसले सत्तापक्षको नियममा शंका उत्पन्न भएको छ।' सहमति नभए सहमतिबाटै सविधान जारी गर्न दबाब दिन पनि आन्दोलनमा जानुपर्ने विषयमासमेत छलफल भएको थियो। आन्दोलनको स्वरुपबारे भने आगामी बैठकमा छलफल गरिने दहितले जनाए।
बैठककमा जनादेश र मतादेश फरक विषय भएकाले सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा अधिकांश दलले जोड दिएका थिए।