माओवादीलाई आन्दोलन फिर्ता लिन आग्रह
०८ पौष २०७१
•
७ मिनेट पाठ
माओवादीलाई आन्दोलन फिर्ता लिन आग्रह
काठमाडौं- संविधानसभा अध्यक्षसहित नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले एकीकृत नेकपा माओवादीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा भवनमा भेटेर र कांग्रेस–एमालेका प्रभावशाली नेताले संविधानसभा बैठकमा आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन्।एमाओवादीसहित ३० राजनीतिक दलले सत्तारूढ दल संविधान निर्माणमा गम्भीर नभएको भन्दै नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

'मैले यसअघि १९ दलको संयुक्त बैठकमा पनि आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्नुस् भनेको थिएँ,' दाहाललाई नेम्वाङले भनेका थिए, 'अहिले किन आन्दोलनको कार्यक्रम घोषणा गर्नुभयो? आन्दोलनका कार्यक्रम स्थगित गर्नुस्, अनि वार्ता प्रक्रिया थाल्नुस्। जे छलफल गर्नुपर्ने हो, संविधानसभामै गर्नुस्।'

नेम्वाङले वार्ताको टेबलमा बसेर मनमा रहेका कुरामा झगडा गर्न आग्रह गरेका थिए। 'भित्रै झगडा गर्नुस्,' नेम्वाङले भनेका थिए, 'तर, वार्ता प्रक्रिया छाडेर आन्दोलनमा नजानुस्।'

नेम्वाङको आग्रहपछि दाहालले संविधान निर्माणबाट नभागेको बताउँदै आन्दोलन समस्याको रूपमा नआउने आश्वासन दिलाएका थिए। 'आन्दोलन समस्या होइन,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'संविधानका अन्तर्वस्तुमा प्रमुख दलहरूबीच छलफल नै हुन नसकेपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो। वार्ता सकारात्मक रूपमा अघि बढ्यो भने फिर्ता गर्न पनि सक्छौं।'

संविधानसभामा जारी छलफल कसरी टुंगो लगाउने भन्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग निरन्तर छलफल थालेका नेम्वाङले सोही विषयमा केन्द्रित भएर मंगलबार दाहालसँग भेट गरेका हुन्। 'पूर्ण बैठकमा छलफल गरेर निष्कर्ष निकालौं भन्ने सबैको माग थियो,' नेम्वाङले भने, 'त्यसै अनुरूप संविधानसभामा छलफल गराइएको हो। संवाद समितिले न सहमति गरेको छ न प्रश्नावली। अब के गर्ने भन्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल थालिएको हो।'

उनले सचिवालयले अघि सारेका विकल्पबारे केही नबताए पनि स्थापित अभ्यास र नियमबमोजिम नै निष्कर्ष निकाल्ने जानकारी दिए। नेम्वाङले सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

कांग्रेस र एमालेका प्रभावशाली नेताहरूले भने संविधानसभाको पूर्ण बैठकमार्फत आन्दोलनका कार्यक्रम फिर्ता लिन एमाओवादीसँग आग्रह गरेका हुन्। कांग्रेस नेता प्रकाशशरण महतले अहिले आन्दोलनको समय नभएको बताए। 'अब पनि जनतालाई अन्योलमा राख्न मिल्दैन,' महतले भने, 'अहिले प्रमुख दलहरू बैठकबाट के निहुँ निकालेर बाहिर जाऊँ र कसरी बाहिर पठाऊँ भन्ने अवस्थामा छन्। त्यसैले आन्दोलन होइन, वार्तामार्फत समस्याको समाधान खोजिनुपर्छ।'

जनताका नाममा राजनीति गरेको बताएपनि पर्दा पछाडि शक्ति बाँडफाँटकै कुरा आएको महतको टिप्पणी छ। 'हामीले जनतालाई देखाएर आफ्नो कुरा गरिरहेका छौं,' उनले भने, ' पर्दा पछाडिबाट शक्ति बाँडफाँटको कुरा भइरहेको छ।'

एमाले नेता अमृतकुमार बोहोराले पनि अहिले सडक आन्दोलन गर्ने बेला नभएकाले फिर्ता लिन आग्रह गरे। 'अहिले सडक आन्दोलन गर्ने बेला होइन,' उनले भने, 'शान्तिपूर्ण रूपमा विरोध गर्न नपाउने भनेको होइन, तर अहिले संविधान निर्माणको बेला हो।'

'प्रक्रियाबाटै छिनोफानो'
एमाले नेता बोहराले संविधानसभामा विवादित विषयमा सात वर्षदेखि छलफल भए पनि सहमतिमा पुग्न नसकिएकाले अब प्रक्रियामा गएर छिनोफानो गर्नुपर्ने बताए। उनले नियमावलीमा भएको व्यवस्थाअनुसार संविधानसभा अघि बढ्नुपर्ने बताए। 'नियमावलीमा भएको व्यवस्थाअनुसार हामी विवादित विषय प्रक्रियामा लगेर टुंगो लगाउन सक्छौं,' उनले भने।

