नियम र क्षेत्राधिकार मिच्दै संसदीय समिति
०५ पौष २०७१
•
८ मिनेट पाठ
नियम र क्षेत्राधिकार मिच्दै संसदीय समिति
काठमाडौं-व्यवस्थापिका संसदको वातावरण समितिद्वारा वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन कटान तुरुन्त बन्द गर्न भू–संरक्षण मन्त्रालयलाई निर्देशन।
• अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चौमासिक रूपमा आफ्नो प्रतिवेदन समितिमा बुझाउन संसदको सुशासन समितिको निर्देशन।• अख्तियारले काबेलीसहित १४ वटा आयोजनाको लाइसेन्स खारेजका सम्बन्धमा दिएको निर्देशन कार्यान्वयन नगर्न ऊर्जा मन्त्रालयलाई अर्थसमितिको निर्देशन।
• संसदकै लेखा समितिबाट चमेलिया जलविद्युत आयोजना निर्माणका क्रममा भेरियसनका बेला ५४ करोड अनियमितता भएको ठहर गर्दै बहालवाला मन्त्रीलाई नै कारबाही गर्न निर्देशन।
• तीन वर्षभित्र सुन तस्करीको सुराकी दिनेको नामावली लेखा समितिबा माग। 




संसदीय समितिले कार्यकारीले झैं विभिन्न निकायलाई दिएका निर्देशनका यी केही उदाहरण हुन्। सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन गठन भएका समितिका यस्ता निर्णय र निर्देशन भने संविधान र नियमविपरीत देखिएका छन्।

त्यतिमात्र होइन, चर्चामा आउने विषयमा छलफल गर्ने सन्दर्भमा समितिहरू एकले अर्काको क्षेत्राधिकार मिचेको समेत पत्तो पाउँदैनन्। संविधानसभा नियमावलीमा ‘सरकारलाई व्यवस्थापिका–संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भए/गरेका कामकारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा रायसल्लाह दिन व्यवस्थापिका संसदमा संविधानको धारा ५८ बमोजिम समिति रहने' उल्लेख छ।

एक समितिका सभापति कार्यकारी अधिकार संसदीय समितिले प्रयोग गर्न नहुने बताउँछन्। ‘संसदीय समितिहरू कुनै निकायप्रति जिम्मेवार र जवाफदेही हुनुपर्दैन। समितिले गरेका काम र निर्णयको जिम्मेवारी व्यक्ति नभई संस्थाले नै लिने हुनाले कार्यकारी अधिकार प्रयोग गर्नु हुँदैन,' उनले भने। तर, समितिका निर्णय हेर्दा कार्यकारीभन्दा फरक देखिँदैन। 
अन्तरिम संविधानको धारा १२१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ, त्यो पनि वार्षिक रुपमा। तर, समितिले चौमासिक प्रतिवेदन बुझाउन अख्तियारलाई निर्देशन दिएको छ। ‘यस संविधानबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नेछ र राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत त्यस्तो प्रतिवेदन व्यवस्थापिका संसदसमक्ष पेस गर्ने व्यवस्था गर्नेछ,' अन्तरिम संविधानमा भनिएको छ।
वन प्रशासनले २०१३ सालदेखि वैज्ञानिक वन व्यवस्थापनको नारा लगाउँदै आए पनि चार वर्षअघि यो काम सुरु गरेको थियो। तर, वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापनको काम रोक्न एकाएक निर्देशन दिएको छ। 
समितिले मंसिर १५ गते राष्ट्रिय वन र साझेदारी वनका रूपमा दिइएको कैलालीको बाह्रवनलगायत देशैभरका वनमा वैज्ञानिक व्यवस्थापनका नाममा भएको कटान तुरुन्त बन्द गर्न वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिएको हो। समितिको यस्तो निर्देशनपछि मन्त्रालयले मातहतका विभाग र कार्यालयलाई पत्राचार गरिसकेको छ। वन विज्ञहरूले समितिको निर्णयलाई ‘मूर्खतापूर्ण' भनेर टिप्पणी गरिसेका छन्। 
लेखा समितिले सुराकीको नाम माग्दा प्रहरीले गोप्य राखिने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै दिन मानेन। यस्तै, अख्तियारको निर्देशन नमान्न अर्थसमितिले दिएको निर्देशन पनि ऐन, कानुन र संविधानविपरीत भएको भन्दै आलोचित बन्यो। संसदीय समितिले गर्ने निर्देशन र निर्णय कुनै कार्यकारीको जस्तो हुन नहुनेमा अत्यन्तै सचेत रहेको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा बताउँछन्। 

संसदीय व्यवस्थामा कार्यकारीलाई दिएको अधिकार समुचित रूपमा प्रयोग भएको छ वा छैन भन्ने विषयमा ‘चेक' गर्ने काम समितिले गर्नुपर्ने थापाको भनाइ छ। ‘संसदीय समितिहरू आफैं कार्यकारीजस्तो बन्न थाले भने ‘चेक' गर्ने काम संकटमा पर्छ,' थापाले नागरिकसँग भने, ‘त्यसपछिको परिणाम पनि सुखद हुँदैन।'

कहिलेकाहीँ ठिक नियतले काम गर्दागर्दै पनि सही या गलत भन्ने प्राज्ञिक बहस हुन नसकेको थापाको भनाइ छ। ‘संसदीय समितिहरू कार्यकारी हुनै मिल्दैन,' उनले भने, ‘हामी सचेत हुनैपर्छ।' कतिपय संसदीय समितिको क्षेत्राधिकारका विषयमा सभामुखले समेत गम्भीर चासो दिएर छलफल गर्नुपर्ने थापा बताउँछन्। 
संवैधानिक मामिलाका जानकार नीलाम्बर आचार्य पनि संसदीय समिति कुनै पनि नियम, कानुनभन्दा माथि हुनै नसक्ने बताउँछन्। ‘संसद पनि संविधानभन्दा माथि हुन सक्दैन,' आचार्यले नागरिकसँग भने, ‘संसदीय समितिले पनि सीमामा रहेर काम गर्नुपर्छ। कोही कसैको मालिक छैन। सबैको कार्यक्षेत्र नियम, कानुनले निर्धारण गरेको छ।'
आचार्यले संसदीय समितिहरू सरकारको काम रेखदेख गर्नलाई गठन गरिने जनाउँदै त्यसको हेक्का राख्नुपर्ने बताए। ‘संसद भनेको एकदम सर्वोच्च हो, जे गरे पनि हुन्छ भन्ने होइन,' आचार्यले भने, ‘आफूले गरेको काम र निर्णयको असर के पर्छ भन्ने कुरा पनि हेर्नुपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस