संविधान लेखन विवाद : सहमति सम्भावना न्यून
०६ पौष २०७१
•
७ मिनेट पाठ
संविधान लेखन विवाद : सहमति सम्भावना न्यून
काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरू नै एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएपछि संविधानका अन्तर्वस्तुमा सहमति हुने सम्भावना न्यून बन्दै गएको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताले एमाओवादीलाई संविधान निर्माण प्रक्रियाबाट भागेको आरोप लगाउन थालेका छन् भने एमाओवादीले सत्तारूढ दललाई दुई तिहाइको दम्भ देखाएको भन्दै आलोचना गर्दै आएको छ। संविधान लेखन प्रक्रियामा दुवै पक्षले एकअर्कालाई बाधक देख्ने गरेका छन्।विपक्षी मोर्चाको नेतृत्व गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताको व्यवहार यही रूपमा बढ्दै गए माघ ८ मा संविधान आउन नसक्ने धम्की दिएका छन्। 'एउटा पार्टीको अध्यक्ष भएँ, अलिकति सिट बढी आयो भन्दैमा म महाराजधिराज नै भएँ। अरू सबै रैती भए, दासहरू हुन् भन्न ठानेका छन्। त्यस्तो मानसिकतासँग हामी झुक्दैनौं,' एमाओवादी अध्यक्ष दाहालले आइतबार पत्रकारहरूसँग भने।

शनिबार भएको तीन दलको बैठकमा कांग्रेस र एमालेका शीर्ष नेताको कुरा नसुनी एमाओवादी नेताहरू बाहिरिएका थिए। प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको बाधक बनेको दाहालको आरोप छ। उनले एमाले अध्यक्ष ओली देशको ठेकेदारझैं गरी बैठकमा प्रस्तुत हुँदा सहमति कायम हुन नसकेको आरोप लगाए।

'ओलीजीले आफूलाई यो देशको ठेकेदार मै हुँ भनेजस्तो गरेर जे मन लायो त्यही बोलेको हामीलाई मान्य हुँदैन,' दाहालले भने, 'जसको भूमिका के हो भन्ने इतिहास साक्षी छ। परिवर्तनका लागि जनताको पक्षमा कसले कति भूमिका खेल्यो भन्ने सबैलाई थाहा छ। तर, आफूले बोलेपछि सबैलाई फर्मान जारी गर्ने जस्तो अधिकार उहाँलाई कसले दियो? प्रधानमन्त्रीले त्यसखालका अभिव्यक्ति रोक्न भूमिका खेल्नुपर्छ। त्यसपछि हामी वार्ताका लागि तयार छौं।'

दाहालले अहिलेकै अवस्थामा माघ ८ मा संविधान आउन नसक्ने जिकिर पनि गरे। उनले संविधानका अन्तर्वस्तुमा सहमति कायम नभएसम्म संविधान जारी हुन नसक्ने बताए। उनले दुई तिहाइका नाममा जबर्जस्ती पेल्न खोजे प्रतिकार गर्ने चेतावनीसमेत दिए। 'प्रमुख राजनीतिक शक्तिहरूबीच सहमति भयो भने अझै पनि फास्ट ट्र्याकबाट समयमा संविधान आउन सक्छ,' दाहालले भने, 'सहमति भएन भने सम्भव छैन।'

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली दुवैले नबुझेर नै माघ ८ मा संविधान आउँछ भन्ने अभिव्यक्ति दिएको दाहालको भनाइ छ। 'सहमति भाँड्नतिर लागेर माघ ८ मा संविधान आउँछ भन्नु जनतालाई धोका दिनुबाहेक केही होइन,' उनले भने।

उनले सामान्य संसद नभएकाले दुई तिहाइले मात्र संविधान ल्याउन नसक्ने दाबी गरे। 'दुई तिहाइ भएपछि जे मन लायो त्यही गर्न पाइँदैन,' दाहालले भने, 'ओलीजीले भनेजस्तो होइन। विभिन्न आन्दोलनका बेला जे गर्ने भनेको हो त्यही नै संविधानसभाले गर्ने हो। दुई तिहाइका नाममा बलमिच्याइँ भयो भने प्रतिवाद हुन्छ।'

दाहालले तीन दलको बैठकमा पनि ओली पहिचानको कुरा स्वीकार गर्नै नसक्ने भनेर प्रस्तुत भएपछि बाहिरिएको उल्लेख गर्दै सहमति हुने अवस्थामा मात्र वार्ता हुने बताए। 'केपी ओलीजीले पहिचानको कुरा गर्नै नपाइने, त्यो कुरा गरेपछि नेपाल रुवान्डा भइहाल्छ, यो कुरा बटमलाइन हो, गर्नै पाइँदैन भन्नेजस्ता कुरा गर्नुभयो,' उनले भने, 'अझ गठबन्धन पनि विघटन गर्नुपर्यो भन्ने कुरा गरेपछि सकारात्मक र सहमति गर्नेतिर होइन, संविधान नबनाउनेतिर नै ओलीजीहरूको मनसाय बुझेर हामी बाहिरिएका हौं।'

यता, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने एमाओवादी नै संविधान निर्माणको काम छाडेर आन्दोलनमा लागेको बताए। उनले आन्दोलन र संविधान सँगसँगै हुन नसक्ने पनि बताए। 'उहाँहरू संविधान बनाउन छाडेर आन्दोलन घोषणा गर्नुहुन्छ,' पौडेलले भने, 'छलफल गर्दा छाडेर हिँड्नुहुन्छ। अनि कसरी सहमति हुन्छ? माघ ८ अझै टर्योन भन्न मिल्दैन। संविधान बनाउने हाम्रो उद्देश्य हो।'

एमाले अध्यक्ष ओली र तपाईं एमाओवादीको कुरा नै सुन्न चाहनुहुन्न रे भन्ने पत्रकारको प्रश्नमा पौडेलले भने, 'उहाँको के कुरा सुनिएन? सहमतिका लागि उहाँहरूले पनि वैकल्पिक प्रस्ताव ल्याउन सक्नुहुन्छ। उहाँहरूले किन बैठक छाडेर जानुभयो? संविधान नबनोस् भनेर हो?'

पौडेलले सहमति गर्ने भए अर्को नयाँ विकल्प ल्याउन एमाओवादीलाई सुझाव दिए। 'सहमति चाहने हो भने हामीले अघि सारेको प्रस्तावलाई यसरी लैजाऊँ भन्न सक्नुहुन्छ,' पौडेेलले भने, 'उहाँहरूले पनि नयाँ प्रस्ताव ल्याउन सक्नुहुन्छ। अनि बल्ल कुरा मिल्छ। मिल्दो कुरा लिएर उहाँहरू पनि आउन सक्नुहुन्छ। आफ्नै मात्र राग अलापेर हुँदैन।'

एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सहमतिका लागि प्रयास भइरहे पनि विवादित विषय अब संवाद समितिमा पठाउन नसकिने बताए।





अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस