काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली यो देशका ठेकदार नभएको बताएका छन्। संविधान सभा भवनमा १९ दलका निर्णयबारे संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग छलफल गरेर बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा दाहालले भने, 'केपी ओली यो देशका महाराजधिराज पनि होइनन्। यो देशका ठेकदार पनि हैनन्।'उनले ओलीले पहिचान र जातीय कुरा सुन्नै नचाहेर सहमति कायम हुन नसकेको स्पष्ट पारे। शनिबार बसेको तीन दलको बैठकमा पनि ओलीले 'तपाईँहरुको मोर्चा विघटन गर्नुस्' भनेपछि आफूहरु बाहिरिएको दाहालले बताए।
सहमति नभए माघ ८ गते संविधान नआउने दाहालले दाबी गरे।
सहमति नभए माघ ८ गते संविधान नआउने दाहालले दाबी गरे।