काठमाडौं- अन–अराइभल भिसा दिने प्रक्रिया खुकुलो हुनाले विदेशी नागरिक अवैध रूपमा सहजै नेपाल भित्रिने गरेका छन्। अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्नेमा नाइजेरियादेखि अमेरिकासम्मका नागरिक छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा सन् २०१४ जनवरीयता १ सय ३० जनाभन्दा बढी विदेशी नक्कली राहदानी (तस्बिर परिवर्तन गरी) सहित पक्राउ परेका छन्। तीमध्ये अधिंकाश एक महिना कैद र ५ देखि १० हजार रुपैयाँ जरिवाना तिरेर उम्किसकेका छन्। पक्राउ पर्नेमा भारतीय, सिरियाली र इरानीको संख्या बढी छ।
भारतीयलाई नेपाल आउँदा भिसा चाहिँदैन। तैपनि यो वर्ष जनवरीयता मात्र नक्कली राहदानीसहित पक्राउ पर्ने भारतीयको संख्या ६० नाघिसकेको छ। सन् २०१३ मा यो संख्या १ सय ७५ थियो।
सिरिया, इरान र भारतपछि अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्नेमा चीन, ग्रिस, पाकिस्तान, बंगलादेश, जोर्डन, अमेरिका, इटाली, नाइजेरिया र अफगानिस्तानका नागरिक छन्। यसरी पक्राउ पर्नेको पृष्ठभूमि भने कहिल्यै खोजी हुँदैन, न भिसा दिनुअघि न भिसा दिइसकेपछि।
किन यति ठूलो संख्यामा विदेशी अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्छन्?
'धेरै पर्यटक भिœयाउने नाममा हामी भिसामा बढी लचिलो भएका छौं। राष्ट्रिय सुरक्षा प्रणालीप्रति ध्यान दिनै सकेका छैनौं,' गृहसचिव सूर्य सिलवालले नागरिकसँग भने, 'जसलाई पनि अन–अराइभल भिसा दिइने हुँदा जस्ता मान्छेले पनि हामीकहाँ प्रवेश पाइरहेका छन्। यसलाई रोक्न अन–अराइभल भिसा प्रणाली कस्नैपर्छ।'
अध्यागमन विभागका अनुसार नेपालले विश्वका ११ देशबाहेक सबैलाई विभिन्न ८ वटा नाकाबाट अन–अराइभल भिसा उपलब्ध गराउँछ। जबकि विश्वका ३७ राष्ट्रले मात्र नेपाललाई अन–अराइभल भिसा दिने गर्छन्। नेपालमा अन–अराइभल भिसा नपाउने राष्ट्रमा एसियाका तीनवटा छन् भने बाँकी सबै द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र छन्। नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र अफगानिस्तानका नागरिकलाई नेपालले अन–अराइभल भिसा दिँदैन।
'धेरै पर्यटक भित्र्याउने उदार नीतिअनुसार हामी विश्वका ११ राष्ट्रबाहेक सबैलाई अन–अराइभल भिसा दिन्छौं। राम्रो/नराम्रो केलाउन नसक्दा बेलाबेला समस्या आउने गरेको छ,' अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले भने।
नेपाललाई विकसित राष्ट्रमध्ये सिंगापुरले मात्र अन–अराइभल भिसा दिँदै आएको छ। अन्य विकसित राष्ट्रमा जाँदा आफ्नो हैसियत पुष्टि गरेपछि मात्र भिसा पाइन्छ। जुन राष्ट्रमाथि नेपालले अन–अराइभल भिसामा रोक लगाएको छ, ती सबै राष्ट्रले पनि नेपाललाई अन–अराइभल भिसा दिँदैनन्। अन–अराइभल भिसा दिने अधिकांश राष्ट्रको नाम सम्भवतः नेपालीले नसुनेका छन्। ती माइक्रानेसिया, तुभालु, टोगो, बुरुन्डी, डोमिनिका, गाम्बिया, मलावी, मौरिटनिया, पलाउ, मोजाम्बिक, सामोआ, अर्मेनिया, निभी, केप भर्डे, कोमोरस, डिजीबाउटी, गुयना बसाउ, मलावी, सिसिली, पूर्वी टिमोर छन्।
त्यस्तै, हाइटी, केन्या, लाओस, मादागास्कर, गिनी बिसाउ, फिलिपिन्स, तान्जानिया, युगान्डा, सिरियाले पनि नेपालीलाई अन–अराइभल भिसा दिने गरेका छन्। यीमध्ये अधिकांश राष्ट्र द्वन्द्वग्रस्त र राजनीतिक अस्थिरता भएकाहरू छन्।
भिसा लिने झन्झट नपर्दा धेरै पर्यटक भित्रन्छन् भन्ने उद्देश्य लिइए पनि अन–अराइभल भिसाले गुणस्तरीय पर्यटकलाई भन्दा झोले तथा अन्य विभिन्न उद्देश्य लिई आउनेलाई सहज बनाएको अधिकारीहरू बताउँछन्। 'भिसा खुकुलो गर्दा पाउरोटी खाएर दिन कटाउने पर्यटक बढे, जो आउनु र नआउनुको खासै अर्थ छैन। बरु अवैध तरिकाले प्रवेश गर्नेलाई सजिलो भयो। गुणस्तरीय पर्यटक आउनुको सट्टा सिरिया, इरान, तान्जेनियाजस्ता देशबाट अवैध तरिकाले मान्छे आउन थाले,' गृहसचिव सिलवालले भने।
उनका अनुसार भुटानी र तिब्बतीबाहेक ११ देशका शरणार्थी नेपालमा भेटिनुको कारण यही हो। सहजै भिसा पाइँदा एसियादेखि अफ्रिकी राष्ट्रका नागरिक यहाँ आएर शरणार्थी हैसियत माग्न थालेका छन्। काठमाडौंस्थित शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले विभिन्न ११ देशका ५ सय शरणार्थीलाई सुरक्षा र सहायता प्रदान गरिरहेको जनाएको छ। यसमा सबैभन्दा ठूलो संख्या पाकिस्तानी, बर्मेली र सोमालियनको छ।
युएनएचसिआरले उनीहरूलाई शरणार्थीका रूपमा राखे पनि सरकारले भने अवैध आप्रवासी भन्दै आएको छ। 'शरणार्थी पाल्न सक्दैनौं भनेर हामीले भनेका छौं। पर्यटक बढाउने नाममा अपराधी मान्छे ल्याउन सकिँदैन र गलत प्रवृत्तिका मान्छे पाल्न पनि सकिँदैन,' परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नागरिकसँग भने।
खासगरी अन–अराइभल भिसा दिनुअघि सम्बन्धित देशको राजनीतिक, आर्थिक र सामाजिक पृष्ठभूमि हेर्ने गरिन्छ। नेपाल आउने विदेशीको हकमा भने यस्तो पृष्ठभूमि हेर्ने गरिएको छैन। नेपाल प्रवेश गरेपछि उसले यहाँको श्रम बजारमा असर गर्छ कि गर्दैन, उसको अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग कुनै सम्बन्ध छ कि छैन, सुरक्षा दृष्टिले नेपाल र छिमेकी राष्ट्रमाथि कुनै खतरा पुर्यादउँछ कि पुर्यामउँदैन, उसको खर्च गर्ने क्षमता कति छ, कुनै अपराध गरेर भागेर आएको हो वा होइन, यस्ता कुनै पनि प्रश्नको चित्तबु‰दो जवाफबिनै अन–अराइभल भिसा दिने गरिएको छ।
अन–अराइभल भिसा खुकुलो भएकै कारण पयर्टन भिसामा आउनेहरू यहाँ लामो समय काम गरेर बस्ने गरेका छन्। बिना वर्क पर्मिट कर छलेर विदेशीले बर्सेनि करोडौं रुपैयाँ नेपालबाट लग्ने गरेका छन्। एक वर्षअघि श्रम विभागले वर्क पर्मिट नलिएका विदेशीलाई काम गराएको आरोपमा विदेशी लगानीमा सञ्चालित काठमाडौं र ललितपुरका केही स्कुल तथा संस्थालाई कारबाही गरेको थियो। ती स्कुलमा ७२ जनाभन्दा बढी विदेशी नागरिक श्रम स्वीकृति बेगर काम गरिरहेको अनुसन्धानमा भेटिएको थियो। अहिले खोजी र कारबाही प्रक्रिया सुस्त भएको छ।