एमाओवादीका नेता धनीराम पौडेलले संवाद समितिले नसकेको काम कुनै पनि अर्को समितिले गर्न नसक्ने दाबी गरे। 'सबै दलका शीर्ष नेता भएको समितिले गर्न नसकेको काम अर्को समितिले गर्न सक्दैन,' उनको दाबी थियो, 'अर्को समितिमा सहमति हुन्छ भन्नु नै भ्रम हो। त्यसैले संवाद समितिलाई नै विवादित विषय टुंगो लगाउने जिम्मा दिनुपर्छ।'

एमालेका नेता सोमप्रसाद पाण्डेले संवाद समितिमा फेरि पनि विवादित विषय फर्काइए समयमा संविधान जारी हुन नसक्ने उल्लेख गर्दै नियमावलीमा भएको व्यवस्थाअनुसार संविधानसभा अध्यक्षले बाधा अडकाउ फुकाउनुपर्ने बताए। उनले ४२ देशमा संविधानसभाले संविधान बनाएको बताउँदै तीमध्ये ३२ देशले दुई तिहाइबाट संविधान जारी गरेको उदाहरण प्रस्तुत गरेका थिए।
अर्को समाचार
आन्दोलन कार्यक्रम पुनरावलोकन गर : पश्चिमा समुदाय
१८ कार्तिक २०६६
•
३ मिनेट पाठ
आन्दोलन कार्यक्रम पुनरावलोकन गर : पश्चिमा समुदाय
काठमाडौं, कात्तिक १८ (नागरिक) - माओवादीद्वारा घोषित आन्दोलन र प्रदर्शनले दलहरूबीच थप तनाब बढाउने चिन्ता व्यक्त गर्दै पश्चिमा मुलुकले आन्दोलन फिर्ता लिन पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।

युरोपेली संघ, रुस र अमेरिकाले माओवादीलाई प्रजातान्त्रिक पद्धतिको सम्मान गर्न र संविधानसभा, संसद र शान्ति प्रक्रियाका संयन्त्रमार्फत् भिन्न मत व्यक्त गर्न आग्रह गरेका छन्। माओवादीले 'नागरिक सर्वोच्चता' का लागि भन्दै आइतबारदेखि दुई साता लामो दोस्रो चरणको आन्दोलन जारी राखेको छ।

आन्दोलनमा समर्थन गर्न अध्यक्ष दाहालले युरोपेली संघ, रुस र अमेरिकाका नेपालस्थित राजदूतहरूसँग आग्रह गर्दा जवाफमा उनीहरूले आन्दोलन कार्यक्रमप्रति 'पुनःविचार गर्न' आग्रह गरेका हुन्।

'राजदूतहरूले माओवादीको घोषित प्रदर्शन कार्यक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसले (दलहरूबीच) तनाव बढाउन सक्नेतर्फ सर्तक गराए' बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'उनीहरूले दाहाललाई (आन्दोलन) कार्यक्रम पुनःविचार गर्न आग्रह गरे।'

डेनमार्क, युरोपेली आयोग, फ्रान्स, फिनल्याण्ड, जर्मनी, नेदरल्याण्डस्, रुस, बेलायत र अमेरिकाका तर्फबाट उक्त विज्ञप्ति जारी गरिएको हो।

अध्यक्ष दाहालले गत मंगलबार २७ सदस्यीय युरोपेली संघका सदस्य मुलुकका नेपालस्थित राजदूत, रुसी राजदूत र अमेरिकी कार्यबहाक राजदूतलाई बोलाई सहयोगको आग्रह गरेका थिए।

पश्चिमी राजदूतहरूको आग्रह लगत्तै अध्यक्ष दाहालले कात्तिक २४ मा गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नाकाबन्दी कार्यक्रम फिर्ता लिएको थियो।

राजदूतहरूले प्रदर्शनका कार्यक्रम त्यागी नेपाली जनता, विदेशी नागरिक र कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सुरक्षा र हिँडडुल गर्न पाउने स्वतन्त्रताको सम्मान गर्न आग्रहसमेत गरे।

उनीहरूले दाहाललाई विशेषगरी पर्यटन आगमनको समयमा विमानस्थल बन्द गर्ने कार्यक्रमबाट पर्यटन क्षेत्र र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा पुग्ने जाने क्षतिप्रति सम्झाएका थिए। दलहरूलाई शान्ति सम्झौताहरूको भावनाअनुसार सँगै काम गर्न र सम्झौताहरू समयमै र प्रभावकारी रूपमा पूरा गर्न दिगो प्रयासका लागि पनि आग्रह गर।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस