तत्काल आन्दोलनमा नजाने १९ दलीय गठबन्धनको निर्णय
०६ पौष २०७१
•
५ मिनेट पाठ
तत्काल आन्दोलनमा नजाने १९ दलीय गठबन्धनको निर्णय
काठमाडौं–सहमतिबाटै संविधान जारी गर्न दबाब दिँदै आएको एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय संघीय लोकतान्त्रिक गठबन्धनले सहमतिको संभावना टरिनसकेको निष्कर्ष निकाल्दै सहमतिको लागि प्रयास गर्ने निर्णय गरेको छ।




आइतवार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको गठबन्धनको बैठकले कांग्रेस–एमालेले बहुमतको दम्भ देखाएर आफूहरुलाई पेल्न खोजेपनि सहमतिबाटै संविधान जारीगर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो।

बैठकमा सत्तारुढ दलले पेलेर जाने नीति अख्तियार गरेको भन्दै सडक आन्दोलनमा जानुपर्ने केही नेताले सुझाव दिएपनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने आन्दोलन भन्दा सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका बैठकमा सहभागी एक नेताले जनाए। 'हामी संविधानसभाभित्रका केही दलले मात्र आन्दोलन गरेर सफल हुँदैन,' अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खुम्बुले नागरिकन्युजसँग भने,'आन्दोलन गर्न जनता जागरुक हुनुपर्छ त्यसको लागि तयारी थाल्नुपर्छ।'

बैठकमा शनिवार कांग्रेस–एमालेसँग भएको छलफलका विषयमा दाहालले बिफ्रिङ गरेका थिए। शनिवार भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले मोर्चाबन्दी नगर्न र वार्ताका लागि मोर्चा भंग गरेर आउन आग्रह गरेको दाहालले जानकारी गराएका थिए। एमाले अध्यक्ष केपी ओली पार्टीभित्रै अल्तमतमा रहेको निष्कर्ष निकाल्दै बैठकले ओलीको अभिव्यक्तिलाई आधिकारिक नमान्ने निर्णय गरेको खुम्बुले जनाए। 'ओलीजी पार्टीभित्रै अल्पमतमा हुनुहुन्छ,' उनले भने,'उहाँको अभिव्यक्तिले सिंगो एमालेको प्रतिनिधित्व गर्न नसक्ने बैठकले ठहर गरेको छ।' एमालेभित्रका केही जिम्मेवार नेता सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा रहेकाले ओलीको अभिव्यक्तिलाई गंभीर रुपमा नलिने सहमति भएको नेताहरुले बताएका छन्।

बैठकमा वार्ता र आन्दोलनलाई सँगसँगै लैजने विषयमा छलफल भएको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जनाए। उनले कांग्रेस–एमालेले विपक्षी गठबन्धनलाई आन्दोलनमा जान बाध्य पारेको तर्क गर्दै आफूहरु अझै पनि सहमतिकै पक्षमा रहेको जनाए। बैठकले गठबन्धनले गठन गरेको कार्यदललाई आन्दोलनको खाका तयार गर्न निर्देशन दिएको छ। 'अहिले आन्दोलन भन्दा पनि सहमतिबाट संविधान जारी गर्न दबाब दिन गरी कार्यदललाई खाका पेश गर्न भनिएको हो,' यादवले भने।

गठबन्धनले आइतवार नै संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग छलफल गरेका छन्। गठबन्धनका नेताले नेम्वाङसँग संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदन सहमतिका लागि संवाद समितिमा फिर्ता पठाउन आग्रह गरेको थरुहट तराई पार्टीका सभासद गोपाल दहितले जानकारी दिए। 'प्रतिवेदनमाथि संविधानसभामा छलफल भइसकेपछि संवाद समितिमा फिर्ता पठाउन आग्रह गरिएको हो,' उनले भने,'संविधानसभा कार्यसंचालन नियमावीको भावना अनुसार विवादित विषय सहमति गर्न संवाद समितिमै फिर्ता पठाउन अनुरोध गरेका हौं।' जवाफमा अध्यक्ष नेम्वाङले संविधानसभामा छलफल भइसकेपछि संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग छलफल गरेर यस विषयमा निर्णय गरिने जनाएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस