काठमाडौं-व्यवस्थापिका संसदका तीन समितिले स्रोत सुनिश्चित हुन नसकेका र दातृ निकायसँग सम्झौता प्रक्रिया बाँकी रहेका बाहेकका कार्यक्रम पुस १५ भित्रै स्वीकृत गर्न सरकारलाई निर्देशन दिएका छन्।
संसदका विकास, कृषि तथा जलस्रोत र अर्थ समितिको संयुक्त बैठकले सरकारलाई त्यससम्बन्धी खर्च गर्ने अख्तियारी पुस २० गतेभित्रै सम्बन्धित एकाइसम्म पुर्या्उन पनि निर्देशन दिएको छ। बैठकले प्रधानमन्त्री सुशील कोइरालासहित सम्बन्धित मन्त्रीलाई बोलाएरै निर्देशन दिएको हो।विकास समितिका सभापति रवीन्द्र अधिकारीका अनुसार निर्धारित समयभित्र कार्यक्रम स्वीकृत नगर्ने/नगराउने र अख्तियार नपठाउने पदाधिकारीलाई कारबाही गर्न, पुस मसान्तभित्र ठेक्कापट्टा लगाउने काम गरिसक्न, अनुगमन व्यवस्था प्रभावकारी बनाउन पनि बैठकले निर्देशन दिएको छ। यस्तै, अनुगमन गर्ने निकायको कार्यक्षेत्र स्पष्ट पार्न, चैत मसान्तभित्रबाहेक आउने कुनै पनि कार्यक्रम संशोधन नगर्न र राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालयबाट कार्यक्रम संशोधन र स्वीकृत भएपछि आवश्यकताअनुसार रकमान्तर गर्न समितिको संयुक्त बैठकले निर्देशन दिएको छ।
बजेट कार्यान्वयनका समस्या, सरकारी तथा सार्वजनिक निर्माण तथा खरिदका सम्बन्धमा देखा परेका विंसगति तत्काल सुधार गर्न, जग्गा प्राप्ति/मुआब्जा वितरण सम्बन्धमा आवश्यक मापदण्ड/निर्देशिका तत्कालै बनाई कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको छ। टेन्डर एवं ठेक्का प्रक्रियालाई सरलीकृत तथा पारदर्शी बनाउन समयमा नै निर्णय नगर्ने, लापरबाही गर्ने, गुणस्तरीय कार्यसम्पादन नगर्ने परिपाटी अन्त्य गर्न र त्यस्तो प्रवृत्ति निरुत्साहित गर्न सम्बन्धित पदाधिकारी (निर्णयकर्ता, डिजाइनकर्ता, परामर्शदाता, सुपरभाइजर तथा निर्माण व्यवसायीलगायत) लाई कानुनबमोजिम कारबाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउन पनि बैठकले सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय प्राथमिकताका आयोजना/परियोजना कार्यान्वयनमा देखिएका समस्या, उत्पन्न हुन सक्ने समस्या एकद्वार प्रणालीबाट समाधान गर्न मन्त्रीस्तरीय एक उच्च संयन्त्र निर्माण गरी प्रभावकारी अन्तरसमन्वय कायम गर्दै कार्यसम्पादन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
बजेट कार्यान्वयनका सन्दर्भमा कमजोर सार्वजनिक खर्च व्यवस्थापन तथा खरिद प्रक्रिया, कमजोर विनियोजन क्षमता, कमजोर अनुगमन प्रणाली, बजेट पेस गर्ने समय र स्वीकृतिमा ढिलाइ, खर्च गर्ने अख्तियारी र कार्यक्रम स्वीकृत गर्ने क्रममा नै खरिद योजना नहुनु विकासका समस्या भएको समितिहरूको ठहर छ।
बैठकमा करिब ३ घन्टा बिताएका प्रधानमन्त्री कोइरालाले समितिको संयुक्त बैठक अत्यन्तै प्रभावकारी भएकाले निरन्तरता दिन आग्रह गरेका थिए। उनले मुलुकमा शान्ति र स्थायित्व कायम नहुँदा विकास हुन नसकेको भन्दै टेन्डर प्रक्रियामा सोचेर निर्णय गर्न आग्रह गरे। ‘अख्तियारको डरले काम नगर्ने होइन,' प्रधानमन्त्री कोइरालाले भने, ‘राम्रो काम गर्यो् भने अख्तियारसँग डराउनै पर्दैन।'
उनले विकासका लागि खर्च गर्दा कन्जुस्याइ नगर्न पनि सुझाव दिए। ‘राजनीतिक आस्थाका आधारमा कुनै पनि कर्मचारीलाई यताउता पार्न हुँदैन,' प्रधानमन्त्री कोइरालाले भने, ‘कुन कर्मचारी कुन पार्टीमा छ भनेर हेर्नु हुँदैन। राजनीतिक नेतृत्वले नै यो कमजोरी हटाउनुपर्छ।' उनले शान्ति र स्थायित्व भए पर्यटन क्षेत्रको सम्भावना नेपालमा प्रशस्तै रहेको जनाउँदै पहिले मुलुकलाई शान्ति र अमनचयन आवश्यक रहेको बताए।
उनले संविधान पनि सहमतिका आधारमा आउने उल्लेख गर्दै सहमतिको अथक प्रयास जारी रहेको धारणा राखे। ‘सहमति भनेर मात्रै हुँदैन,' प्रधानमन्त्री कोइरालाले भने, ‘तत्पर पनि हुनुपर्दो रहेछ।' प्रधानमन्त्री कोइरालाले अझै १० वर्ष विभिन्न राजनीतिक दल मिलेर सरकार बनाउनुपर्ने र देश विकासको गतिमा अघि बढाउनुपर्ने बताए। समितिका सभापतिहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री कोइरालाले अर्को बैठकमा आफू चार घन्टाभन्दा बसेर सभासद र समितिले दिएको सुझाव मनन गर्ने आश्वासन दिए।