द हेन्ली एन्ड पार्टनर्सको 'भिसा रेस्टिक्सन इनडेक्स २०१४' प्रतिवेदनले नेपाली राहदानीलाई विश्वकै सबैभन्दा खराब राहदानीमा छैठौं नम्बरमा राखेको छ। यसको कारण हो, नेपालीलाई धेरैले अन–अराइभल भिसा नदिनु र नेपालले धेरैलाई दिनु। प्रतिवेदनमा समेटिएका विश्वका २ सय राष्ट्र तथा भूभागमध्ये नेपाल १ सय ९५ औं स्थानमा परेको छ। सबैभन्दा बढी राष्ट्रको अन–अराइभल भिसा पाउनेलाई पहिलो नम्बर र कम पाउनेलाई अन्तिम नम्बरमा राखिएको थियो। प्रतिवेदनअनुसार नेपालपछि क्रमशः प्यालेस्टाइन, पाकिस्तान, सोमालिया, इराक र अफगानिस्तान थिए।
प्रतिवेदनमा नेपाललाई विश्वका ३७ राष्ट्र तथा भूभागले अन–अराइभल भिसा दिने उल्लेख छ। सूचीको सबैभन्दा अन्तिममा रहेको अफगानिस्तानलाई विश्वका २८ देशले मात्र अन–अराइभल भिसा दिने गरेका छन् भने पहिलो नम्बरमा परेका फिनल्यान्ड, जर्मनी, स्विडेन, अमेरिका र बेलायतलाई १ सय ७४ देशले दिन्छन्।
'धेरै राष्ट्रले हामीलाई अन–अराइभल भिसा नदिँदा पनि हामीले दिएका छौं। हामी धेरै उदार भएका छौं तर हामीप्रति अरू उदार भएका छैनन्। भिसा प्रणाली समीक्षा गर्नुपर्ने भएको छ,' गृहसचिव सिलवालले भने।
अन–अराइभल भिसाले मानवतस्करलाई सहज बनाएको विभिन्न घटनाले पुष्टि गरेका छन्। तस्करले सिरियाली र इरानीलाई युरोप तथा अमेरिका पुर्यानइदिने भन्दै नेपाल ल्याउने गरेका छन्, त्यो पनि नक्कली राहदानीमा। प्रतिव्यक्ति १० हजार अमेरिकी डलर लिई तस्करहरूले सिरियाली र इरानीलाई युरोप तथा अमेरिका पठाउन नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरिरहेका छन्। पछिल्लो समय विमानस्थल अध्यागमनमा पक्राउ परेका २० भन्दा बढी सिरियाली र १२ भन्दा बढी इरानी यसैका उदाहरण हुन्।
अन्य राष्ट्रले नेपालीलाई अन–अराइभल भिसा दिँदा नेपालीले पनि दुःख पाएका छन्। ल्याटिन अमेरिकी राष्ट्र बोलिभियाले नेपालीलाई अन–अराइभल भिसा उपलब्ध गराउँदा तस्करले सोही देश हुँदै नेपालीलाई अवैध रूपमा अमेरिका छिराउने गरेका छन्। एक जना नेपालीसँग ५० लाख रुपैयाँसम्म असुलेर तस्करले जोखिमपूर्ण यात्रा गराई ब्राजिल, बोलिभिया लगायत डेढ दर्जन देशको यात्रा गराई अमेरिका पुर्याेउने गरेका छन्।
त्यस्तै, मादागास्कर, केन्या र युगान्डाले अन–अराइभल भिसा दिँदा अहिले हजारौं नेपाली अफ्रिकाका विभिन्न देश पुगेका छन्। 'अन–अराइभल भिसा दिँदा अब पारस्परिक सम्बन्ध पनि ख्याल गर्नुपर्छ। क–कसले हामीलाई अन–अराइभल दिन्छन् त्यसको ख्याल गर्नुपर्छ र सोहीअनुसार हामीले पनि राष्ट्रको नाम स्त्रि्कनिङ गर्नुपर्छ,' गृहसचिव सिलवालले भने।
उनका अनुसार भिसा प्रणालीलाई कडाइ गर्न ६ महिनाअघि प्रयास भएको थियो। परराष्ट्रसँग गृहले केही चरण छलफल गरेको उनले बताए। बीचमा सार्क सम्मेलन परेपछि सबैको ध्यान अन्यत्रै मोडियो। पर्यटक आउने र खर्च गर्न सक्ने देशलाई मात्र अन–अराइभल भिसा दिनेबारे छलफल भइरहेको गृहसचिव सिलवालले बताए।
परराष्ट्रमन्त्री पाण्डेले भने भिसाका विषयमा गृहले कुनै परामर्श नलिएको बताए। 'हामीकहाँ टुरिस्ट भिसा लिने र पछि अवैध भएर बस्ने धेरै छन्। विभिन्न देशको पछिल्लो अवस्थाका आधारमा भिसा दिने प्रक्रिया सच्याइनुपर्छ,' मन्त्री पाण्डेले भने, 'गृहले कुन देशको स्थिति के छ भनेर हामीसँग सहयोग मागे हामी सहयोग गर्न तयार छौं तर गृहले हामीसँग सोधेकै छैन।'